Dictionary

All Word

34201 झागलझुगल क्रि.वि. २. लछारपछार गरेर; घिच्याइमुन्ट्याइ गर्दै।
34202 झाँगिनु अ.क्रि. रूखबिरुवाका चारैतिर हाँगाबिंगा, पात आदि फैलनु; झाँग लाग्नु।
34203 झाँज ना. भ्याली; झ्याम्टो।
34204 झाँजर/झाँझर ना. १. घिउतेलमा पकाएका रोटीहरू झिक्दा घिउतेल तर्काइने प्वालैप्वाल परेको पन्यु।
34205 झाँजर/झाँझर ना. २. तराई भेगमा प्रचलित सानो झ्याली भएको ताल बाजा।
34206 झाँट्नु स.क्रि. १. बोटबाट धान, गहुँ आदि अन्न निकाल्न पछार्नु वा चुट्नु, झटनी गर्नु।
34207 झाँट्नु स.क्रि. २. छाँस्नु, हपार्नु, झपार्नु।
34208 झाँट्नु स.क्रि. ३. थकित पार्नु, लखतरान पार्नु।
34209 झाँट ना. झाँप मूत्रेन्द्रियका वरिपरिका रौं उपस्थका रौं, शस्प टट- ना. [झाँट् (द्वि.)] झाँट्नेवर्ने काम टकटक्याउने प्रक्रिया।
34210 झाँप ना. कुदने, फाल हाल्ने वा उफ्रने काम (जस्तो- हाँपझाँप)।
34211 झाईं ना. तताएको तेलघिउमा तिहुन ओइरँदा वा मानन पार्दा निस्कने शब्द।
34212 झाईंझुइँ ना. तेल, घिउ आदिमा रोटी पकाउने काम, तातो घिउतेलमा जिम्बु, जिरा, मेयी आदि फुराएर दाल, तरकारी, अचार झान्ने काम मानकुन।
34213 झाईंझुइँ ना. क्रि.वि. २. तातो घिउतेलमा तरकारी आदि ओइरिंदा आवाज आउने गरी ३. जम्मै सकिने गरेर रित्तिने किसिमले।
34214 झाकझाक झुकझुक क्रि.वि. बराबर झाक क भएर, झाकमुक।
34215 झाकमुक क्रि.वि. १. कुनै कामकुरा कहिलेकाहीं मात्र हुने गरी आक्कलझुक्कल।
34216 झाकमुक क्रि.वि. २. अलिअलि निद आउने गरी उड्ने चालले।
34217 झाङ ना. १. गुचुमुच्च परेका लहरा र ससाना रूखहरूको समूह।
34218 झाङ ना. २. झाँगिएको बोट, झ्याम्म परेको रूख वा बिरुवा।
34219 झाडलकुडल क्रि.वि. हे झाँगल कुंगल।
34220 झाडा ना. थारूजातिको विवाहमा केटाले केटीका आमाबाबुलाई बिखर्चका निम्ति दिने नगद।
34221 झाडिनु अ.क्रि. हे झाँगिन्।
34222 झाट ना. १. उज्यालो हुनेहुने बेलाको गाढा अँध्यारो।
34223 झाट ना. २. लहराहरूले ढाकिएको स्थान; कुञ्ज; छहारी।
34224 झाट ना. ३. झाडी।
34225 झाटकुट क्रि.वि. १. छिटोछरितो गरेर; झट्टपट्ट छिटछिटो चाँडोचाँडो ना २. बन्धन आदि तुरुन्त चुँडिने काम।
34226 झाटकुट क्रि.वि. ३. छिटो र बखतमै काम सकिने प्रक्रिया।
34227 झाटा ना. १. जाईका छाँटका पात हुने, लहरामा फुल्ने एक प्रकारको सुगन्धी सेतो फूल २. पानीअमला, भुइँअमला।
34228 झाड ना. १. बिजुलीबत्तीहरू बालिने शृङ्गारका लागि बैठककोठामा झुन्ड्याइने काँचको झुलन; बत्तीदानी।
34229 झाड ना. २. ससाना बोटबिरुवाका समुदाय; झाङ।
34230 झाडा ना. कुफतले वा खानेकुरा अपच भएर निस्कने पातलो दिसा पखाला।
34231 झाडाबान्ता / वान्त ना. धेरैपल्ट पातलो दिसा वा पखाला भइरहने रोग; हैजा; छरौटी।
34232 झाडी ना. सानाठुला लहरा र वृक्षले ढाकिएको ठुलो र बाक्लो वन; घना जङ्गल।
34233 झाडु ना. भुईमा जमेका थुपिएका कसिङ्गर, धुलो आदि बढार्ने हाते साधन; कुचो।
34234 झाडुबढारु ना. भुईमा थुप्रिएका कसिङ्गर, धुलो आदि फ्याँक्ने काम झार्ने र बढार्ने काम बढारकुंढार।
34235 झान्नु स.क्रि. घिउतेलमा मेथी, जिरा, ज्वानु आदि फुराएर दाल, अचार आदिमा चरचराउने गरी हाल्नु, कानन गर्नु।
34236 झानिनु क.क्रि. झान्ने काम गरिन्।
34237 झानझुन ना. अचार, तरकारी आदि मान्ने काम; झाइँझुइँ।
34238 झापझुप क्रि.वि. १. बिजुली, आगो, बत्ती आदि सबैतिर एकैबाजि निभ्ने वा निभाउने गरी २ कुनै वस्तुलाई हतारमा छोप्ने वा ढाक्ने गरेर।
34239 झापझुप क्रि.वि. ३. कुनै काम, मेलो आदि झटपट सिद्ध्याउने किसिमले।
34240 झापट / झापड ना. १. गाला आदिमा हत्केलाले जोरसित पिट्ने काम; लबटाको हनाइ; चड्कन; चप्पड।
34241 झापट / झापड ना. २. बेसरी हप्काइने काम; झटाइ; खप्की।
34242 झापन ना. १. डोली, उलिन्काठ आदि सवारीसाधनमाथि ओढाइने वा छोपिने मङ्गलमय रातो कपडा; डालो छोप्ने रङ्गीन च्यादर।
34243 झापन ना. २. चारैतिर सिपी भरेको गुँदबाट बनेको ढकिया।
34244 झापा ना. नेपालको पूर्वाञ्चल विकासक्षेत्रभित्र पर्ने मेची अञ्चलको तराई भागमा स्थित एक जिल्ला।
34245 झापाली वि. झापासम्बन्धी; झापामा बस्ने; झापाको निवासी।
34246 झापु ना. लबटाले हिर्काउने वा पिट्ने काम, झापट, झापड झप्पू।
34247 झापु ना. २. भित्तो पुयाएर वा मुख थुनिने गरी भन्ने काम।
34248 झापो ना. तुलाबाट तौलिएको वस्तु राख्ने भाँडो खाँची।
34249 झाप्री ना. सानोसानो ढकिया; एक प्रकारको बास्केट।
34250 झाब्ला ना. गलामा इँजारघर हालेर तुना बाँध्ने एक किसिमको कुर्या।