Dictionary

All Word

30451 छोक्रा ना. २. रस निचरिसकिएको वस्तु;सिट्ठी।
30452 छोक्राछोक्री ना. १. ठुलासाना छोक्राहरूको समुदाय।
30453 छोक्राछोक्री ना. २. कुनै रसदार वस्तुमा देखिने अलिअलि छोक्रा; केही थोरबहुत छोक्रा।
30454 छोक्रिनु अ.क्रि. छोक्रयाइलो पारिनु; छोक्राजस्तो हुनु।
30455 छोक्रिलो वि. तरल पदार्थ कुनै कारणले झोलचोक्टा भएको; छोक्रैछोक्रा भएको; छोक्रयाइलो।
30456 छोक्रे वि. छोक्रैछोक्रा भएको; छोक्रिलो; छोक्रयाइलो।
30457 छोक्रे मही ना. मही पार्दा तरिका नमिलेर राम्रोसित घिउ नआई घिउको अंश रहेर छोक्रिलो भएको मही; दुध फाटे झैँ फाटेर छोक्रिलो भएको मही।
30458 छोक्रो ना. १. हे. छोक्रा।
30459 छोक्रो ना. २. छोक्राको एक अंश वा एकाइ; सानो छोक्रा।
30460 छोक्रयाइ ना. छोक्रा पार्ने वा पर्ने किसिम, क्रिया वा भाव।
30461 छोक्रयाइनु क.क्रि. झोलचोक्टा पारिनु; छोक्रैछोक्रा पारिनु।
30462 छोक्रयाइलो वि. छोक्रिलो।
30463 छोक्रयाउनु स.क्रि. १. छोक्रिलो पार्नु; छोक्रा छुट्टिने पार्नु।
30464 छोक्रयाउनु स.क्रि. प्रे.क्रि. २. छोक्रिने पार्नु; छोक्रिने अवस्थाको तुल्याउनु।
30465 छोक्रयाहट ना. छोक्रयाइ।
30466 छोट वि. छोटो (समस्त शब्दका आरम्भमा मात्र सीमित, जस्तै- छोटखुट्टे, छोटकरी इ. )।
30467 छोटकरी वि. १. छोटो वा सङ्क्षेप किसिमको ( भाषण, लेख, बोली इ. ) २. छोट्ट्याइएको, सङ्क्षिप्।
30468 छोटिनु अ.क्रि. छोटो हुनु; सङ्क्षिप्त हुनु।
30469 छोटी ना. खोलामा नाउ तार्ने जाति; नाविक; माझी; मल्लाह।
30470 छोटी ना. माछाको एक जातविशेष।
30471 छोटी वि. १. अधीनस्थ तहको (छोटी हुलाक, छोटी,गौँडा, छोटी चौकी इ. )।
30472 छोटी वि. २. छोटो मिजास वा चित्तकी।
30473 छोटी वि. ३. छोटो आकृतिकी।
30474 छोटी वि. ४. कम गतिशील ( छोटी कदम आदि)।
30475 छोटी कदम ना. घोडाका चालहरूमध्ये कदम चालको कम गतिशील प्रकार।
30476 छोटी भन्सार ना. कुनै शाखा भन्सार कार्यालयअन्तर्गत रहेको सानो भन्सार; कुनै भन्सार कार्यालयको रेखदेखमा रहेको सानो भन्सार कार्यालय।
30477 छोटी मार्सी ना. छोटे मार्सी।
30478 छोटी राजमार्ग ना. मूल राजमार्गमा जोडिने सानो राजमार्ग।
30479 छोटी हुलाक ना कुनै शाखा वा विभाग हुलाकबाट सञ्चालन गरिएको सानो हुलाक; हुलाक अड्डाहरूमध्येको तल्लो तहको अड्डा।
30480 छोटे वि. छोटो आकारको; सानो।
30481 छोटे मार्सी ना. मार्सी जातका धानहरूमध्ये सानो र डल्लो चामल हुने मार्सी धान।
30482 छोटो वि. १. जति लामो हुनुपर्ने हो त्यति लामो नभएको; लामोको विपरीत; लघु।
30483 छोटो वि. २. छोटकरी; सङ्क्षिप्।
30484 छोटो वि. ३. सानो।
30485 छोटो वि. ४. छुद्र; नीच; हीन।
30486 छोटो चित्तको वि. अनुदार मनको।
30487 छोटोमिठो वि. छाँट परेको; सानो भए तापनि स्वादिलो।
30488 छोट्टा ना. १. तन्नेरी केटो; युवक।
30489 छोट्टा ना. २. असभ्य; नीच; छुद्र; अधम।
30490 छोट्टिनु अ.क्रि. हे. छोटिनु।
30491 छोट्टी ना. १. केटी;तरुनी।
30492 छोट्टी ना. २. लिम्बूको धाननाच र गुरुङहरूको रोदीघर जस्तै रुकुम जिल्लाका बासिन्दाहरूको रातभरि भेला भएर नाचिने सांस्कृतिक नाचगान।
30493 छोट्टी ना. वि. ३. रसिक स्वभावकी; ठट्यौली (आइमाई)।
30494 छोट्टी ना. ४. असभ्य; नीच; छुद्र; अधम (आइमाई )।
30495 छोट्ट्याइ ना. १. छोटो हुने वा पार्ने किसिम, क्रिया वा भाव।
30496 छोट्ट्याइ ना. २. तन्नेरीपन।
30497 छोट्ट्याइनु क.क्रि. सङ्क्षेपीकरण गरिनु; छोटो पारिनु।
30498 छोट्ट्याउनु स.क्रि. सङ्क्षिप्त पार्नु; छोटो पार्नु; सङ्क्षेपीकरण गर्नु वा गर्न लगाउनु।
30499 छोड्नु स.क्रि. १. अधिकार वा स्वत्व त्याग्नु; छाड्नु।
30500 छोड्नु स.क्रि. २. बन्धनमा परेका बस्तुभाउलाई फुकाउनु; कैदमा परेको बन्दी फुक्का गर्नु।