Dictionary

All Word

31851 जलयुद्ध ना. नदी वा समुद्रमा गरिने लडाइँ, जहाजी लडाइँ।
31852 जलयोग ना. प्राण जाने बेलामा तल्लो अङ्गबाट प्राण नजाओस् भनी कम्मरसम्म पानीमा डुबाउने काम, अर्धजल।
31853 जलराक्षसी ना. रामायणप्रसिद्ध, क्षारसमुद्रमा रहने एक राक्षसी।
31854 जलराशि ना. १.पानीको अथाह राशि, जलको समूह।
31855 जलराशि ना. २. सागर, समुद्र।
31856 जलराशि ना. ३. सरोवर, तलाउ।
31857 जलवायु ना. कुनै पनि स्थानको प्राकृतिक वा वातावरणिक स्थिति, हावापानी।
31858 जलवाष्प ना. पानीबाट बन्ने बाफ, जलीय वाष्प।
31859 जलविज्ञान ना. पानीसम्बन्धी विभिन्न तत्त्व र शक्ति आदिको अध्ययन गरिने शास्त्र।
31860 जलविज्ञान आयोग ना. जलविज्ञानसम्बन्धी अध्ययनअनुसन्धान आदि कार्य गर्ने साधिकार समिति वा अङ्ग।
31861 जलविनायक ना. काठमाडौँदेखि दुई माइल दक्षिणमा पर्ने चोभारमा रहेका गणेश, चार विनायकमध्ये एक।
31862 जलवियोजन ना. झाडाबान्ता आदिबाट शरीरको पानी बाहिर निस्कँदै जानाले शरीरलाई आवश्यक पर्ने पानीको मात्रा कम हुने स्थिति।
31863 जलविभाजक ना. दुईतिरका नदीलाई छुट्ट्याउने बिचको अग्लो भूमि, दुई भँगालाका बिचमा रहेको भूभाग।
31864 जलविहार ना. नदी, तलाउ र समुद्रमा जहाज, डुङ्गा आदिद्वारा गरिने सैर वा यात्रा, जलयात्रा।
31865 जलशक्ति ना. पानीबाट प्राप्त हुने विद्युत् आदि शक्ति।
31866 जलशायी ना. जलमा शयन गर्ने देवता, विष्णु।
31867 जलसंयोजक ना. दुइटा ठुला समुद्र वा सागरलाई जोड्ने साँघुरो ठाउँ, जल- डमरुमध्य।
31868 जलसंयोजन ना. कुनै कारणबाट शरीरमा कमी भएको पानी पूरा गर्न वैज्ञानिक प्रविधिद्वारा पानी प्रवेश गराउने क्रिया, पुनर्जलीय उपचार।
31869 जलसंरक्षण ना. त्यसै खेर गइरहेको पानिलाई उपयोगमा ल्याउने काम विद्युत् उत्पादन, सिँचाइ आदिका निम्ति गरिने पानीको संरक्षण।
31870 जलसंस्कार ना. १.नुहाउने काम, नुहाइ, स्नान।
31871 जलसंस्कार ना. २. मुर्दालाई पानीमा बगाई गरिने अन्तिम क्रिया वा संस्कार, शवको जलप्रवाह, जलसमाधि।
31872 जलसतह ना. पानीको तह बराबर भएको ठाउँ, पानीको नापोले सतह छुने गरी ठिक पारिएको ठाउँ वा वस्तु।
31873 जलसमाधि ना. १.आफ्नै इच्छाले पानीमा डुबेर मर्ने काम, पानीमा डुबेर गरिने प्राणत्याग।
31874 जलसमाधि ना. २. कुनै वस्तु पानीमा डुब्ने वा डुबाइने काम।
31875 जलसा ना. १.गानबजान आदिको आयोजना गरेर मनाइने रमाइलो समारोह, जल्सा।
31876 जलसा ना. २. सभा, समिति।
31877 जलसा ना. ३. कुनै विशिष्ट अवसरको अधिवेशन।
31878 जलसिमाली ना. पानीमन्तिर ढुङ्गा आदिमा पलाउने हरियो झ्याउ, सिमाली।
31879 जलसेक ना. १.पवित्र पार्ने वा शान्तिस्वस्ति गर्ने उद्देश्यले गरिने अभिषेक, जलसेचन।
31880 जलसेक ना. २. पानीद्वारा गरिने सिँचाइ, बोटबिरुवा आदिमा पानी छर्कने काम।
31881 जलसेना ना. युद्धपोत, जहाज, डुङ्गा आदि यानमा बसेर समुद्रमा युद्ध गर्ने सेना, सामुद्रिक सेना, समुद्री फौज।
31882 जल सेनापति ना. जलसेनाका सर्वोच्च अधिकृत, नौसेनाका प्रमुख।
31883 जलस्रोत ना. कुनै पनि नदी, तलाउ आदिको मूलबाट बग्ने पानीको धारा, पानीको प्रवाह।
31884 जलहरी ना. शिवलिङ्गमाथि पानीको धारा चुहाउने पिँधमा छिद्र भएको तामाको पात्र, जलधारा।
31885 जलहस्ती / जलहात्ती ना. दक्षिण महासागरमा हुने कालो रङको हात्तीजस्तो प्राणी,पानीहात्ती।
31886 जलाइ ना. १.जल्ने भाव, क्रिया वा प्रक्रिया।
31887 जलाइ ना. [जलाउ+आइ] ना. २. जलाउने भाव, क्रिया वा प्रक्रिया।
31888 जलाइनु क.क्रि. जलाउने काम गरिनु, सल्काइनु।
31889 जलाउनु स.क्रि. १.नष्ट गर्ने उद्देश्यले कागतपत्र, कपडा आदि सल्काउनु, डढाउनु।
31890 जलाउनु स.क्रि. २. खाक पार्नका निम्ति मुर्दा आदि पोल्नु।
31891 जलाउनु स.क्रि. ३. दुःख लाग्ने कुरा वा व्यवहार गरेर अरूको मन दुखाउनु।
31892 जलाउनु स.क्रि. ४. कुनै मङ्गलकार्यको प्रारम्भ गर्दा वा पूजाआजाका बेलामा दियो, बत्ती आदि बाल्नु वा सल्काउनु।
31893 जलाजु वि. जुनसुकै कामकुरो गर्ने कि नगर्ने भन्ने आँट वा हिम्मत नभएको (व्यक्ति)।
31894 जलाञ्जलि ना. १.देवतालाई चढाइने वा पितृहरूलाई अर्पिने जल तर्पण।
31895 जलाञ्जलि ना. २. एक अँजुली जल, अँजुलीभर पानी।
31896 जलातङ्क ना. बौलाहा कुकुर, स्याल आदिले टोक्ता हुने र पानी देख्नासाथ डरले आत्तिने, तर्सिने एक प्रकारको रोग।
31897 जलाताल वि. सबैतिर पानी भरिएको, पानी जमेर ताल बनेको, जलाम्मे, जलमग्न, जलमय।
31898 जलाधार ना. जलाशय, तलाउ।
31899 जलाधिप ना. जलदेवता, वरुण।
31900 जलाम्मे वि. सबैतिर पानीपानी भएको, जलाताल।