Dictionary

All Word

30951 जङ्गम वि. ना ३. चलायमान वस्तु।
30952 जङ्गम वि. ४. वीर शैव मतका लिङ्गायत ब्राह्मण; नेपालमा बसोवास गर्ने अनेक थरी ब्राह्मणहरूमा एक थरी ब्राह्मणहरूको थर।
30953 जङ्गमकुटी ना. १. परपुरुषको मुख नहेर्ने व्रत लिएकी नारीले अथवा रानीमहारानीले कहीँ जानुपर्दा अदृश्य रहन बनाइएको पर्दावाल म्याना; पाल्की।
30954 जङ्गमकुटी ना. २. बाहिरबाट देख्न नपाउने हिसाबले बनाइएको कपडाको कुटी।
30955 जङ्गमगुल्म ना. पैदल हिँड्ने सेना; स्थलसेना।
30956 जङ्गमविष ना. सर्प, बिच्छी, कुकुर आदिले टोक्ता लाग्ने विष; टोक्नासाथ शरीरभरि छरिने विष।
30957 जङ्गल ना. १. मान्छेहरूको बस्ती वा आबादी नभएको, रुखबिरुवाको घारी भएको ठाउँ; पाताल; झाडी; अरण्य; वन।
30958 जङ्गल ना. २. उजाड जमिन; मरुभूमि; बन्जर।
30959 जङ्गल ना. ३.एकान्त स्थान; निर्जन स्थल; सुनसान ठाउँ।
30960 जङ्गल ना. ४. आलो मासु; मांस।
30961 जङ्गली वि. १. जङ्गलमा भएको; जङ्गलमा बस्ने; बनैया।
30962 जङ्गली वि. २. असाध्य; सोमत नभएको; कोर्काली।
30963 जङ्गली खर ना. वनमा हुने सिरु, सालिम्मो आदि तृण वा फुस।
30964 जङ्गाल ना. बाँध।
30965 जङ्गिनु अ.क्रि. रिसले झोकिनु; चुर हुनु; रिसाउनु; राँक्किनु; च्याँठिनु।
30966 जङ्गी वि. १. सेनाको पहिरन, स्वभाव वा ढाँचा देखाउने।
30967 जङ्गी वि. २. लडाइँसम्बन्धी; फौज वा सेनासम्बन्धी; पल्टनियाँ।
30968 जङ्गी वि. ३. रिसाहा स्वभावको; झोकी।
30969 जङ्गी वि. ४. बडेमाको; ठुलो।
30970 जङ्गी अड्डा ना. सैनिक प्रशासन चलाउने अड्डा; सेनाको नियन्त्रण गर्ने वा सारफेर आदिको व्यवस्था मिलाउने कार्यालय।
30971 जङ्गी कानुन ना. सामान्य प्रशासनिक तहबाट शान्तिसुरक्षा हुन नसकेमा सेनाद्वारा शान्तिसुव्यवस्था कायम गर्न प्रयोगमा ल्याइने कानुन; फौजी कानुन; सैनिक शासन (मार्सल ल )।
30972 जङ्गी कारबाई ना. सेनाद्वारा प्रयोगमा ल्याइने कानुनी कारबाई; फौजी कारबाई; सैनिक कारबाई।
30973 जङ्गी कोतवाली ना. राणाहरूका शासनकालमा सेनासम्बन्धी प्रशासन हेर्ने अड्डा।
30974 जङ्गी परेट/परेठ ना. १. सेनाहरूबाट युद्धका निम्ति गरिने अभ्यास; सैनिक शिक्षा; फौजी तालिम।
30975 जङ्गी परेट/परेठ ना. २. फौजी व्यायामको प्रदर्शन।
30976 जङ्गी पहरा ना. राणाशासनकालमा हनुमानढोकाको कोतमा रहेको सैनिक अड्डा; समय र अवस्थाको सङ्केत गर्न तोप र बिगुल आवाज दिने त्यस्तो सैनिक कार्यालय।
30977 जङ्गी पोसाक ना. फौजी जवानहरूले लगाउने बर्दी; सेनाको पहिरन।
30978 जङ्गी बन्दोबस्त अड्डा ना. सेनासम्बन्धी व्यवस्था मिलाउने अड्डा; युद्धसम्बन्धी वा रक्षासम्बन्धी व्यवस्था मिलाउने अड्डा।
30979 जङ्गी बेडा ना. सेना र गोलाबारुदयुक्त लडाकु पानीजहाज; सैनिक जहाज; युद्धपो।
30980 जङ्गी लाठ ना. राणाशासनमा जङ्गीतर्फका सबैभन्दा प्रमुख व्यक्ति वा सेनापति; पश्चिमतर्फका कमान्डिङ जनरल; श्री ३ भन्दा दुई श्रेणी मुनिको र उ. क. ज. भन्दा तीन श्रेणीमाथिको रोलवाला।
30981 जङ्गी सेल ना. मुठीभरिको मोटो ठुलो सेल।
30982 जङ्गी हर्रो ना. कालो रङको, ससानो फल फल्ने एक जातको हर्रो; त्यसैको फल।
30983 जङ्गे वि. जङ्गी खालको; रिसाहा; झोकी।
30984 जङ्ग्याइ ना. जङ्गिने भाव, क्रिया वा प्रक्रिया।
30985 जङ्ग्याइनु क.क्रि. जङ्गिने पारिनु; जङ्गिन लाइनु।
30986 जङ्ग्याउनु प्रे. क्रि. रिसाउन वा जङ्गिन लाउनु; रिसाउने पार्नु।
30987 जङ्ग्याहा वि. हे. जङ्गे।
30988 जङ्घा ना. १. घुँडाभन्दा माथि र पुट्ठाभन्दा मुनिको भाग; तिघ्रा; जाङ; उरु।
30989 जङ्घा ना. २. कैँचीको काट्ने धार।
30990 जङ्घास्थि ना. हे. जघनास्थि।
30991 जजमान ना. कर्मकाण्डको विधान जान्ने ब्राह्मण वा पुरोहितका निर्देशनमा यज्ञ, जपदान, पाठपूजा आदि गर्ने व्यक्ति; पूजा, हवन, दान, पाठ आदि धार्मिक कृत्य गराउने उपासक; यष्टा; यजमान।
30992 जजमानी ना. यजमानलाई कर्मकाण्ड गराई दानदक्षिणा लिएर जीविका गर्ने पेसा; पौरोहित्य; पुरोहित्याइँ।
30993 जजमाने वि. १. जजमानी गरेर जीवनवृत्ति गर्ने; पुरेत्याइँ गरी खाने।
30994 जजमाने वि. २. जजमानी गर्दा पाइने खालको; दाने।
30995 जजायल ना. प्राचीनकालका लडाकु सेनाहरूले भिर्ने एक प्रकारको हतियार।
30996 जजिया ना. भारतको मुगलकालीन शासनमा मुस्लिम धर्मभन्दा अन्य धर्मावलम्बीहरूलाई लगाइएको विशेष कर।
30997 जटा ना. १. जोगीसन्न्यासीहरूले पालेको लट्टैलट्टा परेको कपाल; जगल्टा; लट्टा।
30998 जटा ना. २. नरिवलको खप्परबाहिर जेलिएको रेसा वा पाटजस्तो वस्तु।
30999 जटा ना. ३. विशेष प्रकारका वृक्षहरूमा माटोभन्दा माथि निस्केका जरा।
31000 जटाजूट ना. १. लामो कपालमा जुटी बाँधिएभन्दा माथि उम्रेको जटा; जटा कसेभन्दा माथिको अंश।