Dictionary

All Word

39251 तात्नु अ.क्रि. १. आगो; घाम आदिले तातो हुनु; गर्माउनु।
39252 तात्नु अ.क्रि. २. कुनै कारणले कसैसँग रिसाउनु; झोकिनु।
39253 तात्नु अ.क्रि. ३. कुनै कामका निम्ति आँटेर तत्पर हुनु।
39254 तात्कालिक वि. त्यस समयको; त्यही बखतको।
39255 तात्तातै क्रि. वि. तुरुन्तातुरुन्ती; उत्निखेरै; तत्काल।
39256 तात्तातो वि. अलिअलि तातो; मनतातो।
39257 तात्पर्य ना. १.कुनै कामकुराको भित्री अभिप्राय; मतलब; आशय।
39258 तात्पर्य ना. २. गाँठी कुरो।
39259 तात्पर्यार्थ ना. वाच्यार्थभन्दा बेग्लै अर्थ व्यङ्ग्यार्।
39260 तात्त्विक वि. १. तत्त्वज्ञानले युक्त; तत्त्वसम्बन्धी।
39261 तात्त्विक वि. २. वास्तविक यथार्।
39262 तादात ना. परिमाण; सङ्ख्या; गन्ती।
39263 तादात ना. (उदा.- भाषण सुन्न ठुलो तादातमा मानिसहरूको भिड थियो।)।
39264 तादात्म्य ना. एउटा वस्तु अर्को वस्तुसँग मिलेर एक हुने का वा अवस्था; अभेद मिश्रण वा सम्बन्ध।
39265 तादी क्रि. वि. १. धेरै पहिले अघिअघि; उहिले।
39266 तादी क्रि. वि. ना. २. बितेको समय।
39267 तादृश वि. देखाए जस्तै; त्यो जस्तै त्यस्तै; अनुरूप।
39268 तान्नु सं. क्रि. १.आफूपट्टि ल्याउनु; खिच्नु; घिच्च्याउनु।
39269 तान्नु सं. क्रि. २. आफ्नो मत वा पक्षमा ल्याउनु; आकर्षित गर्नु।
39270 तान्नु सं. क्रि. ३. तन्काउनु; थुत्नु।
39271 तान ना. १. कपडा बुन्ने घरेलु यन्त्रविशेष।
39272 तान ना. २. कपडा बुन्न फैलाइएको धागो।
39273 तान ना. ३. फैलावट; विस्तार।
39274 तान ना. ४. मनको एकसुर।
39275 तान ना. ५. सङ्गीतका केही स्वरलाई एकसाथ बजाउने वा गाउने काम आलाप।
39276 तानतुन ना. १. तान्नेवर्ने काम।
39277 तानतुन ना. २. बलतल गरी वा जिनतिन पुऱ्याउने काम।
39278 तानतुन ना. ३. घरको मसिनु काम।
39279 तानपुरा ना. चारवटा तार लागेको; पर्दा नभएको; गाउँदा स्वर दिने सितारजस्तो वाद्यविशेष।
39280 तानसेन ना. नेपालको पश्चिमाञ्चल क्षेत्रमा लुम्बिनी अञ्चलभित्र पर्ने पाल्पा जिल्लाको सदरमुकाम।
39281 तानसेन ना. २. मुगल सम्राट् अकबरको दरबारका नवरत्नमध्येका एक तथा प्रसिद्ध गायक।
39282 ताना ना. १. लयको विस्तारका निम्ति लेघ्रो तान्ने चाल आलाप।
39283 ताना ना. २. मनको लहड; बोली; धुन।
39284 ताना ना. 3. राल; सिंगान जस्ता चिप्ला वस्तुको मिहिन तन्तु; डोरी।
39285 ताना ना. छेडपेच हानिने बोलाइ; व्यङ्ग्य; छनक।
39286 ताना कस्नु टु. छेडपेच हान्न; आक्षेप गर्नु।
39287 तानातान ना. परस्परमा जसले सक्यो उसले काम दुई थरीका बिचको तनाइ; खिचातानी।
39288 तानातानी ना. तानातान।
39289 तानाबाना ना. कपडाको तान र बुनोट; तनौटो र नौटो।
39290 तानामाना ना. जड़गीनिजामती कर्मचारीहरूको फित्ता; पगरी; पेटी आदि पहिरन वा चिह्न।
39291 तानासाह ना. निरङ्कुश वा स्वेच्छाचारी शासक।
39292 तानासाही ना. राज्यको सम्पूर्ण अधिकार एउटै व्यक्तिमा निहित रहने राज्यव्यवस्था; अधिनायकवाद।
39293 तानिनु क.क्रि. तान्ने काम गरिनु खिचिनु।
39294 तानेतुने ना. १. कुनै किसिमले गरिने काम; मसिनु काम; तानतुन।
39295 तानेतुने ना. वि. २. जिनतिन कामचलाउ हुने; सानोतिनो।
39296 तानेमाने ना. सानोतिनो खालको कामधन्दा; अल्याङल्याङ हुने काम।
39297 तान्त्रिक ना. १. तन्त्रमन्त्र जान्ने वा त्यसको प्रयोग गर्ने व्यक्ति; तन्त्रशास्त्र जान्ने व्यक्ति।
39298 तान्त्रिक ना. वि. २. तन्त्रशास्त्रको ; तन्त्रसम्बन्धी।
39299 तान्द्रो ना. १. सागपात; घाँस; पराल आदिको एउटा बोट वा पात त्यान्द्रो।
39300 तान्द्रो ना. २. सानो धरो वा डोरो।