Dictionary

All Word

39401 तारकासुर ना. कुमार कार्तिकेयद्वारा मारिएको एक प्रसिद्ध दैत्य।
39402 तारकिणी ना. ताराहरू चम्केको रा।
39403 तारकीय वि. १. तारासम्बन्धी; २. तारकमन्त्रसम्बन्धी।
39404 तारकेश ना. चन्द्रमा।
39405 तारकेश्वर ना. शिव; महादेव।
39406 तारकेश्वर ना. ताराहरूले भरिएको।
39407 तारखबर ना. दूरसञ्चारका माध्यमले आकाशमार्गबाट आएको समाचार;टेलिग्राम।
39408 तारघाट ना. नदी तर्ने बटुवा वा यात्रीहरू तर्ने र ओर्लने ठाउँ।
39409 तारण ना. १. पार लाउने काम; तार्ने काम।
39410 तारण ना. २. उद्धार।
39411 तारतम्य ना. १. सन्जोग वा सिलसिलाले हुने कुनै कामको सफलता।
39412 तारतम्य ना. २. हुनुपर्ने कामकुराको बन्दोबस्त; चानस।
39413 तारनतार क्रि. वि. एकपछि अर्को गर्दै; फेरि-फेरि; लगातार निरन्तर।
39414 तारन्तै क्र. वि तुरुन्तै; लगत्तै।
39415 तारपिन ना. सल्लाको खोटोबाट निकालिने एक किसिमको तेल।
39416 तार फाइल ना. तारले उनेर फाइल गरिने प्रणाली वा त्यसरी गरिने कागतपत्रको नत्थी।
39417 तारल्य ना. १. तरल वा पन्यालो हुने भाव वा स्थिति; तरलता।
39418 तारल्य ना. २. चञ्चलता।
39419 तारल्य ना. ३. कामुकता।
39420 तारसप्तक ना. सङ्गीतमा स्वरहरूको सबभन्दा तिखो उच्चारण हुने स्थिति।
39421 तारसुर ना. १. कामको पूर्वरङ्ग; तरखर; तालसुर।
39422 तारसुर ना. २. कामको चाँजोपाँजो; व्यवस्था।
39423 तारा ना. १. राती आकाशमा झल्कने ज्योतिसमूह वा प्रकाशपिण्ड; नक्षत्र।
39424 तारा ना. २. आँखाको नानी; पुतली।
39425 तारा ना. ३. बालिकी; बृहस्पतिकी र अमोघसिद्धिकी पत्नीहरूको नाम।
39426 तारा ना. ४. विश्वपाणिकी माता।
39427 तारा ना. ५. पञ्चतारामध्ये एक।
39428 तारागण ना. ताराहरूको समूह; तारा मण्डल।
39429 ताराङ्कित वि. ताराको चिह्नले चिनाइएको; ताराको चिन लगाइएको (शब्द; वाक्य; प्रश्न आदि)।
39430 ताराङ्कित वि. विप. अताराङ्कि।
39431 ताराङ्कित वि. -।
39432 तारापट ना. आँखाको गोला (नेत्राण्ड) का विभिन्न भागलाई छुट्ट्याउने मासुको पातलो पर्दा।
39433 तारापति ना. १. चन्द्रमा।
39434 तारापति ना. २. बृहस्पति।
39435 तारापति ना. ३. बालि।
39436 तारापुञ्ज ना. कल्पित बाह्य रेखामित्र गुजुल्टिएका स्थिर ताराको सङ्ख्या; आकाशमा देखिने ताराहरूको समुदाय; तारामण्डल।
39437 ताराबाजी ना. थपडी मारेर वा ताली बजाएर खेलिने केटाकेटीको एक खेल।
39438 तारामण्डल ना. १. ताराहरूको घेरा वा समूह; नक्षत्रमण्डल।
39439 तारामण्डल ना. २. पहेँलो रङ हुने एक प्रकारको ठुलो छत्तावाल फूल।
39440 तारामछो ना. समुद्रमा पाइने; तारा जस्तै पाँचतिर चोसा फैलिएको; काँडे शरीर भएको; शरीरका विभिन्न काम पानीको सञ्चारणप्रणालीद्वारा गर्ने एक प्रकारको जन्तु।
39441 तारिका ना. १. सानो तारा।
39442 तारिका ना. २. अचेल चलचित्र आदिकी प्रसिद्ध र सफल अभिनेत्री।
39443 तारिका ना. ३. कोटको कल्लरमा धारण गरिने विभूषणको सानो प्रतीक वा स्मृतिचिह्न।
39444 तारिख ना. १. अड्डाअदालतबाट झगडिया वा निजको वारिसलाई हाजिर हुन आउनू भनी लेखिदिएको मिति; तारेक।
39445 तारिख ना. २. इस्वी महिनाको गते वा दिन; मिति।
39446 तारिख ना. तारिख किताब - ना. तारिखको नाम; मिति टिप्ने पन्जिका।
39447 तारिख किताब ना. तारिखको नाम; मिति टिप्ने पन्जिका।
39448 तारिख पर्चा ना. अड्डा अदालतबाट झगडिया वा वारिसलाई यस दिन हाजिर हुन आउनू भनी अड्डाको छाप र फाँटवालाले सहीछाप गरी लेखिदिने कागत वा पुर्जा।
39449 तारिख भरपाई ना. तारिख बुझिलिएँ भन्ने बेहोरा भएको झगडिया वा वारिसको सहीछाप परेको काग।
39450 तारिखवाला ना. अड्डा अदालतबाट तारिख तोकिएको वा तारिखमा रहेको झगडिया।