Dictionary

All Word

38701 तम ना. 3. अज्ञान; मोह; पाप; क्रोध।
38702 तम ना. ४. विशेषण शब्दका पछाडि लागेर दुईभन्दा बढी वस्तुको गुण वा परिमाणको दाँजोमा सबैभन्दा बेसी जनाउने प्रत्यय शब्द (जस्तै अधिकतम, न्यूनतम, उच्चतम इ. )।
38703 तमक ना. धन, अहमत्याईं, अज्ञान आदिका कारणले मानिसमा उब्जने अभिमान वा घमन्ड; आवेग, जोस वा रिस।
38704 तमकझमक ना. अभिमान वा आवेगमा रहनाको अवस्था; जोसिलो चाल; फुइँफाइँ ।
38705 तमतम क्रि. वि. १. खाद्यवस्तुको स्वाद बिग्रेर तमतमाइलोपन उत्पन्न गराउने गरी।
38706 तमतम क्रि. वि. २. शोक, लाज आदिले वा रिस, गर्मी आदिले मुख रातो भएर।
38707 तमतमाइ ना. १. उग्लेर स्वाद बिग्रने काम; उग्लाइ।
38708 तमतमाइ ना. २. रिस, गर्मी आदिले मुख रातो पार्ने काम; तिरमिराइ।
38709 तमतमाइनु अ.क्रि १. उग्लिनु।
38710 तमतमाइनु अ.क्रि २. रिस, गर्मी आदिले मुख रातो हुनु; तिरमिराइनु।
38711 तमतमाउँदो वि. तिहुन, तरकारीमा झोल धेरै भई स्वाद नभएको; उग्लिँदो स्वाद भएको; स्वाद बिग्रेको; तमतमिँदो।
38712 तमतमाउनु अ.क्रि १. तामाका वा पित्तलका भाँडाबर्तनमा तिहुन, तरकारी पकाएर राख्ता उग्लेर नमिठो स्वादको हुनु; तमतमिँदो बन्नु।
38713 तमतमाउनु अ.क्रि २. ज्वरो आदिका कारणले खाने रुचि हराई मुख नमिठो हुनु; पचपचाउँदो हुनु।
38714 तमतमाउनु अ.क्रि ३. रिस; गर्मी आदिले मुख रातो हुनु; तिरमिराउनु।
38715 तमतमाहट ना. १. उग्लेर स्वाद बिग्रने किसिम।
38716 तमतमाहट ना. २. रिस, गर्मी आदिले मुख रातो हुने ढाँचा; तिरमिराहट।
38717 तमतमिँदो वि. उगाल आउनाले स्वाद बिग्रेको; उग्लेको; तमतमाउँदो।
38718 तमतमिलो ना. १. अमिलो, टर्रो नछुट्टिने किसिमको स्वाद।
38719 तमतमिलो ना. वि. २. त्यस्तो स्वाद भएको।
38720 तमन ना. तामाबाट बनेका भाँडा, बर्तन।
38721 तमन्चा ना. सानो बन्दुक; रिवल्भर; पिस्तौल।
38722 तमस ना. १. अन्धकार; अँध्यारो; अज्ञान।
38723 तमस ना. २. पाप।
38724 तमस ना. ३. तमोगुण।
38725 तमसुक ना. ऋणीले साहुलाई आफूले ऋण लिएको प्रमाणस्वरूप लेखिदिने कागत; असामी र साहुका बिचको लेनदेनसम्बन्धी प्रमाणको लिख।
38726 तमसुक फट्टा ना. तमसुकमा लेखिएबमोजिमको साँवाब्याज चुक्ता भएपछि असुली जनाई शिर च्यातेर असामीलाई नै फिर्ता दिइने तमसुक।
38727 तमाखु ना. १. मसिनु पारी सुर्ती काटेर खुदोमा पकाई बनाइएको वस्तु वा डाँठसहित कुटेर धुलो बनाइएको कक्कड।
38728 तमाखु ना. २. तमाखुको बोट वा पात; काँचोपा।
38729 तमाखे वि. धेरै तमाखु खाने; तमाखुको अम्मली।
38730 तमादी वि. हदम्याद सकिएको वा गुज्रिएको।
38731 तमाम वि. १. भएजति सबै; सम्पूर्ण।
38732 तमाम वि. २. कामकुरा टुङ्गिएको; समाप्त; खतम।
38733 तमामी ना. समाप्त हुने वा टुङ्गिने स्थिति; समाप्ति।
38734 तमाल ना. १. रातो फूल फुल्ने, झुप्पादार फल फल्ने र ठुलठुला पात हुने सदाबहार अग्लो एक रुख।
38735 तमाल ना. २. सतिसाल।
38736 तमाल ना. ३. तेजपा।
38737 तमाल ना. ४. काँचोपात; सुर्ती।
38738 तमाली ना. सिप्लीकान; ताम्रवल्ली।
38739 तमास ना. अनौठो किसिम वा ढाँचा; उदेक।
38740 तमासा ना. १. मन बहलाउने दृश्य; चटक; रमिता; जात्रा आदि।
38741 तमासा ना. २. अनौठो खेल; रमाइलो घटना वा कुरा।
38742 तमासा ना. ३. तमास।
38743 तमासे वि. १. तमासा भएको ठाउँमा गएर हेर्ने; रमिते; जात्रे।
38744 तमासे वि. २. कुनै घटनामा आफू संलग्न नहुने र सो घटना हटाउने उपायमा पनि नलागी रमाइलो मात्र हेरेर बस्ने।
38745 तमासे वि. ३. तमासा देखाउने।
38746 तमिस्र ना. १. अन्धकार; अँध्यारो; तम।
38747 तमिस्र ना. २. अज्ञान।
38748 तमिस्र ना. ३. क्रोध; रिस।
38749 तमिस्र पक्ष ना. कृष्णपक्ष।
38750 तमिस्रा ना. कृष्णपक्षको रात; अँधेरी रा।