Dictionary

All Word

30751 छ्वास्स क्रि.वि. २. कसैलाई हल्का पाराले छुने चालले।
30752 छ्वास्स क्रि.वि. ३. कसैलाई थोरै मात्र केही दिने गरी।
30753 छ्वास्स क्रि.वि. ४. घाउखटिरा आदिमा केहीले चुस्स छुने किसिमले।
30754 छ्वास्स क्रि.वि. ५. अर्काको कुरा कसैलाई पोल लाउने चालसँग; सुटुक्क।
30755 छ्वेँखानी ना. लमीको काम गर्नेले दुवै पक्षबाट पारिश्रमिक वा बक्सिसका रूपमा खाने कमिसन।
30756 देवनागरी वर्णमालाको व्यञ्जनवर्णमध्ये आठौँ वर्ण; तालव्य (वर्त्स्य), स्पर्शसङ्घर्षी, सघोष; अल्पप्राण व्यञ्जनवर्ण; चवर्गको तेस्रो अक्षर; लेख्य रूपमा सो व्यञ्जनवर्णको प्रतिनिधित्व गर्ने लिपिचिह्न; डाडु ज।
30757 ना. कुनै नाम वा नामस्थानिक शब्दका पछिल्तिर लागी कसैबाट वा कसैमा उत्पन्न भन्ने अर्थ जनाउने प्रत्ययधर्मी उत्तरपद (अण्डज, देशज इ.)।
30758 जँगार ना. हे.जँघार।
30759 जँगारी ना. हल्का हरियो रङ भएको विषालु पदार्।
30760 जँघार ना. १. जाँघसम्म पानी आउने भए पनि खुट्टाले नै नदी तर्न सकिने ठाउँ।
30761 जँघार ना. २. नदीको पानी पातलो भएर फिँजारिएका ठाउँबाट पैदलै पार गरिने काम; हिँडेरै खोला तर्ने काम; जङार।
30762 जँघारको लौरो ना. दुःखमा काम दिने तर दुःख सकिएपछि बिर्सिने कुरा।
30763 जँघेलो ना. सुरुवाल।
30764 जँच्नु अ.क्रि. १. जाँच्ने काम हुनु; पारख हुनु।
30765 जँच्नु अ.क्रि. २. राम्रो ठहरिनु; राम्रो लाग्नु; ठिक लाग्नु; मन पर्नु।
30766 जँचाइ ना. जाँच्ने वा जँचाउने भाव, क्रिया वा प्रक्रिया।
30767 जँचाइनु क.क्रि. जाँच्न लाइनु; परीक्षण गराइनु।
30768 जँचाउनु प्रे. क्रि. जाँच्न लाउनु; जाँच गराउनु; परीक्षण गराउनु।
30769 जँचिनु अ.क्रि. जाँच होइनु; ठिक ठानिनु; जाँचिनु।
30770 जँचुवा वि. १. जाँच्ने स्वभावको; जाँच्ने काममा लागेको।
30771 जँचुवा वि. २. जाँचिएको; परीक्षा भइसकेको।
30772 जँड्याहा वि. जाँडले टुन्न भएर मातिएको; धेरै जाँड खाने अमल भएको।
30773 जई ना. जौसँग मिल्दोजुल्दो, गहुँ र जौबारीमा पाइने झार; त्यसैका गेडाको पिठो।
30774 जकड्नु स.क्रि. १. खुब कसेर बाँध्नु; बेसरी कस्नु वा बाँध्नु।
30775 जकड्नु स.क्रि. २. जोडसित अँठ्याउनु; पक्रनु।
30776 जकड्नु स.क्रि. ३. ग्रस्त पार्नु; धड्नु (रोग आदिले )।
30777 जकड्नु स.क्रि. ४. चलहल गर्न नसक्ने गरी रोक्नु वा अड्याउनु।
30778 जकडबन्द वि. बन्धनले कसिएको; समस्याले जेलिएको; यताउति हलचल गर्न नपाइने; बन्धनमा परेको।
30779 जकडबन्दी ना. १. चलहल गर्न नमिल्ने गरी कसिएको बन्धन; फुक्ने गरी बाँधिएको बन्धन।
30780 जकडबन्दी ना. वि. २. एकदम बन्द; बिलकुल बन्द।
30781 जकडाइ ना. जकडिने भाव, क्रिया वा प्रक्रिया।
30782 जकडाइ ना. जकडाउने भाव, क्रिया वा प्रक्रिया।
30783 जकडाइनु क.क्रि. जकड्न लाइनु।
30784 जकडाउनु प्रे. क्रि. जकडिने पार्नु; जकड्न लगाउनु।
30785 जकडिनु अ.क्रि. फुत्कन नसकिने गरी बाँधिनु; जकडाइमा पर्नु।
30786 जकड्याइ ना. जकडिने भाव, क्रिया वा प्रक्रिया।
30787 जकड्याइनु क.क्रि. बन्धनमा पारिनु।
30788 जकड्याउनु स.क्रि. बन्धनमा पार्नु; जकड्न लगाउनु।
30789 जकड्याहट ना. जकडिने भाव, क्रिया वा अवस्था।
30790 जकाइ ना. जाक्ने भाव, क्रिया वा प्रक्रिया।
30791 जकाइनु क.क्रि. जाक्न लाइनु।
30792 जकाउनु प्रे. क्रि. जाक्न लगाउनु; जाक्ने पार्नु।
30793 जक्खिनु अ.क्रि. १. कडा बन्धनमा पर्नु; जेलमा पर्नु; जकडिनु; थुनिनु।
30794 जक्खिनु अ.क्रि. २. अटेसमटेस हुने गरी खाँदिनु; कोचिनु।
30795 जक्खिनु अ.क्रि. ३. जाकिनु; डल्लिनु।
30796 जक्खु / जक्खे वि. मोटोघाटो र बलियो; साह्रै ठुलो; जखमले; लर्दु।
30797 जक्ख्याइ ना. जक्ख्याउने भाव,क्रिया वा प्रक्रिया।
30798 जक्ख्याइनु क.क्रि. जक्खिने पारिनु; जक्खिन लाइनु।
30799 जक्ख्याउनु प्रे. क्रि. १. जक्खिने पार्नु; जक्खिन लाउनु।
30800 जक्ख्याउनु प्रे. क्रि. स.क्रि. २. जकडबन्दमा राख्नु; कठोर बन्धनमा राख्नु; थुन्नु।