Dictionary

All Word

36851 ठेगान/ठेगाना ना. (उदा.- घरको झमेलाको बल्ल ठेगान लाग्यो )।
36852 ठेगान/ठेगाना ना. ३. कुनै काम वा कुराको बन्दोबस्त; प्रबन्ध।
36853 ठेगान/ठेगाना ना. (उदा.- भाइहरूको पढ्ने ठेगान मिलाएर म घर आउँछु)।
36854 ठेङ्ग्रेमुङ्ग्रे ना. अपराधीहरूलाई ठिंगुरामा हाली दिइने एक प्रकारको सजाय।
36855 ठेङ्ग्रो ना. लहरेदार तरकारी वा फलका बोटबिरुवाको झिक्रो; झाल; झाङ।
36856 ठेट वि. मूल रूपमा रहेको; मिसावट नभएको; चोखो; नमिसिएको; शुद्ध; झर्रो।
36857 ठेटर ना. रङ्गमञ्चमा खेलाइने वा प्रदर्शित गरिने नाटक तथा नाचगान।
36858 ठेटुवा ना. घरबुनाको सेतो कपडाविशेष।
36859 ठेट्ना ना. १. भुट्दा फूल नउठेका मकै आदि।
36860 ठेट्ना ना. २. अजकल्टा वा नबुझ्ने केटाकेटी।
36861 ठेट्नामेट्ना ना. त्यस्ता मसिना धेरै केटाकेटी; भुराभुरी।
36862 ठेट्नु/ ठेट्नो ना. १. मकै, जुनेलो आदि भुट्ता फूल नउठेको दान; अटेर्नु।
36863 ठेट्नु/ ठेट्नो ना. २. अजकल्टो वा नबुझ्ने केटो।
36864 ठेड ना. १. मै हुँ भन्ने व्यक्ति; ठालु; नाइके।
36865 ठेड ना. वि. २. जिराहा; जोधाहा।
36866 ठेडी ना. १. घिउ-तेल आदिका ठेकीमा लगाइने काठको सानो बिर्को; बुजो।
36867 ठेडी ना. २. गाँजा, कक्कड आदि खानेले चिलिमका प्वालमा राख्ने ढुङ्गो, खबटा आदिको सानो टुक्रो ; ठेकन।
36868 ठेल्नु स.क्रि. १. घिसार्न वा गुडाउन हुने कुनै वस्तुलाई घचेट्नु; पेल्नु; धकेल्नु।
36869 ठेल्नु स.क्रि. २. कुनै वस्तुलाई भाँडामा खाँद्नु; साँघुरो ठाउँमा कोच्नु।
36870 ठेल्नु स.क्रि. ३. अरूलाई ठटाउनका निम्ति धक्का दिनु; अँचेट्नु; थिच्नु।
36871 ठेल ना. १. बाढीको पानी पाखातर्फ आउने काम।
36872 ठेल ना. २. घचेटाइ।
36873 ठेलगाडी ना. ठेलेर हिँडाइने चक्कागाडी; ठेलागाडी।
36874 ठेलपेल ना. १. ठेल्ने र पेल्ने काम।
36875 ठेलपेल ना. २. बुताले भेटेसम्मको प्रयास; बलतल।
36876 ठेलपेल ना. ३. लिंडेढिपी; हठ।
36877 ठेलमठेल ना. १. धेरै जनाले आपसमा एकले अर्कालाई ठेल्ने वा धकेल्ने काम; ठेलाठेल।
36878 ठेलमठेल ना. २. हिँड्न वा छिर्न गाह्रो पर्ने भिड; घुइँचो।
36879 ठेलमठेला ना. ठेलमठेल।
36880 ठेला ना. १. ठेलो।
36881 ठेला ना. २. ठेलागाडी।
36882 ठेलाइ ना. ठेल्ने काम वा किसिम।
36883 ठेलाइनु क.क्रि. ठेल्न लगाइनु।
36884 ठेलाउनु प्रे.क्रि. ठेल्न लाउनु; घचेटाउनु।
36885 ठेलागाडी ना. ठेलेर वा घचेटेर चलाइने, मालसामान बोक्ने चक्कागाडी; लिकमा ठेलेर चलाइने सानो गाडी; ठेला; ठेलगाडी।
36886 ठेलिनु क.क्रि. ठेल्ने काम गरिनु; घचेटिनु; पेलिनु।
36887 ठेली ना. १. पुस्तक तथा पुस्तकका पत्रहरूको खात; कागतपत्रको चाङ; तङ्ङी।
36888 ठेली ना. २. ठुलो पुस्तक।
36889 ठेलुवा वि. १. ठेल्नुपर्ने; ठेलिने; ठेलिएको।
36890 ठेलुवा वि. ना. २. आरनमा आगो फुक्ने सानो ढुङ्ग्रो।
36891 ठेलो १ ना. हतियार धेरै चलाएर काम गर्दा हातगोडामा उठ्ने छालाको साह्रो डल्लो।
36892 ठेलो २ ना. ढोकाको चौकोसमा जमिनपट्टि रहने तेर्सो काठ।
36893 ठेस्नु स.क्रि. अटाइनअटाइ गरेर हाल्नु; कोच्नु; खाँद्नु; जाक्नु।
36894 ठेस ना. हिँड्दा काठ, ढुङ्गा आदिसित जुधेर गोडामा लाग्ने ठक्कर।
36895 ठेसन ना. भारीमा दुवैपट्टिको तौल बराबर पार्न एकापट्टि थपिने ओजन वा वस्तु।
36896 ठेसमठेस ना. अटाइनअटाइ हुने गरी; अटेसमटेस ; ठेलमठेल; खाँदाखाँद।
36897 ठेसाइ ना. ठेस्ने काम वा किसिम।
36898 ठेसाइनु क.क्रि. ठेस्न लाइन; कोचाइनु।
36899 ठेसाउनु प्रे. क्रि. ठेस्न लाउनु; कोचाउनु।
36900 ठेसिनु क.क्रि. ठेस्ने काम गरिनु; खाँदिनु; कोचिनु।