Dictionary

All Word

30501 छोड्नु स.क्रि. ३. गोला, बारुद, क्षेप्यास्त्र आदि फ्याँक्नु; प्रक्षेपण गर्नु।
30502 छोड्नु स.क्रि. ४. चिठीपत्र आदि हुलाकबाट चलाउनु।
30503 छोड्नु स.क्रि. ५. बिरामी निको हुनु; रोगमुक्त हुनु।
30504 छोड ना. छोड्ने काम; छोडाइ (समस्त शब्दको आरम्भमा मात्र सीमित, जस्तै- छोडपत्र, छोडछाड इ. )।
30505 छोडछाड ना. १. छोड्ने कार्य।
30506 छोडछाड ना. २. छुटछाट; रहलपहल; अवशेष।
30507 छोडपत्र ना. १. कुनै वस्तु वा सम्पत्तिप्रतिको आफ्नो अधिकार त्यागेबापत गरिने कानुनी कागज; त्यागपत्र।
30508 छोडपत्र ना. २. छुटानाम; पारपाचुके।
30509 छोडाइ ना. छोड्ने वा छोडाउने क्रिया वा प्रक्रिया।
30510 छोडाइनु क.क्रि. १. छोड्न लाइनु; छोड्ने पारिनु।
30511 छोडाइनु क.क्रि. स.क्रि. २. छोड्न लगाइनु; हटाइनु।
30512 छोडाउनु स.क्रि. १. फलफूल, मकै आदि वस्तुलाई बोक्रा, खोया, खोटा आदिबाट सरक्क छुट्ने किसिमले अलग्याउनु; केलाउनु;बोक्रा झिक्नु।
30513 छोडाउनु स.क्रि. २. जिउमा लगाइराखेका लुगाफाटा खोल्नु; नाङ्गो हुनु।
30514 छोडाउनु स.क्रि. कसैलाई कुनै बन्धनबाट मुक्त पार्नु; छुटाउनु।
30515 छोडाउनु स.क्रि. ४. कसैसँग बिछोड गराउनु; वियोग पार्नु।
30516 छोप्नु स.क्रि. १. कुनै वस्तुलाई अर्को केही वस्तुले ढाक्नु।
30517 छोप्नु स.क्रि. २.लुकाउनु; कसैलाई देख्न नदिनु; दबाउनु; गोप्य राख्नु;थाहा हुन नदिनु।
30518 छोप्नु स.क्रि. ३. कसैमाथि वा केही वस्तुमाथि जाइलाग्नु; झम्टनु; आक्रमण गर्नु; मौका पार्नु।
30519 छोप्नु स.क्रि. ४. बारबेर गर्नु; घेर्नु; बचाउ गर्नु।
30520 छोप्नु स.क्रि. ५. रोगव्याधले आक्रमण गर्नु।
30521 छोप्नु स.क्रि. ६. मूर्च्छा पर्नु; भूतप्रेत आदिले भेट्नु।
30522 छोप ना. १. फर्सीका बियाँ, तिल आदिको बुरबुरे धुलो वा केही लेदो पारेको अचार; चटनी।
30523 छोप ना. २. अचार बनाउँदा मिसाइने तिल आदिको बुकुवा धुलो।
30524 छोप ना. नदेखिने वा ढाकिने ठाउँ, कार्य आदि (केवल समस्त शब्दको अन्त्यमा वा आदिमा मात्र प्रयोग हुने, जस्तै- छोपछाप, ढाकछोप इ.)।
30525 छोपछाप ना. छोप्ने वा ढाक्ने काम; ढाकछोप।
30526 छोपढाक ना. ढाकछोप।
30527 छोपाइ ना. छोप्ने वा छोपिने क्रियाप्रक्रिया।
30528 छोपाइनु क.क्रि. छोपिएको पारिनु; छोप्न लगाइनु।
30529 छोपाउनु प्रे. क्रि. छोपिने पार्नु वा पार्न लगाउनु।
30530 छोपाछोप ना. १. जसले सक्यो उसैले छोपेर, लुटेर, खोसेर लिने काम; हारालुछ; तानातान।
30531 छोपाछोप ना. २. अर्काले देख्न नहुने वस्तु देखिहाल्लान् कि भनेर हत्तपत्त ढाकछोप गर्ने वा लुकाउने काम; छिपाउने काम।
30532 छोपाछोप ना. ३. मौकामा गरिहाल्नुपर्ने काम; अवसर गुम्ला भनेर गरिहालिने काम।
30533 छोपाछोप ना. ४. द्रुतगतिमा गरिएको छोपाइ।
30534 छोपिनु क.क्रि. १. छोप्ने काम गरिनु।
30535 छोपिनु क.क्रि. अ.क्रि. २. छोपाइको पात्र हुनु।
30536 छोपी ना. बाँस, निगालो, मालिङ्गो आदिका चोयाबाट बुनी पात आदि छापेर पानी पर्दा ओढ्ने घुम; स्याखु।
30537 छोपो ना. सास गएपछि लासको मुख ढाक्ने कपडा; मृतकलाई नजलाउन्जेल मुख छोप्ने कपडा।
30538 छोपो ना. किरियापुत्रीहरूले शिरमा बाँध्ने नातो।
30539 छोप्राकी वि. १. गण्डकी अञ्चलको गोर्खामा पर्ने छोप्राक भन्ने ठाउँको बासिन्दा।
30540 छोप्राकी वि. २. एकोहोरो; लाटोसुधो।
30541 छोप्राकी वि. ३. गाउँले; सिधासादा; जे देखे पनि मक्ख पर्ने खालको (उदा.- छोप्राकीले फूलपाती हेरे झैँ)।
30542 छोयला ना. १. सेकाएर तयार पारिएको मासुको परिकार।
30543 छोयला ना. २. आलुका चानामा केराउ, मटर आदिका गेडागुडी मिलाई साँधेर पकाइएको झोलदार तरकारी; छोला।
30544 छोरा ना. हे. छोरो।
30545 छोराछोरी ना. १. पारिवारिक जीवन बिताउने गृहस्थका उत्तराधिकारी; केटाकेटी; बालबच्चा।
30546 छोराछोरी ना. २ सन्तान; बच्चाबच्ची; छाउराछाउरी।
30547 छोरी ना. शारीरिक संरचनामा स्त्रीलिङ्गी अङ्ग भएकी सन्तान; पुत्री; चेली; नारी सन्तान।
30548 छोरीकुटाइ ना. एकलाई गाली, यातना, पीडा आदि दिए झैँ गरी अर्कालाई त्रास देखाउने नीति (उदा.- छोरी कुटी बुहारी तर्साउनु)।
30549 छोरीचेली ना. छोरीबेटी।
30550 छोरीज्वाइँ ना. १. छोरी र ज्वाइँ; छोरी र छोरीको पति।