Dictionary

All Word

39301 ताप्नु स.क्रि. १. शरीरमा घामको पाहार वा आगाको।
39302 ताप्नु स.क्रि. राप लिनु र जिउ तताउनु।
39303 ताप्नु स.क्रि. २. थकाइ; गर्मी आदि मेट्न मधुरो हावा वा शीतलताको सेवन गर्नु।
39304 ताप ना. १. पोल्ने; तताउने वा सङ्घर्षणबाट प्राप्त हुने शक्ति।
39305 ताप ना. २. तातोपन; गर्मी; उष्णता।
39306 ताप ना. ३. मानसिक दुख वा पिर; सन्ताप।
39307 ताप ना. ४. ज्वर।
39308 ताप ऊर्जा ना. तापबाट निस्कने शक्ति।
39309 तापक वि. ताप दिने; तातो गराउने; गर्मी चढाउने।
39310 तापक्रम ना. १. उष्णता वा तातोपन घटीबढी हुने क्रम; सूर्यबाट प्राप्त हुने गर्मी।
39311 तापक्रम ना. २. थर्मामिटरद्वारा हेरिने तापको परिमाण।
39312 तापत्रय ना. आधिदैविक; आधिभौतिक र आध्यात्मिक तीन थरी दुःख।
39313 तापन ना. १. कामदेवका पाँच बाणमध्ये एक।
39314 तापन ना. २. ताप।
39315 तापनि संयो. त्यसो भए पनि; तैपनि; तथापि (उदा.- उनले भने तापनि यो काम गर्न सकिएन। )।
39316 ताप परिमापक ना. तापको परिमाण नाप्न प्रयोग गरिने वैज्ञानिक उपकरण।
39317 तापमान ना. वायुमण्डलमा रहने वा शरीरमा हुने तापको मात्रा।
39318 तापमान यन्त्र ना. त्यस्तो ताप नाप्ने वैज्ञानिक यन्त्र; डिग्री; थर्मामिटर।
39319 तापमापक वि. ताप वा तापक्रम नाप्ने।
39320 तापमान यन्त्र ना. ताप नाप्ने साधन वा यन्त्र।
39321 ताप संवाहन ना. गर्मी तल-माथि सर्ने प्रक्रिया।
39322 तापस ना. १. तपस्या गर्ने व्यक्ति; तपस्वी।
39323 तापस ना. वि. २. तपस्यासम्बन्धी; तपस्याको; तपस्यामा लागेको।
39324 तापसञ्चालन ना. एक वस्तुबाट सँगैको अर्को वस्तुमा ताप सर्दैजाने प्रक्रिया।
39325 तापान्तर ना. कुनै खास अवधिभित्र हुने अधिकतम र न्यूनतम तापको अन्तर।
39326 तापित वि. तातो पारिएको; तताइएको।
39327 तापिनु क.क्रि. ताप्ने काम गरिनु |
39328 तापी वि. १. ताप दिने; तताउने।
39329 तापी वि. २. दुःख पिर दिने।
39330 ताप्के ना. तिहुनतरकारी पकाइने बिंड भएको फलामे भाँडो।
39331 ताप्रे ना. १. मेथीका जस्ता पात हुने; पहेँला फूल फुल्ने; तनेबोडीका जस्ता कोसा फल्ने तथा सूर्य उदाउँदा पात फक्रने र अस्ताउँदा पात जोरिने एक प्रकारको भार।
39332 ताप्रे ना. वि. २. दुब्लाएको; पेट सुकेको।
39333 ताप्लेजुङ ना. नेपालको पूर्वाञ्चल विकासक्षेत्रभित्र पर्ने मेची अञ्चलको सुदूर उत्तरपूर्वी भागमा स्थित; चीन देशसँग सिमाना जोडिएको एक पहाडी जिल्ला।
39334 ताबेदार वि. १. अरूको अधीनमा रहने तथा आज्ञापालन गर्ने।
39335 ताबेदार वि. ना. २. नोकर; सेवक।
39336 ताबेदारी ना. दाबेदारको काम; सेवा; नोकरी।
39337 तामचिन ना. भित्रपट्टि सेतो र बाहिरपट्टि कालो हुने भाँडाकुँडा बनाउने धातु; त्यस्तो रोगन लगाइएका भाँडा बनेको टिन; चिनियाँ रोगन।
39338 तामदान ना. मानिसले बोकेर चलाइने एक किसिमको सवारी साधन; उलिन्काठ।
39339 तामस ना. १. तमोगुण हुनेको स्वभाव; अहमत्याइँ; अभिमान; घमन्ड।
39340 तामस ना. वि. २. तमोगुण बेसी भएको; तमोगुणी।
39341 तामसिक वि. तमोगुणसम्बन्धी; तमोगुण भएको।
39342 तामसी वि. तमोगुणी; अभिमानी।
39343 तामा ना. १. तरकारी खाइने अमिलो स्वाद भएको एक थरी बाँसको कलिलो टुसाको चकना।
39344 तामा ना. २. हाँगा र पात नआउन्जेलका अवस्थाको बाँसको टुसो वा मुनु।
39345 तामा ना. थोरै रातोरातो रङको हुने एक प्रसिद्ध खनिज धातु ताम्र; ताँबा।
39346 तामाकोसी ना. भोटमा मूल भएको; नेपालको पूर्वी पहाडी क्षेत्रमा बग्ने सप्तकोसीमध्येको एक नदी।
39347 तामाङ ना. प्रायः नेपालको उत्तर पूर्वी पहाडी भागमा बस्ने एक जाति।
39348 तामाङ सेलो ना. तामाङ जातिले गाउने; चरणमा सात वा आठ अक्षर भएको लोकगीतको एक लय।
39349 तामाबाँस ना. तामाका चकना बनाइने कलिलो बाँस; एक प्रकारको बाँस।
39350 तामिल / तामिली ना. हे. तामेल।