Dictionary

All Word

39151 ताँती ना. १. पङ्क्ति; लर्को; लहर ( जस्तो - जन्तीको ताँती; कमिलाको ताँती इ.)।
39152 ताँती ना. २. आरबाजो; सारङ्गी आदिमा हालिने बाखाको आन्द्रो बाटेर बनाइएको तार।
39153 ताँदो ना. धनुका दुवै टुप्पामा बाँधेर तान्ने डोरी।
39154 ताँबो ना. तामा।
39155 ता: ना. चर्यागीत; नृत्य र भजनहरूमा बजाइने मुजुराभन्दा सानो बाजा; मञ्जरी बाजा।
39156 ताइँ ना. १. शक्ति वा फुर्ती; पाइँ; ताग।
39157 ताइँ ना. २. घमन्ड; सेखी।
39158 ताइँफाइँ ना. निकै फुर्ती देखाउने काम; फुर्तीफार्ती; चुरीफुरी।
39159 ताइँफाइँ ना. (उदा.- मान्छे सानो भए तापनि उनी निकै ताइँफाइँ गर्दा रहेछन्।)।
39160 ताइचिन ना. होचो बोट हुने प्रशस्त मात्रामा फल्ने; झन्डै तीन महिनामा पाक्ने सजिलैसँग नझर्ने एक प्रकारको धान।
39161 ताइताप्के ना. ताप्केजस्तो तर उत्तानो परेको र बिंड लामो हुने वा दुईतिर कडा भएको; ताप्केको कामसमेत दिने भाँडो; ताई।
39162 ताई ना. सेल; रोटी आदि पकाउन प्रयोग गरिने; पिंध सम्म भई सोझोसँग बिट उठेको र उत्तानो परेको बिंडवाल फलामे भाँडो।
39163 ताईको फुरौलो वि. क्षणिक फुर्ती देखाएर मक्ख पर्ने (व्यक्ति) (उदा.- कस्ता-कस्ता कहाँ गए; यो ताईको फुरौलोले के गर्ला ?)।
39164 ताउ ना. कागतको नपट्याइएको सिङ्गो पत्र।
39165 ताउ ना. रोटी पकाइने; बाटुलो फलामे वा ढुङ्गे पातो; तावा।
39166 ताउ ना. १. अरूमा प्रभाव पार्न वा रोब जमाउन फुर्तीसँग जुँगा मुसार्ने काम; सेखी गर्ने चाल; घमन्ड।
39167 ताउ ना. २. तताएर लुगा सम्याउने एक किसिमको इस्त्रीजस्तो फलामे साधन।
39168 ताउ ना. ३. आँच ताप।
39169 ताउरमाउर ना. हिँडाइ; काम गराइ आदिको तालसुर फुर्तीसाथको तरखर।
39170 ताउरमाउर ना. (उदा.- शान्तिको बिहेको दिन उनकी दिदीको ताउरमाउर कसले हेरिदेओस् ! तपाईं त जात्रा हेर्न जाने ताउरमाउरमा पो लाग्नुभएछ। )।
39171 ताउली ना. सानो ताउलो।
39172 ताउलो ना. भात; खोले आदि पकाउने साधारण र मझौला खालको तामा; पित्तल आदिको भाँडो।
39173 ताक्नु स.क्रि. १. कुनै कुराको चाहना गर्नु; चिताउनु।
39174 ताक्नु स.क्रि. २. कुनै ठाउँ वा वस्तुलाई एकटक लाएर हेर्नु; नियाल्नु।
39175 ताक्नु स.क्रि. ३. हालेको ठाउँमा लाग्ने किसिमले सोझो पारेर हेर्नु; लक्ष्य गर्नु; निसाना सोझ्याउनु।
39176 ताक्नु स.क्रि. ४. मौका पर्खेर बसिरहनु।
39177 ताक ना. १. अवसर; मौका (उदा.- उनी छोराको बिहे गर्ने ताकमा छन्।) २. उद्देश्य; लक्ष्य (उदा.- ताक राम्रो भएपछि काम पनि सफल हुन्छ। )।
39178 ताक ना. ३. हेराइ; दृष्टि (उदा.- एकै ताकमा कान्छोसित पुतली मोहित भइछ। )।
39179 ताक ना. ना. यो. ४. तिर; छेक (उदा.- अब दसैँताक हाम्रो भेट हुन्छ। )।
39180 ताकछोपुवा वि. ताक छोप्ने अवसरवादी।
39181 ताकतरह ना. कामको प्रारम्भ वा पूर्वरूप; सुरसार।
39182 ताका ना. यो. ताक; छेक।
39183 ताकाताक ना. १. परस्परमा ताक्ने काम; मौका छोप्ने काम।
39184 ताकाताक ना. (उदा.- तिनीहरू झ्यालमा बसेर ताकाताक गरिरहेछन्।) २. साह्रै हतार वा खाँचो।
39185 ताकाताक ना. (उदा.- आफ्नो खेतीको कस्तो ताकाताक परेको बेला मदेस नमरी सुख पाइएन।
39186 ताकिता ना. गर्नुपर्ने वा सुरु भएको काम चाँडो सक्नलाई लगाइने आत्तुरी; काम छिटै टुङ्ग्याउनका निम्ति गरिने हतारो तकाजा।
39187 ताकिती ना. ताकिता।
39188 ताकिनु क.क्रि. ताक्ने काम गरिनु; लक्ष्य गरिनु।
39189 ताकिनु क.क्रि. तक्मा ना. छिटै पाक्ने खालको एक जातको धान।
39190 ताक्मारु ना. छिटै पाक्ने खालको एक जातको धान |
39191 ताखु ना. ऊन कात्ने एक प्रकारको हाते साधन।
39192 तागत ना. प्राणीको शरीरमा सञ्चित शक्ति; सामर्थ्य; बल।
39193 तागतदार वि. १.तागत भएको; बलियो।
39194 तागतदार वि. २. तागत दिने तागतिलो (पौष्टिक खानेकुरा आदि)।
39195 तागतवर वि. शक्तिशाली; बलियो।
39196 तागतिलो वि. १.तागत भएको बलियो।
39197 तागतिलो वि. २. तागत दिने; पौष्टिक।
39198 तागती वि. तागत लाग्ने; तागतिलो।
39199 तागा ना. १. जनै।
39200 तागा ना. २. धागो।