Dictionary

All Word

31701 जर्जरित वि. २. थोत्र्याइएको; पुरानो।
31702 जर्तिल ना. जङ्गली तिल, वनतिल,सिसितिल।
31703 जर्ती ना. १.अन्नपातहरू सुकेर, उडेर, छरिएर नष्ट भएको अंश, खेर जाने भाग, जर्ता।
31704 जर्ती ना. २. बर्सादको कमी, खडेरी,सुक्खा।
31705 जर्ती ना. ३. शरीरमा गर्मी बढेर हुने जलन, गर्मीको व्यथा।
31706 जर्ती ना. ४. सुनचाँदीका गहना बनाउँदा घट्न गएको अंश।
31707 जर्दा ना. पान आदिमा हालेर खान तयार पारिएको सुगन्धि सुर्ती, जरदा।
31708 जर्नल ना. कुनै आधिकारिक सङ्घसंस्थाद्वारा विभिन्न विषयका एवं अनुसन्धानमूलक लेखहरूको सङ्कलन गरी प्रकाशित गरिएको पत्रिका।
31709 जर्नेल ना. सैनिक सेवामा अतिरथी वा प्रधान सेनापतिभन्दा तल्लो दर्जाको उच्च अधिकृत, जनरल।
31710 जर्नेली वि. जर्नेलको, जर्नेलसम्बन्धी,जर्नेलका ढाँचाको ( धाक,रबाफ, खान्की आदि)।
31711 जर्फर क्रि.वि. १.जमजमाउन खोजेर, जुरमुराउने चालसँग, चलमलाउँदै।
31712 जर्फर क्रि.वि. ना. २. त्यस्तो चाल वा प्रयास।
31713 जर्फराइ जर्फराउने भाव, क्रिया वा प्रक्रिया।
31714 जर्फराइनु क.क्रि. जर्फऱ्याउने काम गरिनु।
31715 जर्फराउनु अ.क्रि. जर्फर गर्ने हुनु, जुर्मुराउनु, चलमलाउनु।
31716 जर्फरिनु अ.क्रि. १.जर्फराउने होइनु।
31717 जर्फरिनु अ.क्रि. २. दर्फरिनु।
31718 जर्बुटो ना. १.औषधीमा काम लाग्ने जरोसहितको बुटो, जरीबुटी।
31719 जर्बुटो ना. २. जराहरूसहितको बाँसको फेद।
31720 जर्बुटो ना. ३. कानको फेद, कन्सिरी पलाउने ठाउँ।
31721 जर्मन वि. १.जर्मनी देशको बासिन्दा, जर्मनीको, जर्मनीसम्बन्धी।
31722 जर्मन वि. ना. २. जर्मनीको भाषा, संस्कृति वा जाति।
31723 जर्मन सिलेबर / सिल्बर ना. जर्मनी प्रविधिअनुसार जस्ता, तामा र निकलको मिश्रणबाट बनेको सेतो रङको भाँडाकुँडा बनाउने प्रसिद्ध धातु।
31724 जर्मनी ना. मध्य युरोपमा रहेको एक प्रसिद्ध देश।
31725 जर्मनी फूल ना. छरपट्ट परेका बाटुला पात हुने, राता, पहेँला आदि विभिन्न रङका फूल फुल्ने, प्रायः गमलामा लगाइने वा सजाइने फूलको एक जा।
31726 जर्मराइ ना. जर्मराउने भाव, क्रिया वा प्रक्रिया।
31727 जर्मराइनु अ.क्रि. जर्मराउने चेष्टा गरिनु।
31728 जर्मराउनु अ.क्रि. १.झटपटसँग उठ्ने प्रयास गर्नु, जुर्मुराउनु, जर्फराउनु।
31729 जर्मराउनु अ.क्रि. २. चलबलाउनु, चलमलाउनु।
31730 जर्मराउनु अ.क्रि. ३. रोमाञ्चित हुनु, पुलकित बन्नु।
31731 जऱ्याकजुरुक क्रि.वि. बसिरहेका सबै कुनै प्रकारको झस्का, सङ्केत आदि कारणले एकैसाथ उठ्ने गरी,जुरुकजुरुक गरेर।
31732 जऱ्याकमऱ्याक ना. शरीरका सबै अङ्ग चल्ने र बल पर्ने गरी ओर्कनेफर्कने काम, अङ्गहरू चाँडोचाँडो सञ्चालन गर्ने काम।
31733 जऱ्याक्क क्रि.वि. एकै चोटि उठ्ने गरी, जुरुक्कसि।
31734 जऱ्याङजुरुङ ना. १.ज्वरो आउँदा शरीरका आङअठिङ्गरहरूमा हुने वेदना, सर्दी वा ज्वरको प्रभावले शरीरका जोर्नीहरूमा हुने पीडा।
31735 जऱ्याङजुरुङ ना. क्रि.वि. २. त्यस्तो वेदना वा पीडा हुनेगरी।
31736 जऱ्याङमऱ्याङ ना. १.शरीरमा पीडा नपर्ने खालको साधारण परिश्रम, हल्का किसिमको मिहिने।
31737 जऱ्याङमऱ्याङ ना. क्रि.वि. २. त्यस्तो किसिमको परिश्रम वा मेहनत हुने गरी।
31738 जर्रिनु अ.क्रि. १.कुनै चिज सुकेर वा छिप्पिएर अररो हुनु, जर्रो बन्नु, जरट्ठ पर्नु, ठर्रिनु।
31739 जर्रिनु अ.क्रि. २. रिसले च्याँट्ठिनु, जर्किनु, जरक्क पर्नु।
31740 जर्रो वि. १.कुनै वस्तु सुकेर वा छिप्पिएर अरट्ठ परेको, जर्खरिएको, कडा ठर्रो।
31741 जर्रो वि. २. जिराहा, अटेर।
31742 जऱ्याई ना. जर्रिने क्रिया वा प्रक्रिया।
31743 जऱ्याइनु क.क्रि. जर्रो पारिनु।
31744 जऱ्याउनु प्रे. क्रि. अररो तुल्याउनु, जर्रो पार्नु।
31745 जर्सी ना. १.ऊनबाट बनेको कपडाविशेष।
31746 जर्सी ना. २. खेलाडीले खेल खेल्दा लगाउने पोसाक, ज्याकेट।
31747 जर्सी गाई ना. गाईका विभिन्न जातमध्ये लामो आङ, लामै गर्दन हुने जुरो नहुने र अगाडि नुहेको देखिने, विशेष खालको दुधालु गाई, विकासे गाई।
31748 जल्नु अ.क्रि. १.कुनै वस्तु आगोले टिपेर सल्कनु डढ्नु, बल्नु।
31749 जल्नु अ.क्रि. २. कसैप्रति मनमा रिसइबी रहनु, अर्काको उन्नति सहन नसकेर डाह हुनु, असह्य हुनु।
31750 जल्नु अ.क्रि. ३. घाउखटिरा आदिमा पीडा हुनु, डहनु।