Dictionary

All Word

35851 टुइँटुइँ ना. २. टन्क्याएर बाँध्ने तरिका।
35852 टुइँटुइँ ना. ३. अपानवायु आदि लगातार निस्कँदा सुनिने आवाज।
35853 टुइँटुइँ ना. ४. लाम्खुट्टे आदि कराउँदाको ध्वनि।
35854 टुइँटुइँ ना. क्रि.वि. ५. त्यस्तो हिँडाइ, तरिका वा ध्वनि उत्पन्न हुने गरी।
35855 टुइँटुइँती क्रि.वि. त्यसरी अझ छिटो हिँड्दै, बाँध्दै वा ध्वनि निकाल्दै।
35856 टुइँय्य क्रि.वि टुइँको आवाज एकै खेपमा आउने गरी; टुइँक्क।
35857 टुइल ना. खेसको बुनोटजस्तो गरी बुनिएको बाक्लो बाक्लो, नरम सुती कपडा।
35858 टुक १ ना. १. टुक्रो।
35859 टुक १ ना. २. कडा वस्तुलाई हिर्काउँदा वा बालकले भुईंमा कुल्चँदा उत्पन्न हुने मसिनु आवाज।
35860 टुक२ ना. कुनै वस्तुलाई जोखतौल वा भर्ने कामको ठिक परिमाण; टुकुनी।
35861 टुकटुक क्रि.वि. १. कडा वस्तुलाई लगातार हिर्काउँदै।
35862 टुकटुक क्रि.वि. २. टुकुटुकु; टुकुटुकुर।
35863 टुकटुक क्रि.वि. ना. ३. धेरै टुक्राको समुदाय; टुक्राहरूका रूपमा भएको विखण्डन।
35864 टुकटुकती क्रि.वि १. टुकुटुकु।
35865 टुकटुकती क्रि.वि २. टुक्रा टुक्रा हुने गरी।
35866 टुकटुकती क्रि.वि ३. टुकको ध्वनि उत्पन्न हुने गरी।
35867 टुकडा ना. १. टुक्रा; खण्ड।
35868 टुकडी ना. १. फौजहरूको ससानो एकाइ वा विभाग; सानो सैनिकदल।
35869 टुकडी ना. २. ससानो टुक्रो।
35870 टुकडो ना. ठोस पदार्थको सानो भाग; टुक्रो।
35871 टुकिचा ना. नेवार समुदायमा प्रचलित एक प्रकारको गहना।
35872 टुकी १ ना. मट्टीतेलको बत्ती बाल्ने माटो, टिन आदिको सानो भाँडो; बत्ती बाल्ने डिबिया; ढिब्री ; कुपी।
35873 टुकी २ ना. नेवारजातका स्त्रीहरूले कानमा लहरै लाउने सुनको एक प्रकारको गहना।
35874 टुकुँचा ना. दुई पाखाको छानाको जोर्नीमा उत्तानु पारी राखिने हुँडका आकारको झिँगटी।
35875 टुकुचा ना. काठमाडौं सहरमा बागबजारनजिक भएर बग्ने सानो नदी; इक्षुमती।
35876 टुकुटुकु/टुकुटुकुन ना. १. बालकहरूको भर्खर हिँडन लाग्दाको हिँडाइ, टुकुरटुकुर।
35877 टुकुटुकु/टुकुटुकुन ना. क्रि.वि. २. (साना बालक हिँड्दा ) लडिएला कि जस्तो गरेर।
35878 टुकुनी ना. १. एक पाउको तौल।
35879 टुकुनी ना. २. पाँच मुठी वा आधा मानु अन्न, तेल आदि भर्ने भाँडो।
35880 टुकुनी ना. ३. तौलमा एक पाउ वा आधा मानाको परिमाण।
35881 टुकुनी ना. वि. ४. पाउभरिको।
35882 टुकुनी ना. ५. आधा मानो।
35883 टुकुटुकुर ना. १. हे. टुकुटुकुटुकुटुकुन।
35884 टुकुटुकुर ना. २. क्रि.वि. लडिएला कि जस्तो गरेर, बच्चाले बल्लतल्ल हिँडेजस्तो गरेर; टुकुटुकु।
35885 टुक्का ना. १. कुनै कविता वा गीतको सानो अंश पाउको अन्तिम भाग।
35886 टुक्का ना. २. कविता वा गीतको दुई दुई चरणको अन्तिम शब्द वा शब्दको फाँकी मिलाउने काम; अन्त्यानुप्रास।
35887 टुक्का ना. 3. अभिव्यञ्जनापूर्ण टुक्रे वाक्य वा वाक्यांश,;मुहाबरा।
35888 टुक्का ना. (उदा.- कन्सिरी तात्नु; मुख लाग्नु, नाक काट्नु इ.)।
35889 टुक्का जोर्नु टु. टुक्का मिलाउनु।
35890 टुक्की ना. थारू जातिका नारीहरूले नाकमा लगाउने सानो फुली।
35891 टुक्रा ना. कुनै ठोस पदार्थको सानो भाग; अंश; ससाना कण।
35892 टुक्राटाक्री ना. ससाना टुक्राहरूको समूह; खेतबारीका ससाना भाग (उदा.- यसपालि गैह्री खेतका टुक्राटाक्री बेच्नुपरेको छ)।
35893 टुक्रिनु अ.क्रि. कुनै ठोस वस्तु फुटेर टुक्राटुक्रा हुनु, ससानो भाग हुने गरी फुट्नु वा छुट्टिनु।
35894 टुक्रुक्क क्रि.वि. बस्दा दुई खुट्टा र चाकले मात्र भुईं छुने गरी; बस्दा उड्केला मारेर बस्ने किसिमले।
35895 टुक्रो ना. १. कुनै ठोस वस्तुबाट छुट्टिएको सानो भाग; अंश; टुकडा।
35896 टुक्रो ना. वि. २. छुट्टिएको; टुक्रिएको; खण्डि।
35897 टुक्रयाइ ना. टुक्रो पार्ने वा टुक्रो हुने क्रिया प्रक्रिया।
35898 टुक्रयाइनु क.क्रि टुक्रामा परिणत गराइनु।
35899 टुक्रयाउनु प्रे. क्रि. टुक्रा टुक्रा पार्नु; खण्डित तुल्याउनु।
35900 टुखल ना. उखु पेलेर रस निकालेपछि बाँकी रहेको छोक्रा; खोइलो।