Dictionary

All Word

38551 तण्डवितण्ड ना. वादविवाद; टकराव।
38552 तन्तरमन्तर ना. झारफुक गर्ने काम; तन्त्रमन्त्र।
38553 तन्तु ना. १. कपास आदि बटारेर कातिएको मसिनु डोरो; धागो।
38554 तन्तु ना. २. रेसा।
38555 तन्तु ना. ३. ताँती; पङ्क्ति।
38556 तन्तु ना. ४ माकुराको जालो।
38557 तन्तु ना. ५. सन्तान।
38558 तन्तु ना. ६. मड्याएको नेपाली कागतमा मसीविना उठाएर वा खाल्डो पारेर बनाइएको डोब।
38559 तन्तुकार ना. १. लुगा बुन्ने व्यक्ति; जुलाहा।
38560 तन्तुकार ना. २. माकुरो।
38561 तन्तुकोष ना. शारीरिक तन्तु बन्नका लागि तल्लीन रहने जीवकोष ।
38562 तन्तुविज्ञान ना. शारीरिक तन्तुको सूक्ष्म संरचना तथा क्रियाको ज्ञान गर्ने गराउने शास्त्र।
38563 तन्तुविशेषज्ञ वि. शारीरिक तन्तुका विषयमा विशेष ज्ञान वा दखल भएको।
38564 तन्त्र ना. १. शाक्त वा शैव मतका अनुसार देवदेवीहरूको उपासना गर्ने रहस्यमूलक शास्त्र।
38565 तन्त्र ना. २. झारफुक गर्ने मन्त्र वा विद्या।
38566 तन्त्र ना. ३. कुनै शासनव्यवस्था वा पद्धति (जस्तै- राजतन्त्र, प्रजातन्त्र, गणतन्त्र इ.)।
38567 तन्त्र ना. ४. धागो; डोरो; सूत्र।
38568 तन्त्रमन्त्र ना. तन्त्र प्रयोग गर्ने विद्या; जादुटुना वा झारफुक।
38569 तन्त्री ना. १. रेटेर बजाइने तथा मसिनु झन्कार निस्कने सितार, वीणा आदि वाद्य।
38570 तन्त्री ना. २. वीणाको तार।
38571 तन्त्री ना. ३. शरीरको नसा।
38572 तन्दुर ना. पाउरोटी; बिस्कुट आदिको झैँ रोटी पकाउन बनाइएको माटाको ठुलो चुलो।
38573 तन्दुरी ना. तन्दुरमा पकाइएको बाक्लो रोटी।
38574 तन्दुरुस्त वि. १. शरीरमा कुनै किसिमको रोग वा कमजोरी नभएको; निरोगी; स्वस्।
38575 तन्दुरुस्त वि. २. काममा लाग्न वा जुट्न सक्ने; तम्तयार; ठिकठाक।
38576 तन्दुरुस्ती ना. शरीरमा कुनै किसिमको रोग वा कमजोरी नभई रातोपिरो हुने स्थिति; निरोगीपन; आरोग्य।
38577 तन्देरी वि. तरुनो; तन्नेरी।
38578 तन्देह वि. मेहनतसाथ काम गर्ने।
38579 तन्देही ना. १. मेहनत; परिश्रम।
38580 तन्देही ना. २. कोसिस; प्रयत्न।
38581 तन्द्रा ना. १. निद्रा लाग्नुअघिको आँखाको लठ्ठ्याइ; निद्राको पहिलो अवस्था; झप्काइ; उँघ।
38582 तन्द्रा ना. २. रोग, शोक, चिन्ता आदिबाट हुने हल्का बेहोसीजस्तो स्थिति।
38583 तन्द्रालु वि. १. तन्द्रामा परेको; उँघ लागेको।
38584 तन्द्रालु वि. २. थाकेको; क्लान्।
38585 तन्द्रिल वि. तन्द्रायुक्त; उँघ लागेको।
38586 तन्द्रुक ना. विशेष किसिमले पकाइएको मासु आदिको परिकार।
38587 तन्न क्रि. वि. बेसरी तान्ने वा तानिने गरी; तनक्क।
38588 तन्नम वि. आफ्नो भन्नु केही नभएको; हरिकङ्गाल; अति गरिब; तनहा।
38589 तन्नमभगत / भवति ना. भएभरको श्रीसम्पत्ति सबै सकिएको; तनहा; कङ्गाल।
38590 तन्ना ना. पलङ, खाट आदिमा बिछ्याउनामाथि कसेर हालिने एकसरो कपडा।
38591 तन्नेरी / तन्नेरो वि. १. बैँस चढेको; तरुनो; युवक; जवान।
38592 तन्नेरी / तन्नेरो वि. ना. २. तरुण युवक; तरुनो ठिटो।
38593 तन्मनस्क वि. तल्लीन; तन्मय।
38594 तन्मनस्कता ना. तन्मनस्क हुनाको भाव वा अवस्था।
38595 तन्मय वि. तनमन लगाएको; त्यसैमा मिलेको; दत्तचित्त; तल्लीन।
38596 तन्मयता ना. तन्मय हुनाको भाव वा अवस्था; दिलोज्यानले; लाग्नेपन; तल्लीनता।
38597 तन्वी वि. १. दुब्लीपातली।
38598 तन्वी वि. २. कोमल शरीर भएकी।
38599 तप्नु १ अ.क्रि. तप गर्नु; तपस्या गर्नु।
38600 तप्नु २ अ.क्रि. १. घाम; गर्मी आदिले तात्नु; तातो हुनु।