Dictionary

All Word

33151 जुल्फी पाल्नु टु. काटछाँट गरी तह लाएर केही लामो पारी कपाल पाल्नु।
33152 जुल्फी रोटी ना. जिलेबी।
33153 जुल्फे वि. जुल्फी भएको, जुल्फी पाल्ने।
33154 जुवा ना. १.गोरु वा राँगा नार्दा दुवैका काँधमा राखेर जोतारुले बाँधिने दुई वा चारवटा सोइला भएको काठ।
33155 जुवा ना. २. तराईतिर हलो जोत्दा वा दाइँ गर्दा गाइने एक प्रकारको गी।
33156 जुवा ना. पैसा बाजी राखेर दुई वा दुईभन्दा धेरै पक्षका बिच हारजित हुने गरी खेलिने खास खास खेल (तास, पासा, कौडा इ.), जुवा।
33157 जुवाइँ ना. १.छोरी, बहिनी वा भतिजीका पति, जामाता।
33158 जुवाइँ ना. २. नातिनी, पनातिनी आदिका पति।
33159 जुवाडी वि. जुवा खेल्ने, जुवाडे।
33160 जुवाडे वि. जुवामा लत बसेको, ज्यादा जुवा खेल्ने, जुवाडी,बाह्रमासे।
33161 जुवारी ना. रसिक स्त्री-पुरुष विशेष गरेर युवक-युवतीले सवाल-जवाफका रूपमा भाका हालेर गाउने शृङ्गारभाव - प्रधान गीत, युगल-प्रेमगी।
33162 जुवारी खेल्नु टु. स्त्री-पुरुष दुई जनाले सवाल जवाफ गरी गीत गाउनु।
33163 जुस ना. १.फलफूल निचोरी निकालिएको रस, झोल।
33164 जुस ना. २. दाल, मासु आदि खाद्य पदार्थमा पानी मिसाई सार रसमा उत्रने बेसरी पकाएर तयार पारिएको रस, झोल।
33165 जुहार ना. १.प्रार्थना, अनुरोध।
33166 जुहार ना. २. देवतासँग मागिने वरदान।
33167 जुहारत/जुहारात ना. रत्न,मणि, जवाहिरात,जुहार।
33168 जुहारी ना. रत्नको व्यापारी वा पारखी, जौहरी।
33169 जुहारी ना. तारबाजाको घोडीको आङ, जिबा, जुआरी।
33170 जुहारी ना. जुवारी,युगलप्रेमगी।
33171 जुही ना. ससाना पात हुने, लाम्चा र मसिना खालका सेता, पहेँला र राता फूल फुल्ने एक जातको लहरो, त्यसैको फूल, जुही।
33172 जूट ना. १.कोरीबाटी नगरेको कपालको गुजुल्टो, जुरो।
33173 जूट ना. २. कपालको चोटी।
33174 जूट ना. ३. सनपाट, जुट।
33175 जूठो ना. हे. जुठो।
33176 जून ना. १.चन्द्रमाको किरण, चन्द्ररश्मि।
33177 जून ना. २. चन्द्रमा।
33178 जून ना. ग्रेगोरी पात्रोअनुसार वर्षको छैटौं महिना, मे र जुलाईमा पर्ने तिस दिने महिना।
33179 जूवा ना. हे. जुवा।
33180 जूही ना. हे. जुही।
33181 जे सर्व. १.अनिश्चित, निर्जीव पदार्थका सट्टामा आउने र दुई वाक्यलाई जोड्ने सम्बन्धी सर्वनाम, जुन।
33182 जे सर्व. (उदा.- जे गर्न मन छ, गर। जे पायो त्यही नखाऊ )।
33183 जे सर्व. वि. २. अनिश्चित, निर्जीव पदार्थका सट्टामा आउने र दुई वाक्यलाई जोड्ने सार्वनामिक विशेषणको एक भेद; सम्बन्धी विशेषण, जुन।
33184 जे सर्व. (उदा.- काम गर्न मन पर्छ, गर )।
33185 जेउडो ना. १.भारी बाँध्ने उनको डोरी।
33186 जेउडो ना. २. कुनै पनि किसिमको डोरो वा डोरी, बन्धन।
33187 जेट ना. ठुलो र विशेष प्रकारको इन्जिनयुक्त तीव्रगामी वायुयान।
33188 जेट विमान ना. जेट।
33189 जेठ ना. १.ज्येष्ठा नक्षत्रयुक्त पूर्णिमा पर्ने महिना, सालको दोस्रो महिना, ज्येष्ठ।
33190 जेठ ना. वि. २. जेठो ( केही समस्त शब्दका आरम्भमा मात्र सीमित, जस्तो- जेठकान्छी, जेठरैती आदि)।
33191 जेठकान्छी ना. मानिस वा प्राणीहरूका बिचको उमेरको घटीबढी, मानिस वा प्राणीहरूका बिचको जन्मकालको अन्तर,जन्मका आधारमा जेठो र कान्छो हुने स्थिति।
33192 जेठबुढो ना. गाउँघरमा सरकारी रकम उठतीपुठती गर्ने द्वारे, मुखियाभन्दा तल्लो तहको सरकारी कर्मचारी (भूमिप्रशासन लागु हुनुअघिको व्यवस्था)।
33193 जेठरैती ना. गाउँघरमा मुखियासरह मानिएको व्यक्ति, बडघर।
33194 जेठाक ना. अंशबन्डा गर्दा जेठोचाहिँ छोराले जेठो भएका नाताले पाउने अंशको विशेष भाग, जेठ्याक।
33195 जेठाजु / जेठाज्यू ना. लोग्नेको दाजु।
33196 जेठान ना. स्वास्नीको दाजु।
33197 जेठान दिदी ना. जेठानकी स्वास्नी।
33198 जेठानी वि. १.जेठानसम्बन्धी (तुल. जेठानी दिदी = जेठानदिदी )।
33199 जेठानी वि. २. जेठाजुकी पत्नी, पोइका दाजुकी पत्नी।
33200 जेठाबा/ जेठाबाबु ना. जेठो बाबु, बडाबा।