Dictionary

All Word

35001 टकटकी क्रि.वि. २. धुलोमुलो पुरै झर्ने गरी।
35002 टकटकी क्रि.वि. ३. अभावग्रस्त देखापर्ने चालसँग।
35003 टकटकी क्रि.वि. ४. एकटकको आवाज उत्पन्न हुने किसिमले।
35004 टकटके वि. / ना. १. आफ्नो जिम्मेवारी नसँभाल्ने; आफ्नो उत्तरदायित्व वहन नगर्ने।
35005 टकटके वि. / ना. २. टकटकिएर अभाव मात्र देखाउने।
35006 टकटके वि. / ना. ३. पलायनधर्मी।
35007 टकटके वि. / ना. ना. ४. टकाराँड।
35008 टकटक्याइ ना. १. टकटकिने भाव, क्रिया वा प्रक्रिया।
35009 टकटक्याइ ना. [टकटक्याउ+ आइ] २. टकटक्याउने भाव, क्रिया वा प्रक्रिया।
35010 टकटक्याइनु क.क्रि. १. कत्ति पनि बाँकी नराखी सबै रित्याइनु।
35011 टकटक्याइनु क.क्रि. २. धुलो झारिनु।
35012 टकटक्याउनु प्रे.क्रि. १. कपडा, लम्पट आदिमा परेको धुलो, कसिङ्गर वा पानी फड्कारेर झार्नु, झड्कार्नु।
35013 टकटक्याउनु प्रे.क्रि. २. भएभरको सम्पत्ति खतम पार्नु, सिरीखुरी पार्नु।
35014 टकटक्याउनु प्रे.क्रि. ३. धुलो झार्नु वा झार्न लगाउनु।
35015 टकटक्याहट ना. टकटक्याइ।
35016 टकटक्याहा वि. १. टकटकिने।
35017 टकटक्याहा वि. २. टकटक पार्ने।
35018 टकमराइ/टकमरी ना. तामा, पित्तल, सुन, चाँदी आदि धातुलाई पैसा, रुपियाँ आदिमा ढाल्ने काम, रुपियाँ, पैसा आदि छाप्ने काम; मुद्रा बनाउने काम।
35019 टक मार्नु स.क्रि. १. मुद्रा बनाउनु तथा त्यसमा छाप बसाउनु।
35020 टक मार्नु स.क्रि. २. जाली मुद्रा बनाउनु।
35021 टक मार्नु स.क्रि. ३. ज्योति मलिन पार्नु।
35022 टकराइ ना. टकराउने भाव, क्रिया वा प्रक्रिया।
35023 टकराइनु अ.क्रि. ठोकिनु; जुधिन्।
35024 टकराउनु अ.क्रि. कुनै दुई थरी वस्तु एक अर्कोमा रगडिनु; परस्पर जुध्नु; ठक्कर खानु, भिडिनु, ठोकिनु।
35025 टकसार ना. विभिन्न धातुबाट रुपैयाँपैसा बनाउने वा ढाल्ने सरकारी अड्डा ; मुद्रा वा सिक्का तयार गर्ने कारखाना।
35026 टकसारी ना. १. सरकारले आज्ञा दिएमुताबिक मोहर, पैसा, असर्फी आदिमा टक ढाल्ने काम।
35027 टकसारी ना. २. त्यस्तो टक ढाल्ने व्यक्ति।
35028 टकसारी ना. वि. ३. टकसारीको काम गर्ने।
35029 टका १ वि. केही नभएको, टाट; ठिङ्गो।
35030 टका २ ना. १. रुपियाँपैसा, सिक्का; मुद्रा।
35031 टका २ ना. २. दुईपैसे ढयाक, दुई पैसाको समूह।
35032 टकाटक क्रि.वि. १. धमाधम ठ्याक्क; फटाफट।
35033 टकाटक क्रि.वि. ना. २. खाँचो; हर्जा; खट्ट।
35034 टकार ना. ट' अक्षर; टवर्गको पहिलो वर्ण।
35035 टकाराँड ना. पैसामा बिक्ने नारी; वेश्यावृत्ति गर्ने स्त्री (हेयार्थमा)।
35036 टकेर्नु ना. बकेर्नुपछिको वा थाक्ने बेला भएको गाईभैंसी, थाकेर दुध नदिने अवस्थाको गाईबस्तु।
35037 टक्क क्रि.वि. एकाएक रोकिने गरी; हिँड्दाहिँड्दै एक्कासि अडिने चालले; अचानक हिँड्न छाडेर।
35038 टक्कर १ ना. १. जडिएका रत्न वा मणिहरूको टलकझलक बढाउनका लागि तलतिर राखिने धातुको पातलो पत्र।
35039 टक्कर १ ना. २. गहुँको मैदा रयालेर बनाइएको, टीका, छाप आदिमा प्रयोग गरिने लेसिलो पदार्।
35040 टक्कर २ ना. १. व्यक्ति वा वस्तु अर्कासँग रगडिने वा ठोकिने काम ठक्कर, धक्का।
35041 टक्कर २ ना. २. प्रतिस्पर्धा; प्रतिद्वन्द्रिता; दाँजो।
35042 टक्कर २ ना. ३. च्याम्पटी, ओखर, भुरुङ आदि घुमाउँदा नचली वा नहल्ली घुम्ने चाल।
35043 टक्कर ३ ना. मुलायम, सेता र सुगन्धी फूल फुल्ने, दुध निस्कने एक प्रकारको बोट; त्यसैको फूल।
35044 टक्करी ना. टक्करको फूल वा वृक्ष।
35045 टक्का ना. हे. टका।
35046 टक्काहार ना. पुराना चाँदीका रुपियाँ वा चाँदीका भारतीय मुद्राले बनेको माला; कम्पनीमाला; पटनामाला।
35047 टक्रनु अ.क्रि. १. टक्क रोकिनु।
35048 टक्रनु अ.क्रि. २. अलग हुनु; भिन्नै वा छुट्टै रहनु।
35049 टक्रनु अ.क्रि. ३. पर सर्न; नछुने हुनु।
35050 टक्रक्क क्रि.वि. १. चल्दाचल्दै एकाएक अड्ने गरी; टक्क।