Dictionary

All Word

38001 ढुँडाइ ना. ढुड्ने भाव, क्रिया वा प्रक्रिया।
38002 ढुँडाइनु क.क्रि. ढूँड्न लाइनु।
38003 ढुँडाउनु प्रे. क्रि ढुड्न लाउनु, खोजी गराउनु।
38004 ढुँडिनु क.क्रि. खोजी गरिनु।
38005 ढुँडी ना. दही, मही आदि वस्तु सदा निलो वा हरियो देखिने विकारयुक्त स, ढुसी।
38006 ढुडी किरो ना. ढुसीमा पर्ने किरो, ढुसीकिरो।
38007 ढुक्नु स.क्रि १. कसैबाट केही पाउने आशामा कुरेर बस्नु धर्ना कस्तु।
38008 ढुक्नु स.क्रि २. कोही आउने बाटो हेर्नु; अवसर पर्खेर बस्नु।
38009 ढुकढुक क्रि.वि. १. डर, आवेग आदिले मुटु हल्लने गरी।
38010 ढुकढुक क्रि.वि. २. कसैलाई हातले बिस्तारै कुट्दा शब्द आउने चालले।
38011 ढुकढुक क्रि.वि. ३. कुनै वस्तुमा ठोकिँदा ढाकढुक शब्द निस्केर।
38012 ढुकढुकाइ ना. ढुकढुकाउने क्रिया वा प्रक्रिया।
38013 ढुकढुकाइनु ना. ढुकढुकाउने होइन।
38014 ढुकढुकाउनु अ.क्रि. डर, आवेग आदिले मुटु ढुकढुक गर्नु, डराउनु।
38015 ढुकढुकी ना. मुटुको गति वा धड्कन, धुकधुकी।
38016 ढुकढुक्याइ ना. ढुकढुक्याउने क्रिया वा प्रक्रिया।
38017 ढुकढुक्याइनु ना. ढुकढुक्याउन लाइनु, डिम्क्याइनु।
38018 ढुकढुक्याउनु स.क्रि. ढुकढुक आवाज निस्कने गरी मुड्कीले हान्नु डिम्क्याउनु।
38019 ढुकना ना. अरूबाट केही पाउने आसले ढुक्ने काम, सो, धर्ना, प्रतीक्षा।
38020 ढुकन्ते वि. अरूको आस गरेर ढुकिरहने, ढुकुवा।
38021 ढुकुटी ना. १. सुरक्षित रूपमा रुपियाँपैसा, सुनचाँदी आदि नगद वस्तु राख्ने वा थन्क्याउने कोठो भँडार, तहबिल।
38022 ढुकुटी ना. २. कठवार वा टिन आदि ठोकेर बनाइएको अनाज राखिने खण्ड वा कोठो; धनसार।
38023 ढुकुटीखाट ना. माथि सुत्ने र तल मालमत्ता राख्न ढुकुटी हुने गरी बनाइएको खाट।
38024 ढुकुमुकु ना. एक जना बस्ने र अरूले निहुरिएर उसको पिठ्‌यूँमा मुड्कीले बिस्तारै हिर्काएर खेलिने बालखेल।
38025 ढुकुर ना. ढुकुरकुर' गरेर कुर्लने परेवाभन्दा सेख सानो एक जातको चरो।
38026 ढुकुरे ना. ढुकुरजस्तो, ढुकुरका ढाँचाको।
38027 ढुकुरे छाती ना. निकै पोटिलो भई उठेको र कोठारचाहिँ नफुकेको छाती।
38028 ढुकुवा वि. ढुक्ने स्वभावको, ढुक्ने, ढुकन्ते।
38029 ढुकेसो ना. अर्काबाट केही पाउने आस गरेर ढुक्ने काम; दुकना।
38030 ढुक्क क्रि.वि १. मुड्कीले हान्दा जोडसित शब्द आउने गरी २. डरत्रास आदिले एक्कासि मुटु धड्केर।
38031 ढुक्क क्रि.वि ३. कुनै कामकुरामा निर्धक्क हुँदै।
38032 ढुक्क क्रि.वि ४. वायु बढेर डकार आउने गरी (बालबोलीमा)।
38033 ढुक्क्याइ ना. ढुक्क्याउने क्रिया वा प्रक्रिया।
38034 ढुक्क्याइनु क.क्रि. ढुक्क्याउने काम गरिनु, मुक्क्याइनु।
38035 ढुक्क्याउनु स.क्रि. ढुक्क आवाज आउने गरी मुड्कीले हान्नु, मुक्क्याउनु, ढुकढुकाउनु।
38036 ढुङ्गा ना. १. सीमा वा सिमानामा गाडिएको चिनु।
38037 ढुङ्गा ना. २. पत्थर, शिला; पाषाण, ढुड्गो।
38038 ढुङ्गा ना. ढुङ्गाको खलल- ना. सिमानामा रहेको लट्ठा वा निर्धारित क्षेत्र, रेखा, चिनु आदिसम्बन्धी गोलमाल, साँधको विवाद वा झगडा।
38039 ढुङ्गाको खलल ना. सिमानामा रहेको लट्ठा वा निर्धारित क्षेत्र, रेखा, चिनु आदिसम्बन्धी गोलमाल, साँधको विवाद वा झगडा।
38040 ढुङ्गाखानी ना. घर, बाटो आदिको निर्माणका निम्ति ढुङ्गाहरू झिक्ने खानी।
38041 ढुङ्गाफोर ना. लामो चुच्चो, सेतो घाँटी, काला पखेटा र लामा लामा खुट्टा हुने, नदीको छेउछाउमा बस्ने, एक जातको चरो; एक जातको सारस, भुँडीफोर।
38042 ढुङ्गिया ना. सानो ढुङ्गो।
38043 ढुङ्गिया ना. (उदा.- ढुङ्गिया आयो छातीमा थिच्यो। लोकगीत)।
38044 ढुङ्गिया ना. -।
38045 ढुङ्गिलो वि. बढी ढुङ्गा भएको, माटोमा ढुड्गा मिसिएको।
38046 ढुङ्गे वि. ढुङ्गाले बनेको, ढुड्गोजस्तो, ढुङ्गाको।
38047 ढुङ्गेच्याउ ना. ढुङ्गामा उम्रने, कालो लामो डाँठ हुने, फुस्रो खालको, भुईंमा सेता टीका हुने, टुसाजस्तो एक जातको च्याउ।
38048 ढुङ्गेधारो ना. हुँडका ढाँचाले ढुङ्गा काटेर तथा खोपेर बनाइएको, मूलको पानी बगाउने वा खसाल्ने धारो।
38049 ढुड्गेन / ढुङ्ग्यान वि. धेरै ढुङ्गा अथवा ढुङ्गैढुङ्गा भएको (जमिन)।
38050 ढुङ्गेन / ढुङ्ग्यान फूल ना. ससाना आकारको हुने र गुलाफी रङमा फुल्ने एक किसिमको फूल।