Dictionary

All Word

31501 जमुना ना. ३. हठयोगीहरूले षट्चक्रको अभ्यास गर्दा प्रयोग गर्ने बायाँ नाडी।
31502 जमोट ना. इनारको पर्खाल वा डिल नभासियोस् भनी बिचमा खाली र फराकिलो पारी जगमा पहिले नै राखिने काठ, फलाम आदिको इनारभरिको चक्का।
31503 जमोठ ना. हे.जमठ।
31504 जम्कनु अ.क्रि. १. तत्पर हुनु, सुरिनु, आँटिलो हुनु, जाइलाग्नु।
31505 जम्कनु अ.क्रि. २. बिहा आदिमा बेसरी बाजा बज्नु।
31506 जम्कनु अ.क्रि. ३. ठाँटिलो हुनु।
31507 जम्काइ ना. जम्कने तथा जम्काउने गुण, क्रिया वा भाव।
31508 जम्काउनु प्रे.क्रि. जम्कने पार्नु।
31509 जम्काहट ना. जम्काइ।
31510 जम्का ना. हे.जम्को।
31511 जम्काभेट ना. अकस्मात् वा झ्वास्स भएको भेट, एकाएक भएको मुखामुखी।
31512 जम्किनु अ.क्रि. १. जम्किने होइनु, झल्किनु।
31513 जम्किनु अ.क्रि. २. जम्कनु।
31514 जम्को ना. १. कुनै काम गर्नुपर्दा अरू व्यस्तता र बाध्यताबाट मौका मिलाउन गरिने प्रयास, अवसर लिने प्रयास,जमर्को।
31515 जम्को ना. २. तत्परता।
31516 जम्क्याइ ना. जम्किने क्रिया वा किसिम।
31517 जम्क्याइनु क.क्रि. जम्किने पारिनु।
31518 जम्क्याउनु प्रे. क्रि. जम्किने पार्नु, जम्किन लगाउनु।
31519 जम्क्याहट ना. जम्किने स्वभाव, क्रिया वा भाव।
31520 जम्ने वि. १. तरल पदार्थ बाक्लो हुने।
31521 जम्ने वि. २. दुध दही भए झैँ हुने।
31522 जम्ने बिन्दु ना. तापक्रम घटेर पानी हिउँमा परिणत हुने अवस्था।
31523 जम्पर ना. दौडमा भाग लिने केटीहरूले लगाउने खुकुलो पोसाक, नारीदौडको पोसाक।
31524 जम्बाल ना. १. हिलो।
31525 जम्बाल ना. २. पानी, मैला आदि जमेर परेको कई लेउ।
31526 जम्बाल ना. ३. झ्याउ।
31527 जम्बालिनी वि. १. झ्याउ वा काई जन्माउने तत्त्व भएको।
31528 जम्बालिनी वि. ना. २. नदी, तलाउ।
31529 जम्बु ना. १. जामुनाका जस्तै तर अलिक ठुला पात हुने, जामुनाकै जस्ता फल फल्ने र वैशाख महिनातिर पाक्ने, खाँदा गुलियो स्वाद हुने एक जातको वनस्पति, फँडिर।
31530 जम्बु ना. २. स्याल।
31531 जम्बु ना. वि. ३. बाठो, चम्बू।
31532 जम्बुखण्ड / द्वीप ना. पुराणको भौगोलिक अवस्थितिअनुसार पृथ्वीका सात द्वीपमध्ये सबभन्दा सानो र केन्द्रमा पर्ने द्वीप।
31533 जम्बु मन्त्री ना. १. स्याल।
31534 जम्बु मन्त्री ना. वि. २. खुब चलाख, धूर्त, चतुरो।
31535 जम्बू ना. हे.जम्बु।
31536 जम्मा वि. १. एकत्र भएको, बटुलिएको, एकत्रि।
31537 जम्मा वि. ना. २. बटुल्ने, जम्मा पार्ने, भेला गर्ने काम।
31538 जम्मा वि. ३. विभिन्न समूह वा ठाउँमा रहेका वस्तु वा सङ्ख्यालाई जोड्ने काम भेला पार्ने काम।
31539 जम्मा वि. क्रि.वि. ४. भएभर, भएजति।
31540 जम्मा खर्च ना. १. अमानतमा कामकाज गरेका मानिसले दाखिल गरेका प्रमाण, बिल, आबर्जे, फाराम, ढपोट, वासिलबाँकी आदि दाखिल भएपछि सन्तान दरसन्तानलाई पक्राउ नगर्ने गरी बाँकी शून्य गरी अमानतीलाई फारख बही बुझ्नेबाट गरिदिने कागज।
31541 जम्मा खर्च ना. २. सबै आयव्ययको पूरापूर जोड।
31542 जम्मा खर्च ना. ३ आयव्यय दुरुस्त देखिने फाँटवारी।
31543 जम्माजम्मी ना. १. सम्पूर्ण सङ्ख्याको कुल जोड, पूरा जम्मा।
31544 जम्माजम्मी ना. क्रि.वि. २. पूरापूरी।
31545 जम्मा जाल ना. १. परिवारमा भएका सबै जना, एक परिवारभित्रका जाहान, जनीजा।
31546 जम्मा जाल ना. २. पारिवारिक जन्जाल, पारिवारिक बालबच्चा।
31547 जम्मा दायित्व ना. पुँजीको अधिकतम सीमा वहन गर्न सक्ने पूँजीगत दायित्व।
31548 जम्मा मारा वि. केही निहुँ पारेर अर्काको सम्पत्ति खाइदिने, साउँव्याज सबै पच गर्ने।
31549 जम्रो ना. हे. जुम्रो।
31550 जम्लाहात ना. देवताप्रति भक्ति र मान्य जनप्रति निवेदन गर्दा वा बिन्ती बिसाउँदा दसै औँला जोडेर गरिने प्रणाम,ढोग करजोरी बिन्ती।