Dictionary

All Word

31551 जम्ल्याहा वि. एकै कोखबाट एकै समयको गर्भवासद्वारा जन्मिएको, एकै साथ जन्मेको।
31552 जय ना. १. कुनै परिश्रम, अभियान वा तपस्याको सफल परिणाम, विजय, सफलता।
31553 जय ना. २. कल्याण, शुभमङ्गल।
31554 जय ना. 3. इन्द्रिय वा कुनै पनि अन्य अवस्था वा स्थितिमाथिको जित वा नियन्त्रण, निग्रह।
31555 जय ना. ४. साठी संवत्सरमध्ये एक।
31556 जय ना. ५. वैकुण्ठका चार द्वारमध्ये पूर्वद्वारमा रहने दुई द्वारपाल जय र विजयमध्ये जयचाहिँ।
31557 जय ना. वि.बो. ६. जितेको खुसीमा मुखबाट सामूहिक रूपले निकालिने हर्षित ध्वनि।
31558 जयकार ना. १. विजयोल्लासमा वा कुनै देवदेवीका मङ्गलगानमा उच्चारण गरिने जयघोष।
31559 जयकार ना. २. कसैको प्रशंसा, स्तुति।
31560 जयघोष ना. जयकार।
31561 जयजय वि.बो. जितेको खुसीमा निकालिने ध्वनि, जय।
31562 जय दुन्दुभि ना. १. कुनै द्वन्द्व, झगडा वा लडाइँमा जित भएको खुसीयालीमा बजाइने नगरा, विजयका बाजा, जयबाजा आदि।
31563 जय दुन्दुभि ना. २. तिनै बाजाको शब्द।
31564 जयदेव ना. १. नेपालका लिच्छविवंशीय एक राजा।
31565 जयदेव ना. २. 'गीतगोविन्द' काव्यका रचयिता बङ्गालका कवि।
31566 जयद्रथ ना. महाभारतअनुसार सिन्धु देशका एक राजा, दुर्योधनका बैनीज्वाइँ, महाभारतका एक प्रसिद्ध पात्र।
31567 जयध्वज ना. युद्ध आदिको विजयपछिको चिह्न वा सङ्केतपताका, विजयको झन्डा, विजयपताका।
31568 जयध्वनि ना. जयघोष, जयगान, जयकार।
31569 जय नेपाल वि.बो. २००७ सालको क्रान्तिछेक र त्यसपछि विशेष रूपमा चल्दै आएको, खास गरी राष्ट्रवादी नेपाली समाज र प्रहरी समाजमा प्रचलित, भेटघाट र बिदाइका बेला शिष्टाचारपूर्ण अभिवादनका रूपमा प्रकट गरिने वा भाषण, प्रवचन आदिको अन्तमा अभिवादन जनाउन देशप्रेमको द्योतन गर्ने एक शब्द।
31570 जयन्त ना. १. इन्द्रको छोरो, इन्द्रपुत्र।
31571 जयन्त ना. २. शिव।
31572 जयन्त ना. ३. विष्णु।
31573 जयन्त ना. वि. ४. जय प्राप्त गर्ने, विजयी।
31574 जयन्तिका / जयन्ती ना. १. कुनै व्यक्ति वा सङ्घसंस्थाको जन्मदिन, सो दिन मनाइने उत्सव, जम्को।
31575 जयन्तिका / जयन्ती ना. २. बज्रदन्ती वृक्ष।
31576 जयन्तिका / जयन्ती ना. ३. मसिना हरिया पात र राता सेता फूल फुल्ने, मकै आदिका बोटमा लाग्ने लहरो लक्ष्मीफूल।
31577 जयपत्र ना. १. प्राचीन कालमा कुनै दुई देशको युद्ध हुँदा हार्ने पक्षका राजा वा उच्च शासकले जित्ने पक्षलाई आफ्नो हार स्वीकार गरी लेखिदिएको पत्र,पराजित पक्षले लेखिदिने जितापत्र।
31578 जयपत्र ना. २. अश्वमेधका घोडाका टाउकामा टाँसिने पत्र, विजयपत्र।
31579 जयपत्र ना. ३. अदालतद्वारा दिइएको जितबाजीको फैसला, जितापत्र।
31580 जयपत्री ना. हे.जाइपत्री।
31581 जय पराजय ना. परस्परको युद्ध वा सङ्घर्षको जित र हार, हारजित, जितहार।
31582 जयपाल ना. जमालगोटा, अजयपाल।
31583 जयप्रकाश मल्ल ना. नेपालको एकीकरणपूर्वको कान्तिपुर राज्यका अन्तिम मल्ल राजा।
31584 जयमाला / जयमाल्य ना. १. युद्ध वा अभियानमा सफलता प्राप्त गर्नेलाई लगाइदिने माला, विजयमाला।
31585 जयमाला / जयमाल्य ना. २. स्वयंवर गर्दा कन्याले केटालाई लगाउने वरमाला।
31586 जयलक्ष्मी ना. सनातनी परम्पराअनुसार युद्धकी अधिष्ठात्री देवी, विजयश्री, जयश्री।
31587 जयलेख ना. १. विजयको इतिहास पछिसम्म रहोस् भन्ने उद्देश्यले तिथि, मिति, घटना, प्रसङ्ग आदि उल्लेख गरी शिला, काष्ठ, ताम्र आदिमा अङ्कित गरिएको लेख, विजय अभिलेख।
31588 जयलेख ना. २. जयपत्र।
31589 जयश्री ना. विजयकी प्रतीक देवी, जयलक्ष्मी।
31590 जयस्तम्भ ना. कुनै देशको भूभागमा विजय प्राप्त गरेपछि त्यसको स्मृतिस्वरूप स्थापित गरिने कीर्तिमान, विजयस्तम्भ।
31591 जया ना. १. पार्वती, दुर्गा।
31592 जया ना. २. ध्वजा, पताका।
31593 जया ना. ३. हरियो दुबो।
31594 जया ना. ४. वज्रदन्ती वृक्ष।
31595 जया ना. वि. ५. विजय गराउने, जयी।
31596 जयी वि. विजय हासिल गर्ने, जय प्राप्त गरेको, जित्ने।
31597 जयोल्लास ना. १. विजय प्राप्त गर्दा पैदा हुने वा मनाइने खुसीयाली, जितबाजीबाट हुने रमाइलो।
31598 जयोल्लास ना. २. विजयको प्रसन्नता,जयजयकार, जयघोष।
31599 जर वि. १.वृद्ध, बुढो।
31600 जर वि. २. पुरानो जीर्ण।