Dictionary

All Word

31051 जडाउ टिको ना. आइमाईले निधारमा लाउने काँचको टिको; तयारी अवस्थामा कागत आदिमा जडेर राखिएको टिको।
31052 जडाउनु प्रे. क्रि. कुनै वस्तु अर्को वस्तुसँग मिलाई सजाउने पार्नु; जड्न लाउनु; जडान गराउनु।
31053 जडाउरी वि. १. आफूले लगाएर अर्कालाई बकस दिइएको; उपयोग गरिसकेपछि अर्कालाई दिइएको (लुगाकपडा आदि)।
31054 जडाउरी वि. २. अर्धानो; पुरानो।
31055 जडाउरी वि. ना. ३. थोत्रिएर अर्कालाई दिन लायक भएको वस्त्र आदि।
31056 जडान ना. १. कुनै वस्तु सजाउने वा जडान गर्ने काम; सुसज्जित गर्ने काम।
31057 जडान ना. २. बिजुली, टेलिफोन आदिका तार, स्विच, प्लग आदि जड्ने काम।
31058 जडान ना. १. प्रशस्त जाडो हुने ठाउँ; ठन्डा प्रदेश।
31059 जडान ना. २. जाडजातिहरू बस्ने ठाउँ; जाडप्रदेश।
31060 जडान ना. ३. जाडप्रदेशका बासिन्दा।
31061 जडिजडाउ वि. राम्ररी जडिएको; पूरा जडिएको; सजिसजाउ; शोभायमान।
31062 जडिनी ना. १. भोटिनी।
31063 जडिनी ना. २. शीतप्रदेशमा बस्ने जाडजातिकी स्त्री; महिला जाड।
31064 जडिनु क.क्रि. जडान गरिनु; सजाइनु।
31065 जडिमा ना. जड हुनाको भाव, गुण वा अवस्था; जडता; अचेतनता।
31066 जडी ना. १. औषधीका लागि प्रयोग गरिने जरो; जरीबुटी।
31067 जडी ना. २. मूल कारण; खास कुरो; गाँठी विषय।
31068 जडीबुटी ना. १. औषधीका काममा आउने वनस्पतिका बुटा र जरा; जरोबुटो।
31069 जडीबुटी ना. २. कन्दमूल; ओखतीमुलो।
31070 जडीभूत वि. वास्तविक अर्थमा जड नभए पनि जडतुल्य भएको;निश्चल; जडकल्प।
31071 जडेनी ना. हे. जडिनी।
31072 जडेलो ना. अङ्गुरका जस्तै लहरो, पात र फल भएको एक जातको जङ्गली अङ्गुर; दाख।
31073 जडौरी वि. / ना. हे. जडाउरी।
31074 जतन ना. कुनै पनि वस्तु नबिग्रियोस् भनी गरिने हिफाजत; जोगाड; जोगाउ; बचाउ; यत्न।
31075 जतनलाख वि. कुनै पनि वस्तु आवश्यक भएसम्मको; प्रशस्त; मनग्ये; लात्तीकुत्ती।
31076 जतनियाँ वि. कुनै पनि वस्तुको हिफाजत गर्ने; जतन गर्ने; जोगाउने।
31077 जता क्रि.वि. जुन दिशा ताकेर; जुन ठाउँतिर; जहाँ।
31078 जताउनु स.क्रि. कुनै कुराको सङ्केत दिनु; सूचना दिनु; थाहा दिनु।
31079 जताततै क्रि.वि. सबै ठाउँमा; जतासुकै; चारैतिर; जहाँतहीँ; सर्वत्र।
31080 जतालाख वि. चाहिएजत्ति; छेलोखेलो; पर्याप्त मात्रामा; यथेष्ट।
31081 जतासुकै क्रि.वि. जुन दिशातिर पनि; जता पनि; सबैतिर; जताततै; चारैतिर।
31082 जति वि. जुन मात्रा वा परिमाणको; जतिसुकै।
31083 जतिसुकै वि. १. जति धेरै; जुनसुकै मात्रा, परिमाण वा सङ्ख्याको।
31084 जतिसुकै वि. क्रि.वि. २. जति नै भए पनि।
31085 जत्ति वि. जतिलाई जोड दिने (शब्द)।
31086 जत्तिको तत्ति क्रि.वि. पहिलेकै बराबर; सरोबरी;बराबरी; घटीबढी नभईकन।
31087 जत्तिसुकै वि. / क्रि.वि. हे. जतिसुकै।
31088 जत्था ना. एकै जाति वा वर्गका वस्तु वा जीवजन्तुको समुदाय; हुल; बगाल; समूह; जमात; दल।
31089 जत्रतत्र क्रि.वि. जताततै; जहाँकहीँ।
31090 जत्रो क्रि.वि. जति मात्राको; जुन परिमाणको; जति ठुलो।
31091 जथवा संयो. तथवाको पूरक।
31092 जथवातथवा वि. १. जसोतसो गरी; जसरीतसरी।
31093 जथवातथवा वि. २. असलखराबमा विवेक नपुऱ्याइएको; जथाभाबी।
31094 जथाभाबी क्रि.वि. १. कुनै नियम, विधि वा मर्यादाअनुसारको आचरण नगरेर ; जस्तो मन लाग्यो उस्तै।
31095 जथाभाबी क्रि.वि. २. परिणामप्रति ध्यान नदिएर; जे पर्ला सोही टर्ला भन्ने भावनासि।
31096 जदौ ना. १. पहिले पहिले दलित भनिएका जातका व्यक्तिहरूले उच्च जातका भनिएका व्यक्तिहरूलाई गर्ने गरिएको अभिवादन।
31097 जदौ ना. २. दाहिने हातको हत्केला आफ्नो मुखतिर फर्काई हल्लाएर गरिने अभिवादन; नमस्ते; नमस्कार; ढोग।
31098 जन ना. १. मानवजाति; मान्छे।
31099 जन ना. २. जहान; परिवार।
31100 जन ना. ३. दुनियाँ; जनता।