Dictionary

All Word

34351 झिक्रामिक्री ना. सानाठुला झिक्राहरूको समूह।
34352 झिक्रेइलो वि. मिक्रामिक्री भएको; झिक्रोजस्तो।
34353 झिक्रो ना. ससाना हाँगाबिंगासहितको ठुलो हाँगो; लहरे तरकारी फलाउनाका लागि काटेर ल्याइएको हाँगो वा बोट; थाँक्रो; झिँजो।
34354 झिडटी ना. झिँगटी।
34355 झिडनी ना. झिँगनी।
34356 झिडनी तोरियाँ ना. झिँगाउरो।
34357 झिडल्टो ना. झिँगल्टो।
34358 झिडाउरो ना. झिँगाउरो।
34359 झिजिनु अ.क्रि. झिजो मान्नु; मन नपरेको काम गर्न झर्को मान्नु; फर्कनु।
34360 झिजो ना. १. कुनै फाइदा पनि नहुने र मन पनि नपर्ने कामकुरो; झन्झटको काम; झोज; झर्को २. सताउने काम; कचकच।
34361 झिजोल्नु स.क्रि. १.कसैलाई नचाहिंदो कामकुरामा झर्को लाग्ने गरी सताउनु, प्रायः केटाकेटीले आमालाई झिजो लाग्ने पार्नु।
34362 झिजोल्नु स.क्रि. २. बारम्बार हल्लाउनु; घचघच्याउनु।
34363 झिजोलाइ ना. झिजोल्ने भाव क्रिया वा प्रक्रिया।
34364 झिजोलाइनु क. क्रि. भिजोल्न लाइनु।
34365 झिजोलाउनु प्र.क्रि. झिजोल्न लाउनु; झिजोलाइमा पार्नु।
34366 हिजो लिनु क. क्रि. १. कजोल्ने काम गरिनु; सताइन्।
34367 हिजो लिनु क. क्रि. २. हल्लाइन्।
34368 झिजोलो ना. नचाहिंदो कामकुरामा पनि झर्को लाग्ने गरेर सताउने काम; झिजो।
34369 झिज्याइ ना. झिजिने भाव, क्रिया वा प्रक्रिया।
34370 झिज्याइनु क.क्रि. झिजो लाइनु; सताइनु।
34371 झिज्याउनु प्रे. क्रि. झिजो लाउनु; पिरोल्नु; दिक्क पार्नु।
34372 झिझिया नाच ना. थारू जातिमा प्रचलित प्रायः दसैँताक नाचिने एक लोकनृत्य।
34373 झिझिया नाच ना. (यस नाचमा बेलुकीपख कन्याकेटीका ससाना समूह भित्र बत्ती बलेको माटाको भुँइको टाउकोमा बोकी सडकसडकमा गाउँदै नाच्दै हिँड्छन्)।
34374 झिटी ना. कहीं लैजान तयार गरिएको मालसामान; मालमत्ता।
34375 झिटीझाम्टी/झाम्टो ना. गृहस्थीका सरसामान; मालमत्ता फिरफिटी।
34376 झिटीमिटी ना. भएजति सबै झिटी; मालसामान।
34377 झिट्टा ना. न्याउले खेलमा गाइने एक थरी लोकगी।
34378 झिट्टी वि. दुब्लो; पातलो; सुलीखुट्टे वा सुइँखुट्टे।
34379 झिना झाँकर वि. सानातिना; प्रायः लेखो वा वास्ता नगरिने।
34380 झिनुवा ना. सेता ढबका पात हुने, खैरो रङ मिसिएको डल्लोडल्लो एक जातको धान।
34381 झिनुवा ना. २. सोही धानको चामल।
34382 झिनो वि. १. अपेक्षाकृत कम मोटाइ भएको; मसिनो; क्षीण।
34383 झिनो वि. २. दुब्लो; पातलो।
34384 झिन्निनु अ.क्रि. क्रमशः दुब्लोपातलो हुँदै जानु; दुब्लाउनु।
34385 झिम ना. १. परेला झिम्क्याउन्जेलको अल्प समय; निमेष; क्षण।
34386 झिम ना. क्रि.वि. २. परेला झिमिक्क पारेर; आँखा झिम्क्याउँदैमा।
34387 झिमझिम क्रि.वि. बारम्बार परेला झिम्क्याइरहने गरी; चिमचिम।
34388 झिमझिमे वि. १. चिमचिम गरिरहने ( आँखा, परेला / परेली)।
34389 झिमझिमे वि. २. झिमझिम गरेर बर्सिरहने; सिमसिमे (पानी)।
34390 झिमिक्क क्रि.वि. १. आँखा चिम्लने गरी; परेला जोडेर निदाउने हिसाबले।
34391 झिमिक्क क्रि.वि. २. झुक्याउने गरी; थाहै नदिएर।
34392 झिम्के वि. १. सधैँ परेला झिम्क्याइरहने; झिमझिम गर्ने।
34393 झिम्के वि. २. आँखा सन्काएर इसारा गर्ने।
34394 झिम्को ना. आँखा झिम्म पार्ने काम; परेला झिम्क्याउने भाव, क्रिया वा प्रक्रिया।
34395 झिम्क्याइ ना. झिम्क्याउने भाव, क्रिया वा प्रक्रिया।
34396 झिम्क्याइनु क.क्रि. पलक मारिनु; इसारा गरिनु।
34397 झिम्क्याउनु स.क्रि. १. आँखा झिमझिम पार्नु; झिम्को लाउनु।
34398 झिम्क्याउनु स.क्रि. २. आँखाले इसारा गर्नु; फकाउनु।
34399 झिम्म क्रि.वि. परेला जोड्ने गरी; आँखा बन्द गरेर।
34400 झिम्मझिम्म क्रि.वि. फेरिफेरि झिम्म हुने गरी; झिमझिम; चिमचिम।