Dictionary

All Word

31351 जन्मदिन ना. ४. जन्मजयन्ती; जन्मोत्सव।
31352 जन्मदिवस ना. १. जन्मदिन।
31353 जन्मदिवस ना. २. जन्मोत्सव।
31354 जन्मनक्षत्र ना. जन्मेका समयमा परेको नक्षत्र; जन्मदिनको नक्षत्र; जुन नक्षत्रमा जन्म भएको छ त्यही नक्षत्र।
31355 जन्मना क्रि.वि. जन्मले; जन्मदेखि; जन्मका हिसाबले वा दृष्टिले; जन्मतः।
31356 जन्मनिरोध ना. जन्मनियन्त्रण गरिने विभिन्न उपाय; सन्ततिनिरोध; गर्भनिरोध।
31357 जन्मनु अ.क्रि. १. आमाका गर्भभित्रको भ्रूण गर्भमास पूरा भएपछि पैदा हुनु; चोला लिनु; जन्मिनु; जन्म हुनु।
31358 जन्मनु अ.क्रि. २. उत्पन्न हुनु; पैदा हुनु।
31359 जन्मनु अ.क्रि. ३. खडा हुनु; समस्या आइपर्नु।
31360 जन्मनु मर्नु अ.क्रि. जन्मनु र मर्नु; त्यस्तो क्रम चल्नु।
31361 जन्मपत्र / जन्मपत्रिका / जन्मपत्री ना. जन्मसमयको लग्न पत्ता लगाई ग्रहहरूको अवस्थिति कहाँकहाँ छ सो स्थान स्पष्ट जनाउन तयार गरिएको कुण्डली; जन्मपत्र; जन्मकुण्डली; चिना; टिपन।
31362 जन्मभूमि ना. १. जन्मेको ठाउँ; जन्मस्थान;जन्मथलो।
31363 जन्मभूमि ना. २. जन्मेको देश।
31364 जन्मभूमि ना. ३. आफ्ना पुर्खाहरूले बसोबास गरेको देश।
31365 जन्मराशि ना. चान्द्रमासअनुसार बाह्रवटा राशिहरूमध्ये जन्म भएका बेलाको राशि।
31366 जन्मरोगी वि. जन्मैदेखि रोग लिएर आएको; जन्मँदै रोगी जन्मेको; जन्मभरको रोगी; आजन्म रुग्ण; गर्भे रोगी।
31367 जन्मलग्न ना. जन्मँदाखेरि परेको लग्न; बाह्र लग्नमध्ये जन्मँदा परेको लग्न।
31368 जन्मवार ना. जन्मेका दिन परेको वार; जन्मेको वार।
31369 जन्मवृत्तान्त ना. १. जन्म भएका बेलाको यथावत् विवरण; जन्मभरका यावत् कुराकानी; इतिवृत्त; जीवनका आद्योपान्त घटनाको वर्णन।
31370 जन्मवृत्तान्त ना. २. जीवनी; गाथा; चरि।
31371 जन्मसिद्ध वि. जन्मका साथै पाएको; जन्म पाउँदा नै प्राप्त हुने; जन्मबाटै सिद्ध भएको; जन्मजात (उदा.- जन्मसिद्ध अधिकार, जन्मसिद्ध नागरिक इ.)।
31372 जन्मस्थान ना. जन्मेको ठाउँ; जन्मभूमि।
31373 जन्महारा वि. सुख, सुविधा, सम्पन्नता आदि जन्मैदेखि नपाएको; दरिद्र कुलमा जन्मेको; सधैँको दुःखी; जन्म-कङ्गाल।
31374 जन्महारा वि. २. जन्मँदैदेखिको अभागी।
31375 जन्माइ ना. जन्मने वा जन्माउने क्रिया वा भाव।
31376 जन्माइनु क.क्रि. जन्म वा पैदा गराइनु।
31377 जन्माउनु प्रे.क्रि. पैदा गराउनु; जुनी दिनु वा जन्म गराउनु।
31378 जन्मान्तर ना. पुराणअनुसार पुनर्जन्मपछि पुनः-पुनः भइरहने जन्म।
31379 जन्मान्तरवाद ना. पुनर्जन्म हुन्छ भन्ने बारेको सिद्धान्त; मरेपछि कर्मको फलअनुसारको पुनर्जन्म हुन्छ हुन्छ भन्ने एक दर्शन; पुनर्जन्मवाद।
31380 जन्मान्तरवादी वि. पुनर्जन्म हुन्छ भन्ने सिद्धान्तमा विश्वास राख्ने; पूर्व वा पुनर्जन्मवादमा विश्वास भएको; पुनर्जन्मवादी।
31381 जन्मान्ध वि. जन्मेदेखि नै आँखा नदेख्ने; जन्मैदेखिको अन्धो; आजन्म आँखा नदेखी जीवन बिताउने।
31382 जन्माष्टमी ना. भाद्र महिनाका कृष्णपक्षको अष्टमी तिथि; कृष्ण जन्मेको तिथि; कृष्णाष्टमी।
31383 जन्मिनु क.क्रि. जन्म लिनु वा पैदा हुनु; जन्मनु।
31384 जन्मोत्सव ना. १. जन्मदिनमा गरिने उत्सव; दश कर्म वा षोडश संस्कारअनुसार जन्मेकै दिनमा गर्नुपर्ने जातक कर्म।
31385 जन्मोत्सव ना. २. प्रत्येक वर्ष घुमेर आइपुग्ने जन्मदिनका दिन सुस्वास्थ्य र दीर्घायुको कामना गर्दै मनाइने उत्सव तथा अष्टचिरञ्जीवीको पूजा आदि मङ्गलका अष्टकार्य।
31386 जन्मौती ना. जन्मपत्रिका; चिन्हा; जन्मकुण्डली; टिपन।
31387 जन्य वि. १. उत्पन्न भएको; सिर्जिएको।
31388 जन्य वि. २. जन्मने; पैदा हुने।
31389 जप्नु स.क्रि. जिभ्राले दाँतलाई नछुवाईकन परा तथा पश्यन्ती वाणीमा देवदेवीका बीजरूप मन्त्रको बारबार आवृत्ति गर्नु, मन्त्रोच्चारण गर्नु।
31390 जप ना. देवदेवीको बीजस्वरूप कुनै वर्ण, पद, मन्त्र, अध्याय आदि कसैले नसुन्ने गरी गरिएको पाठ, मनमनै उच्चारित मन्त्र।
31391 जपतप ना. जपपाठ, पूजाआजा, ध्यानवन्दना।
31392 जपन ना. देवदेवीको मन्त्र अरूले नसुन्ने गरी जप्ने काम, जप।
31393 जपना ना. १. सधैँभरि एउटै मात्र कुराको चिन्ता, ध्याउन्न।
31394 जपना ना. २. एउटै कुराको पुनः ध्यान वा आग्रह।
31395 जपनातपना ना. रातोदिन एउटै कुराले हुने चिन्ता, ध्याउन्न।
31396 जपमाला ना. मन्त्रपाठको सङ्ख्या राख्न हातमा लिएर घुमाइने रुद्राक्ष, तुलसी आदिका दाना भएको माला।
31397 जपयज्ञ ना. मन्त्रको जपस्वरूप यज्ञ, मन्त्रको जप गरिने पुरश्चरण।
31398 जपा ना. हे.जपाकुसुम।
31399 जपाइ ना. जप्ने क्रिया वा प्रक्रिया।
31400 जपाइनु क.क्रि. जप गराइनु।