Dictionary

All Word

30801 जख्नु स.क्रि. कुनै न कुनै ढङ्गले प्रहार गर्नु; दण्ड दिनु।
30802 जखम ना. घाउ; चोटपटक; अङ्गभङ्ग।
30803 जखमले वि. १. हेर्दा बलियो र घ्वाँक्क परेको; ज्यादै ठुलो; घ्वाँक; जक्खु।
30804 जखमले वि. २. छिपिएको।
30805 जखमी वि. १. जखम हुने खालको; जोखिम।
30806 जखमी वि. २. चोटपटक लागेको; आहत; घाइते।
30807 जग ना. १. घर, कटेरो, पुल, चौतारो आदिको जमिनमुनिको गारो लगाउने ठाउँ; घडेरीको फेद; चर।
30808 जग ना. २. कामको शुभारम्भ; थालनी।
30809 जग ना. १. मोटर, कार आदिलाई मर्मत गर्नुपर्दा चक्काको सट्टा भुइँमा टेकाएर बिस्तारै घुमाई गाडीलाई उचाल्ने र थामिराख्ने यन्त्र।
30810 जग ना. २. लोटाजस्तो एकातिर समाउने बिँड वा उझिन्डो भएको, पानी उभाउने भाँडो; विशेष प्रकारको सुराही।
30811 जगच्चक्षु ना. १. सूर्य।
30812 जगच्चक्षु ना. २. संसारको आँखो।
30813 जगजग क्रि.वि. १. त्रस्त भएर; आपत्तिको आशङ्काका सा।
30814 जगजग क्रि.वि. ना. २. त्रास; डर; धुकचुक।
30815 जगजग क्रि.वि. वि. ३. डराएको; त्रस्त भएको।
30816 जगजगी ना. १. भय र आतङ्कको स्थिति; चोर, डाका, रोगव्याध आदिले त्रस्त पारेको अवस्था।
30817 जगजगी ना. २. राम्रो उन्नति; चकचकी; जल्दोबल्दो अवस्था।
30818 जगजगे वि. मनले आँटेर कुनै काम पनि गर्न नसक्ने; जस्तोसुकै कामकुरामा पनि शङ्का लिने; मनमा दुविधा भएको; दोधारे।
30819 जगज्जननी ना. १. सम्पूर्ण जगत्की आदिमाता; जगदम्बा।
30820 जगज्जननी ना. २. दुर्गा; महामाया।
30821 जगज्जयी वि. विश्वविजय गर्ने; संसार विजय गरेको।
30822 जगज्ज्योतिर्मल्ल ना. बिस्केट जात्राको परम्परा चलाउने,विद्याप्रेमी, मध्यकालीन इतिहासमा चर्चित भक्तपुरका मल्ल राजा।
30823 जगटे वि. १. जगटा भएको; झ्याम्ले; जगल्टे।
30824 जगटे वि. २. कपाल लट्टा परेको; लट्टे; जुल्पे।
30825 जगटो ना. कपालको गुजमुज्ज परेर बनेको एकै लट्टो; जटाको गुजुल्टो; जगल्टो।
30826 जगट्याइ ना. जगट्याउने भाव, क्रिया वा प्रक्रिया।
30827 जगट्याइनु क.क्रि. जगल्ट्याइनु।
30828 जगट्याउनु प्रे. क्रि. जगटो समातेर तान्नु वा लतार्नु; जगल्ट्याउनु।
30829 जगड्वाल वि. १. धेरै ठुलो डालको; औधी ठुलो;जखमले।
30830 जगड्वाल वि. स्त्री. जगड्वालिनी।
30831 जगड्वाल वि. ना. २. चारैतिर फैलिएको हल्ला; व्यापक हल्लाखल्ला; सबैतिर चलेको होहल्ला।
30832 जगड्वाल वि. ३. विजययात्रा; दिग्विजय।
30833 जगण ना. सुरु र अन्त्यमा लघु र बिचमा गुरु वर्ण हुने एक गण (ISI); छन्दशास्त्रका आठ गणमध्ये एक गण।
30834 जगत् ना. १. गतिशील संसार; विश्व; ब्रह्माण्ड।
30835 जगत् ना. २. लोक; दुनियाँ।
30836 जगत् ना. ३. कुनै पनि जाति वा प्राणीको कार्यक्षेत्र वा समष्टिबोधक शब्द (प्राणीजगत्; सौरजगत्; नारीजगत् इ.)।
30837 जगती ना. १. पृथ्वी; धरती।
30838 जगती ना. २. मानवजगत्; दुनियाँ; संसार।
30839 जगती ना. ३. प्रत्येक चरणमा बाह्र अक्षर हुने एक वैदिक छन्द।
30840 जगतीतल ना. पृथ्वीतल; पृथ्वीलोक; संसार।
30841 जगत्कर्ता ना. १. ब्रह्मा।
30842 जगत्कर्ता ना. २. परमेश्वर।
30843 जगत्पिता ना. परमेश्वर; परमात्मा।
30844 जगत्प्रसिद्ध वि. संसारका सबै भागमा नाम चलेको; विश्वविख्यात; विश्वप्रसिद्ध।
30845 जगत्प्राण ना. वायु; बतास।
30846 जगत्साक्षी ना. १. संसारका सबै गतिविधि र घटनाको प्रत्यक्षदर्शी; परमात्मा; ईश्वर।
30847 जगत्साक्षी ना. २. सूर्य।
30848 जगदन्तक वि. १. सम्पूर्ण जगत्‌को अन्त्य गराउने।
30849 जगदन्तक वि. २. काल; यमराज।
30850 जगदम्बा/जगदम्बिका ना. जगज्जननी; दुर्गा; महामाया।