Dictionary

All Word

36901 ठेस्सिनु अ.क्रि. १. बस्दा, हिँड्दा कसैलाई धक्का लाग्नु; ठोकिनु; घचेटिनु।
36902 ठेस्सिनु अ.क्रि. २ भिड वा साँघुरो भएका ठाउँमा कोचिनु; खाँदिनु।
36903 ठेस्सिनु अ.क्रि. ३. कुनै वस्तु रिसाएर वा फन्केर राखिनु।
36904 ठेस्सिनु अ.क्रि. ४. अरूलाई मन नपर्ने गरी बस्नु।
36905 ठेस्स्याइ ना. ठेस्सिने वा ठेस्स्याउने क्रिया-प्रक्रिया।
36906 ठेस्स्याइनु क.क्रि. ठेस्सिन लाइनु; धक्का लगाइनु।
36907 ठेस्स्याउनु स.क्रि./ प्रे.क्रि. १. धक्का लगाउनु; घचेट्नु।
36908 ठेस्स्याउनु स.क्रि./ प्रे.क्रि. २. रिसाएर वा फन्केर राख्नु।
36909 ठो ना. खड्कौँलाका किसिमको, कडादार, ठाडो र ठुलो भाँडोविशेष; खासी।
36910 ठोक्नु स.क्रि. १. कसैलाई हात, लट्ठी आदिले जोडसँग हिर्काउनु; कुट्नु।
36911 ठोक्नु स.क्रि. २. फलामको घनले धातुका पाता, भाँडा आदिमा हान्नु; पिट्नु।
36912 ठोक्नु स.क्रि. ३. गजाले ढ्याङ्ग्रो, दमाहा, नगरा आदि बाजा बजाउनु।
36913 ठोक्नु स.क्रि. ४. कुनै वस्तुद्वारा अर्को वस्तुलाई वा मानिसले मानिसलाई नै ठक्कर दिनु।
36914 ठोक्नु स.क्रि. ५. कसैलाई कुस्ती, पहलमानी, लडाइँ आदिमा जित्नु; परास्त गर्नु।
36915 ठोक्नु स.क्रि. ६. कसैलाई तह लाउनु; साबित वा कायल पार्ने गरी भन्नु।
36916 ठोक्नु स.क्रि. ७. कुनै कुरा वा विषयको निधो गर्नु; निर्णय गर्नु।
36917 ठोकठाक ना. ठोक्ने वा पिट्ने काम; पिटपाट।
36918 ठोकने ना. चामलको पिठोबाट घिउतेलमा पकाएको पुरीजस्तो केही बाक्लो खाद्यवस्तु; बाबर।
36919 ठोका १ ना. ठिटाठिटीले गीतमा पालैसित गरिने प्रश्नोत्तर; जुहारी; ठुआ।
36920 ठोका २ ना. थारू जातिका स्त्रीहरूले नारीमा लगाउने एक प्रकारको गहना।
36921 ठोकाइ ना. ठोक्ने क्रिया वा प्रक्रिया।
36922 ठोकाइनु क.क्रि. ठोक्न लाइनु।
36923 ठोकाउनु प्रे. क्रि. ठोक्न लाउनु; चुटाउनु।
36924 ठोकाठोक ना. परस्परको ठोकाइ वा पिटाइ; आपसमा कुट्नेपिट्ने काम; पिटापिट; मारामार।
36925 ठोकाबाजी ना. १. परस्परमा हुने हानथाप; होडबाजी; ठोलाबाजी।
36926 ठोकाबाजी ना. २. कुनै कारणबाट दुई थरीमा हुने भनाभन; भनावैरी।
36927 ठोकिनु अ.क्रि. १. ठक्कर लाग्नु।
36928 ठोकिनु अ.क्रि. क.क्रि. २. पिटिनु; कुटिनु।
36929 ठोकिनु अ.क्रि. ३. कायम गरिनु।
36930 ठोकुवा वि. १. निधो गरिएको; निश्चि।
36931 ठोकुवा वि. २. ठोकिएको वा ठोकेको।
36932 ठोकुवा वि. ना. ३. कुनै कुरा वा विषयको निधो ; निर्णय।
36933 ठोक्रे वि. १. ठोक्रो लिने; ठोक्रो भिर्ने।
36934 ठोक्रे वि. ना. २. तेल हाल्ने काठको भाँडो; गरियो; दुलाल।
36935 ठोक्रो १ ना. १. बाण हालेर पिठिउँमा भिर्ने बाँस वा काठ आदिको भाँडो।
36936 ठोक्रो १ ना. वि. २. डोलो, गोलो, लाम्चो र खोक्रो भएको।
36937 ठोक्रो २ ना. धातुका भाँडाकुँडाको व्यापार गर्ने एक जाति।
36938 ठोट्ने ना. लाम्चा पात, सेता मसिना फूल, राता साना फल र अमिलो डाँठ हने एक जातको बोट वा तरकारी, अचार बनाएर खाइने त्यसैको डाँठ।
36939 ठोटरी ना. एक जातको कछुवा।
36940 ठोट्यौरो ना. हुक्का गुडगुडाए झैं गरी काठ ठुङ्ने , साखिने ढुकुरका आकारको, ढुकुरको भन्दा लामो मसिनु चुच्चो हुने र गौंथलीजत्रो गरी दुई किसिमको हुने एक जातको चरो।
36941 ठोरी ना. मध्य नेपालको भित्री मदेस चितवनको दक्षिणी भेगमा पर्ने पर्सा जिल्लाअन्तर्गतको प्रसिद्ध जङ्गली क्षेत्र।
36942 ठोलाबाजी ना. हे. ठोकाबाजी।
36943 ठोस्नु स.क्रि. १. आगो बाल्दा सिट्ठी झार्नका लागि अगुल्टो घोच्नु।
36944 ठोस्नु स.क्रि. २. उही कुरो बारम्बार भन्नु; घच्का लाउनु।
36945 ठोस्नु स.क्रि. ३. कसैलाई मुखभरिको जवाफ दिनु; ठोस लाउनु।
36946 ठोस्नु स.क्रि. ४. कुनै वस्तु भाँडो आदिमा कोच्न; खाँदन्।
36947 ठोस ना. १. कसैलाई दिइने मुखभरिको जवाफ; ठक्कर।
36948 ठोस ना. वि. २. भित्र रित्तो वा खोक्रो नभएको; खँदिलो।
36949 ठोस ना. ३. सही वा यथार्थ, वास्तविक।
36950 ठोसकरण ना. कुनै तरल पदार्थ वा बाफलाई ठोस रूपमा परिवर्तन गर्ने प्रक्रिया।