Dictionary

All Word

31801 जलद्रव्य ना. पानीमा पैदा हुने मोती, मुगा, शङ्ख आदि अमूल्य वस्तु, सामुद्रिक मूल्यवान् पदार्।
31802 जलधर वि. १.पानी धारण गर्न सक्ने, जलधारण गर्ने।
31803 जलधर वि. ना. २. मेघ, बादल।
31804 जलधर वि. ३. समुद्र।
31805 जलधरमाला ना. मगण, भगण, सगण, मगण भएको र चार अक्षरमा यति हुने एक छन्द।
31806 जलधारा ना. रुद्रार्चन गर्दा शिवजीलाई निरन्तर स्नान गराउन पानीको धारा खसालिने, प्वाल भएको जलपात्र, जलधारी।
31807 जलधारी ना. जलधारा, जलहरी।
31808 जलधि ना. समुद्र।
31809 जलधेनु ना. पुराणअनुसार दान गर्नाका लागि जलको पूर्ण कुम्भमा कल्पना गरिने गाई।
31810 जलन ना. १.पोल्ने वा डहने स्थिति टट्टाउने अवस्था।
31811 जलन ना. २. शारीरिक वा मानसिक डाह, असह्य ताप।
31812 जलन ना. ३. ईर्ष्या, डाह।
31813 जलनफलन वि. खाँदाखेरि धेरै तातो हुने, पोल्ने खालको तातो (भात, दाल आदि खानेकुरा)।
31814 जलनशील वि. जल्ने वा पोल्ने गुण भएको।
31815 जलनिधि ना. १.समुद्र, महासागर।
31816 जलनिधि ना. २. ज्योतिषमा चार अङ्कको सूचक शब्द।
31817 जलप ना. १.कुनै धातु आदिमा लगाइने अर्को धातुको पगालिएको पातलो लेप, मोलम्बा।
31818 जलप ना. २. साह्रै पातलो धातु।
31819 जलपक्षी ना. नदी, तलाउ आदिका किनारमा बसेर माछा आदि जलजन्तुको आहार गर्ने पक्षी, चरो, पानिचरो (हाँस, चखेवा, बकुल्ला आदि।
31820 जलपथ ना. १.समुद्र, नदी, ताल आदिमा जहाज, डुङ्गा आदि चलाउने निर्धारित मार्ग, जलमार्ग।
31821 जलपथ ना. २. पानीको निकास, नहर, कुलो।
31822 जलपात्र ना. पानी हाल्ने वा पानी खाने काममा प्रयोग गरिने भाँडो, जलदानी, पानीको भाँडो।
31823 जलपान ना. भोजन गर्नुभन्दा पहिले वा कुनै भेला आदिमा खाइने हलुका खानेकुरो,चमेना, जलखाई।
31824 जल पारावत ना. जलकपोत, पानीपरेवा।
31825 जलपिप्ला ना. काँडावाल लाम्चिला पात हुने र पिप्लाका जस्तै फल फल्ने, सिमसार जमिनमा उम्रने एक जातको लहरो वा सोही लहराको फल।
31826 जलपिशाच ना. पानीमा डुबेर वा बगेर मरेका कारणले उत्पन्न हुने भन्ने लोकविश्वास भएको तथाकथित भूतप्रेत, जलप्रे।
31827 जलपुष्प ना. पानीमा उम्रने कमल आदिको फूल।
31828 जलप्रपात ना. कुनै उच्च स्थानबाट खसेको पानीको धारो, जलफाल, प्राकृतिक झरना, छहरो।
31829 जलप्रलय ना. सम्पूर्ण पृथ्वी पानीमा डुबेर बिलाउने अवस्था, प्रलयकालमा पृथ्वी जलाम्मे हुने स्थिति।
31830 जलप्रवाह ना. १.वेगले बगेका पानीको धारो, पानीको बहाइ।
31831 जलप्रवाह ना. २. शव वा अन्य कुनै वस्तु पानीमा बगाउने काम।
31832 जलप्राणी ना. जलजन्तु, जलचर।
31833 जलप्राय: वि. १.नदी, ताल आदि धेरै भएको पानी धेरै हुने।
31834 जलप्राय: वि. ना. २. त्यस्तो भूभाग वा स्थान।
31835 जलफाल ना. अग्लो ठाउँबाट खसेको जलप्रवाह, छाँगो, छहरो, झरना, जलप्रपा।
31836 जलबन्ध ना. पानी रोक्ने वा छेक्ने बाँध, तटबन्ध।
31837 जलबिन्दु ना. आँखाका कोसभित्र चाप बढेर आँखा हेर्न नहुने रोग, मोतिबिन्दु, मोतियाबिन्दु।
31838 जलबुद्बुद ना. पानी बग्दा वा अन्य कुनै कारणबाट उठ्ने फोको, पानीको फोको।
31839 जलमग्न वि. पानीले चुर्लुम्म डुबेको, जलामय भएको, जलाम्मे।
31840 जलमण्डल ना. पृथ्वीमा रहेको सम्पूर्ण पानीको भाग।
31841 जलमय वि. सबैतिर पानीपानी भएको, चारैतिर पानीले ढाकिएको जलाम्मे।
31842 जलमार्ग ना. १.जहाज, डुङ्गा आदि हिँड्ने बाटो, समुद्री मार्ग, जलप।
31843 जलमार्ग ना. २. पानी, ढल आदिको निकास, नाली, डुँड।
31844 जलमार्ग ना. ३. नहर, कुलो।
31845 जलयन्त्र ना. १.इनार, कुवा आदिको पानी तान्ने वा झक्ने यन्त्र।
31846 जलयन्त्र ना. २. पानीघडी।
31847 जल यातायात ना. जलपथ, जलमार्ग।
31848 जलयात्रा ना. ठुलठुला नदी, समुद्र आदिमा जहाज, डुङ्गा आदिबाट गरिने यात्रा।
31849 जलयात्री ना. जलयात्रा गर्ने व्यक्ति।
31850 जलयान ना. नदी, समुद्र आदिमा हिँड्ने सवारी साधन (पानीजहाज, डुङ्गा, नाउ आदि)।