Dictionary

All Word

33951 झपक्क क्रि.वि ३ रूखभरि धेरै फलफूल प्पिएर फल्ने वा फुल्ने गर्दै।
33952 झपझप क्रि.वि १. बारबार निद्रा लाग्ने गरी, उङ लाग्ने किसिमले।
33953 झपझप क्रि.वि २. एकएक छिनमा बत्ती निभ्ने गरेर झप्पझप्प।
33954 झपझप क्रि.वि ३. बारबार छोप्ने वा ढाक्ने गरी।
33955 झपझपी / झपझपती क्रि.वि अझै झपझप हुने गरी।
33956 झपना ना. १. छोप्ने वस्तु ढकना।
33957 झपना ना. २. फलफूल आदि हाल्ने टोकरी, एक प्रकारको ढकिया।
33958 झपरी ना. एक जातको धान।
33959 झपार्नु स.क्रि. १. कसैलाई कुनै काम बिगारेमा वा रिस पोख्न चर्को स्वरले गाली गर्नु, हप्काउनु, छाँस्नु झाँट्नु।
33960 झपार्नु स.क्रि. २. धम्की देखाउनु, धम्काउनु।
33961 झपार ना. झपार्ने वा हपार्ने काम, हप्की, खप्की, झपेटो।
33962 झपाराइ ना. झपार्ने भाव, क्रिया वा प्रक्रिया।
33963 झपारिनु क.क्रि. बेसरी हप्काइनु।
33964 झपिया ना. खर वा मुजबाट बनेको, ढक्कन भएको र लुगाफाटा राख्न मिल्ने ढकिया, सानो सुटकेसजस्तो झुन्ड्याउने साधन।
33965 झपेटो ना. हप्की; खप्की झापट।
33966 झपेत्रो ना. १. क्रियापुत्रीले टाउकामा बाँध्ने सेतो रुमाल।
33967 झपेत्रो ना. २. कपाल छोप्ने कपडा।
33968 झप्कनु/झप्किनु अ.क्रि. १. झप्की लाग्नु, उड्नु।
33969 झप्कनु/झप्किनु अ.क्रि. २. लुगा, गहना आदिले रिट हुनु।
33970 झप्कनु/झप्किनु अ.क्रि. ३. फलहरू लटरम्म हुनु।
33971 झप्की ना. एक छिनको निद्रा, थोरै बेर छोप्ने निद्रा, उङ।
33972 झप्के वि. थोरै बेर निदाउने।
33973 झप्को ना. थोरै बेरको निद झप्की।
33974 झप्प क्रि.वि. १. थाहै नपाईकन एक्कासि निद्राले छोप्ने गरी झपक्क।
33975 झप्प क्रि.वि. २. एकाएक बत्ती निभेर, भवाप्प।
33976 झप्प क्रि.वि. ३. लागु पदार्थ आदिले झुमाउने गरी।
33977 झप्पा ना. १. पुराणवाचक पण्डितले वा विवाहमा दुलहाले लगाउने पगरीको दायाँबायाँ शृङ्गारका लागि लट्काइने मणि वा फल आदिका लुक, झुप्पा २. अधिकारीहरूले जड्गी पोसाकका काँधमा जड्ने जरी, बतु आदिका झुप्पा।
33978 झप्पु ना. १. साहो पिटाइ झापट, थप्पड।
33979 झप्पु ना. २. हप्की खप्की, टाइ।
33980 झप्पु ना. ३. तासमा सुरथको एक्का।
33981 झप्पु ना. वि. ४. बडेमाको ठुलो।
33982 झप्री ना. बाक्लो बोक्रा भएको छोटो छोटो र केही मोटो खालको केरा।
33983 झबला ना. टाउकोबाट छिराएर लगाउने र खुट्टासम्म लत्रने एक प्रकारको लुगा, अलखा।
33984 झमक ना. १. बारम्बार दोहोऱ्याइने कामको खेप पल्ट चोटि पटक, फेरा।
33985 झमक ना. २. लमकको पूरक (जस्तो- लमकझमक)।
33986 झमक्क क्रि.वि. घाम डुबेपछि चारैतिर अँध्यारो छाउने गरी साँझ परेपछि नजिकको वस्तु पनि देख्न नसकिने किसिमले चकमन्न।
33987 झमझम क्रि.वि. १. एकैनासले बाक्लो पानी दर्किरहने गरी।
33988 झमझम क्रि.वि. २. वायु वा रक्तविकारले शरीर एक तमाससित दुखिरहेर।
33989 झमझमइ ना. झमझम भइरहने भाव, क्रिया वा प्रक्रिया।
33990 झमझमाउनु अ.क्रि. १. वायु वा रक्तको विकारले शरीरको बाहिरी छालामा एकतमासले दुख्नु, सिस्नु आदिले पोल्दा वा बिजुलीको करेन्ट लाग्दा शरीरमा वेदना हुनु।
33991 झमझमाउनु अ.क्रि. २. धेरै बेरसम्म मझौला वर्षा हुनु, झमझम पानी पर्नु।
33992 झमझमाहट ना. झमझमाउने भाव, स्थिति वा क्रिया।
33993 झमट ना. १. बराबर दोहोरिइरहने क्रियाको एकाइ, पल्ट चोटि पटक, फेरा।
33994 झमट ना. २. वेग, झोक्का।
33995 झमेला ना. १. कुनै फाइदा नभईकन काम वा व्यवहारमा लागिरहनुपर्ने स्थिति २ नचाहिंदो तवरले काममा फसिरहने अवस्था झन्झट, भोज, कम्मार।
33996 झम्कनु अ.क्रि. १. धेरै बेरसम्म एकनास मझौला खालले पानी पर्नु, झमझम पानी पर्नु।
33997 झम्कनु अ.क्रि. २. झल्लर, माला आदि झुन्डिएर सजिएको हुनु।
33998 झम्काइ ना. १. झल्लर, माला आदिको सजावट।
33999 झम्काइ ना. २. गहना, लुगा आदिले सजिसजाउ हुने क्रियाप्रक्रिया।
34000 झम्काइ ना. ३. बाजाहरू खूबसँग बज्ने प्रक्रिया।