Dictionary

All Word

34151 झल्लरी वि. भ्याली बाजा, झ्याम्टा।
34152 झल्लरी छाता ना. विशेष पर्व वा अवसरमा देवता, राजा आदिलाई र विवाह आदिमा वरवधूलाई ओढाइने झल्लर लागेको ठुलो छाता।
34153 झल्लरीमल्लरी वि. १. फाटेर वा पुरानो भएर चिराचिरा भएको; चिल्याचिल्या परी लत्रेको (कपडा)।
34154 झल्लरीमल्लरी वि. २. खूबै सिंगारिएको; झलमल देखिने (प्रायः व्यङ्ग्यार्थमा)।
34155 झल्लिका ना. १. पाउडर, अत्तर, रङ आदि लगाउने नरम कपडा वा रुवाको लुँडो।
34156 झल्लिका ना. २. चहक; चमक।
34157 झल्लिका ना. ३. भ्याउँकिरी।
34158 झल्ली ना. झ्याम्टा; झ्याली बाजा।
34159 झल्लु / झल्लो वि. १. बोली वा बानीबेहोराको ठेगान नभएको; बेकम्मा; लम्फु।
34160 झल्लु / झल्लो वि. २. पतित; च्यु।
34161 झल्लु / झल्लो वि. स्त्री. झल्ली।
34162 झसक ना. वायुविकारले शरीरमा हुने पीडा, शरीर चस्कने वेदना, झस्को, हुप।
34163 झसक्क क्रि.वि. १. बिचबिचमा तर्सने गरी; झस्कने चालसँग।
34164 झसक्क क्रि.वि. २. झस्को पस्ने तरिकाले; चसक्क।
34165 झसङ्ग क्रि.वि. एकाएक मन झस्कने वा तर्सने गरी, झसक्क झस्स।
34166 झसङ्गिनु अ.क्रि. कुनै डरलाग्दो वस्तु देखेर वा आत्तिने कुरा सुनेर।
34167 झसड्ड क्रि.वि. हे. झसङ्ग।
34168 झसङ्गिनु अ.क्रि. झसङ्गिनु।
34169 झसङ्गिनु अ.क्रि. एक्कासि तर्सनु झस्किनु।
34170 झस्कनु अ.क्रि. कुनै डरलाग्दो वस्तु देखेर वा आत्तिने कुरा सुनेर एकाएक डराउनु वा तर्सनु; झसङ हुनु।
34171 झस्कनु अ.क्रि. झस्को पस्नु हुप पस्नु।
34172 झस्काइ ना. झस्कने भाव, क्रिया वा प्रक्रिया।
34173 झस्काइनु क.क्रि. झस्किन लाइनु।
34174 झस्काउनु प्रे. क्रि. झस्किने पार्नु; अपर्झटसँग तर्साउनु।
34175 झस्किनु अ.क्रि. १. एकाएक डराइनु।
34176 झस्किनु अ.क्रि. २. तर्सिनु; झस्कनु।
34177 झस्को ना. कुनै डरलाग्दो प्रसङ्गबाट हुने त्रास चस्को भय।
34178 झस्को ना. २. झल्को सम्झना।
34179 झाँक्नु अ.क्रि. १. लुकेर हेर्नु; चियाउनु।
34180 झाँक्नु अ.क्रि. २. टाढैबाट एक झलक हेर्नु।
34181 झाँक ना. भाले मृग; भाले जरायो।
34182 झाँकर ना. सुकेको रूख वा त्यसैका हाँगाबिंगा।
34183 झाँकी ना. १. विभिन्न सजावट, दृश्य, घटना, लीला आदि प्रदर्शित गरिएका मन्दिर, रथ, खट आदि।
34184 झाँकी ना. २. अल्प समयको दर्शन; झाँक्ने काम; हेराइ।
34185 झाँको ना. १. सिङ; झाँक. २. सेखी; घमन्ड; तुजुक।
34186 झाँको झार्नु टु. सेखी झार्नु; च्याँख तोड्ने गरी छाँस्नु।
34187 झाँक्री वि. १. झाँक्रो फिंजेको झाँक्रे जगल्टे।
34188 झाँक्री वि. ना. २. एक जङ्गली जाति।
34189 झाँक्री ना. तन्त्रमन्त्रको प्रयोग गरी झारफुक गर्ने र रोगीको उपचार गर्ने व्यक्ति धामी।
34190 झाँक्री काउलो ना. झारफुक गर्दा धामीझाँक्रीले हातमा स्याउला लिएर घुम्ने, उफ्रने र भूतप्रेत, बोक्सी आदि झार्न प्रयोग गर्ने एक जातको काउलो।
34191 झाँक्री काठ ना. सानो खालको एक जातको रूख।
34192 झाँक्रे वि. छिरलिएका केश भएको झाँक्रो फिँजेको।
34193 झाँक्रो ना. आइमाईको नकोरी वा नतलासी फिँजारिएको केशराशि, जगल्टा।
34194 झाँक्रो ना. - ना. हे. झाङ।
34195 झाँग ना. हेे. झाङ।
34196 झाँगड ना. नेपालको पूर्वी तराई प्रदेशमा बसोबास गर्ने एक जाति।
34197 झाँगडी ना. झाँगड जाति; झाँगडको भाषा वा बोली।
34198 झाँगड नाच ना. मूलतः झाँगड-जातिमा चलेको सनातनी नाच।
34199 झाँगड नाच ना. (यस नाचमा वैशाखदेखि भदौसम्म 'धुडिया', भदौ असोजमा 'धर्माकर्मा', कात्तिकमा 'जतरा' त्यसपछि फागुनसम्म 'दमक्स खेल' र चैतमा 'फगुवा जात्रा' का नाच हुन्छन्)।
34200 झागलझुगल क्रि.वि. १. मानिसलाई उचाल्दा वा बोक्दा ओल्टोकोल्टो पारेर यताउता हल्लाउँदै; जोल्ने चालले।