Dictionary

All Word

34301 झाले वि. टाटेपाटे; टाटेपाङ्ग्रे; रङ्गीबिरङ्गी।
34302 झालेमाले ना. रातो, सेतो, कालो आदि धेरै रङ भएको; छिरबिरे (गाईबस्तु आदि)।
34303 झास ना. सुकेका झारपातको थुप्रो; झासस।
34304 झासझुस ना. १. झारपातको समूह; आगो बालिने सुकेका पातपतिङ्गर।
34305 झासझुस ना. क्रि.वि. २. तत्कालै बल्ने गरी; तुरुन्तै सिद्धिने किसिमले।
34306 झिँगटी ना. इँट जस्तै पोलिएको, लम्बाइको दुवै छेउमा एकअर्कामा खप्टिनका निम्ति खोल्सोखोल्सो परेको, छाना छाइने, पातलो साधन।
34307 झिँगटीघर ना. झिँगटीले छाइएको घर।
34308 झिँगटीघरे वि. झिँगटीघरमा बस्ने।
34309 झिँगटो ना. झरेर वा बस्तुले घाँसपात खाएर झरेको सिटोमिटो।
34310 झिँगनी / झिँगानु ना. लाम्चा पात, सेता ससाना फूल र हरिया ससाना फल हुने एक वृक्ष; झिँगानु।
34311 झिँगनी / झिँगानु तोरियाँ ना. घिरौंलाजस्तो तर पाटापाटा परेको तोरियाँ, पाटेतोरियाँ।
34312 झिँगल्टो ना. गहत, भटमास, बदाम आदिको जगल्टा; झिँजो।
34313 झिँगाउरो ना. घिरौलाको जालीजस्तो, लाम्चो गुँड गर बने मका जातको विषालु किरो।
34314 झिँगे वि. १. झिँगा भएको वा बसेको; गन्दा।
34315 झिँगे वि. २. झिँगाजस्तो; झिँगाको।
34316 झिँगे वि. झिँगे दाउ ना. पैसा थापेर खेल खेल्दा जसको पैसामा झिँगा बस्छ वा झिँगाले हुन्छ उसैको जित हुने एक खेल।
34317 झिँगे बारुलो ना. झिँगाजस्तो एक जातको बारुलो।
34318 झिँगे माछो ना. गँगटाका जस्ता दुइटा हात, हाठवटा खुट्टा र पारदर्शी कल्ला हुने, एक जातको सानो माछो।
34319 झिँगो ना. प्रायः फोहोरबाट उब्जने, छ खुट्टा र दुइटा पखेटा भएको एक जातको उड्ने किरो, माखो; मक्षिका।
34320 झिँगो ना. झिँगाको सरापले डिंगा मर्दैन ( उखान )।
34321 झिँजा ना. हे. झिँजो।
34322 झिँजाझिँजी ना. सानाठुला धेरै झिँजाको समूह।
34323 झिँजामिजा ना. मसिना छेस्के दाउरा र पातपतिङ्गर।
34324 झिँजिनु अ.क्रि. झिँजो मान्नु है. किंजिनु पनि।
34325 झिँजो ना. काठको सानोतिनो छेस्को, झक्रो।
34326 झिँजो ना. हे. झिँजो (झर्को, झन्झट)।
34327 झिँजोल्नु ना. हे. झिजोल्नु।
34328 झिँजोलाइ ना. झिजोलाइ।
34329 झिँजोलाइनु क.क्रि झिजोलाइनु।
34330 झिँजोलाउनु प्रे. क्रि. झिजोलाउनु।
34331 झिँजोलिनु क.क्रि झिँजोलिनु।
34332 झिँज्याइ ना. १. झिँजिने भाव, क्रिया वा प्रक्रिया; किंज्याहट।
34333 झिँज्याइ ना. [झिँज्याउ + आइ] २ झिँज्याउने भाव, क्रिया वा प्रक्रिया।
34334 झिँज्याइनु क.क्रि. झिँजो लाइनु।
34335 झिँज्याउनु स.क्रि. / प्रे. क्रि. १. झन्झटको काम लाउनु; झिँजो लाउनु।
34336 झिँज्याउनु स.क्रि. / प्रे. क्रि. २. सताउनु; पिरोल्नु।
34337 झिँज्याउनु स.क्रि. / प्रे. क्रि. ३. दिक्क गराउनु।
34338 झिँज्याहट ना. झिँजिने भाव, अवस्था वा क्रिया; किंज्याइ।
34339 झिक्नु स.क्रि. १. राखेको वा रहेको ठाउँबाट निकाल्नु; उभाउनु; लिनु।
34340 झिक्नु स.क्रि. २. उतार्नु; निकास्नु।
34341 झिक्नु स.क्रि. ३. जागिर वा कुनै कामबाट खारेज गर्नु; निकाल्नु।
34342 झिक्नु स.क्रि. ४. कटाउनु; घटाउनु।
34343 झिकाइ ना. झिक्ने वा झिकाउने क्रियाप्रक्रिया।
34344 झिकाइनु क.क्रि. १. ल्याइनु।
34345 झिकाइनु क.क्रि. २. पैठारी गरिनु।
34346 झिकाउनु स.क्रि. १. टाढाका ठाउँबाट मालमत्ता ल्याउनु; पैठारी गर्नु।
34347 झिकाउनु स.क्रि. २. कसैलाई मानिस, चिठी, तार आदिद्वारा डाक्नु वा बोलाउनु।
34348 झिकाउनु स.क्रि. प्रे. क्रि. ३. झिक्न लाउनु; मगाउनु।
34349 झिकिन क.क्रि. राखेको ठाउँबाट लिइनु।
34350 झिकिनु वि. झिकिएको वा खोसिएको; खारिज गरिएको।