Dictionary

All Word

36251 ट्वाँट ना. जाँड वा रक्सी ( निन्दा वा हेयार्थमा)।
36252 ट्वाँटवाल वि. ट्वाँट खाने; जँड्याहा; रक्सीबाज; ट्वाँटे।
36253 ट्वाँटी ना. जमिनमुनि बसी एकनासले कराउने एक प्रकारको बर्खे किरो।
36254 ट्वाँटी कस्नु/हाल्नु टु. धरपकड गर्नु।
36255 ट्वाँटी कस्नु/हाल्नु टु. (उदा.- दसैभित्र पैसा नबुझाए साहुले ट्वाँटी कसेर / हालेर लिन्छन् रे)।
36256 ट्वाँटे वि. १. जाँडरक्सी बढी पिउने (मानिस); ट्वाँटवाला।
36257 ट्वाँटे वि. ना. २. बर्खामा आली, कान्ला आदि प्वाल पार्ने एक प्रकारको किरो।
36258 ट्वाक १ ना. सुनकेवँरा, दुधकेवँरा आदिको फूलबाट बनाइने अलङ्कार वा शृङ्गारसज्जा।
36259 ट्वाक २ ना. अन्न आदि भरिने काठ, टिन आदिको सानो भाँडो।
36260 ट्वाकट्वाक क्रि.वि. १. काठहरूमा खोप्ता वा ठोक्ता आवाज आउने गरी।
36261 ट्वाकट्वाक क्रि.वि. २. कचकच गरिरहने छाँटले ; करकर।
36262 ट्वाकट्वाकी क्रि.वि. लगातार ट्वाकट्वाक गरेर।
36263 ट्वाकल ना. १. कुनै गह्रौं वस्तु उठाउन वा धकेल्न त्यस वस्तुको मन्तिर हालिने काठको ठेउको।
36264 ट्वाकल ना. २. अचानु।
36265 ट्वाकल ना. ३. घरको गाराबाट छानाको दाँती थाम्न र केही झुन्ड्याउन हुने गरी राखिएको बाहाँ।
36266 ट्वाक्क क्रि.वि. १. तरकारी, अचार आदिमा अमिलो, पिरो आदि पुगेर स्वाद पर्ने गरी; त्यस्तो तरकारी, अचार खाएर जिभ्रो फड्कार्दै।
36267 ट्वाक्क क्रि.वि. २. सानोतिनो ढुङ्गा वा त्यस्तै वस्तुले हान्दा शब्द निस्केर।
36268 ट्वाक्क क्रि.वि. ३. चराचुरुङ्गी आदिले ठुङ्ने किसिमले।
36269 ट्वाक्क क्रि.वि. ४. एक्कासि भेट हुने गरी; ठिक्कसित मिलेर वा जोरिएर; ट्याक्क।
36270 ट्वाङट्वाङ क्रि.वि. ठुलो घण्ट, तख्ताघडी आदि बज्दा तिखो किसिमले आवाज आउने गरी।
36271 ट्वाङ्ङ क्रि.वि. कुनै साह्रो वस्तुमा हिर्काउँदा वा घण्ट आदि बज्दा तिखो आवाज आउने गरी।
36272 ट्वारट्वार क्रि.वि. १. हुक्का तान्दा वा घुराउँदा आवाज निस्कने गरी।
36273 ट्वारट्वार क्रि.वि. २. भ्यागुतो कराएको आवाज निस्कने गरी; ट्वार्र ट्वार्र।
36274 ट्वारट्वारती / ट्वारट्वारी क्रि.वि. अझ छिटो ट्वारट्वार हुने गरी।
36275 ट्वार्र क्रि.वि. १. हुक्का तान्दा वा घुराउँदा जोडले आवाज निस्कने गरी।
36276 ट्वार्र क्रि.वि. २. भ्यागुतो आदि कराउँदा आवाज आउने ढङ्गले।
36277 ट्वार्र ट्वार्र क्रि.वि. ट्वारट्वार।
36278 ट्वालट्वाल क्रि.वि. एकोहोरो हेर्ने गरी।
36279 ट्वालट्वालती वि. एकनाससँग एकोहोरो हेरेर।
36280 ट्वाल्ल क्रि.वि. एकोहोरो चालले हेरिरहने गरी; टोलाइरहने चालले; वाल्ल; जिल्ल।
36281 ट्विनअटर ना. थोरै मानिस बस्न हुने सानो खालको हवाईजहाज।
36282 ट्वेन्टिनाइन ना. तासको खेलमा प्वाइन्ट बोली गनेर खेलिने जम्मा उनन्तिस प्वाइन्ट भएको एक खेल।
36283 देवनागरी वर्णमालाको व्यञ्जनवर्णमध्ये बाह्रौं वर्ण, मूर्द्धन्य, स्पर्शी, अघोष, महाप्राण, ताडित व्यञ्जनवर्ण; टवर्गको दोस्रो अक्षर लेख्य रूपमा सो वर्णको प्रतिनिधित्व गर्ने लिपिचिह्न; ओठ मिलायो ठ।
36284 ठँटाइ ना. ठाँट पार्ने काम ठाँट्ने तथा ठाँटिने भाव, क्रिया वा प्रक्रिया।
36285 ठँटाइनु क.क्रि. ठाँट्न लाइनु; ठाँट पार्ने गराइनु।
36286 ठँटाउनु प्रे.क्रि. ठाँट्न लाउनु; ठाँट पार्ने गराउनु।
36287 ठंडौरो ना. भाँडाकुँडालाई झोक पोख्ता वा गाली गर्दा प्रयुक्त हुने शब्द; ठाँडो।
36288 ठंडौरो ना. (उदा.- भात पकाउन लाग्दा ठँडौरो चुहिएर दिनुसम्म दु:ख दियो)।
36289 ठकठक ना. १. हलुका चालले काठ आदि साह्रो वस्तुमा ठोक्ता आउने शब्द; वाकवाक।
36290 ठकठक ना. २. जाडाले काम्ने वा थरथराउने चाल; लुगलुग।
36291 ठकठक ना. क्रि.वि. ३. त्यस्तो शब्द आउने गरी; थरथराउने चालसँग।
36292 ठकठकाइ ना. ठकठकाउने क्रिया वा प्रक्रिया।
36293 ठकठकाइनु क.क्रि. १. ठकठक आवाज निकालिनु।
36294 ठकठकाइनु क.क्रि. अ.क्रि. २. ठकठक काँपिनु।
36295 ठकठकाउनु स.क्रि. १. कुनै वस्तुमा ठकठक शब्द आउने गरी ठोक्नु वा ठटाउनु।
36296 ठकठकाउनु स.क्रि. अ.क्रि. २. जाडाले ठकठक काम्नु; लुगलुग काम्नु; थरथराउनु।
36297 ठकठकिनु क.क्रि. ठकठकाउने गरी काँप्नु।
36298 ठकठकी क्रि.वि. जाडाले छिटो छिटो काम्ने गरी; थरथराएर।
36299 ठकठक्याइ ना. ठकठकिने क्रिया वा प्रक्रिया।
36300 ठकार ना. ठ' अक्षर; टवर्गको दोस्रो व्यञ्जन वर्ण।