Dictionary

All Word

30051 छिर्को ना. १. वेगसँग आएको तरल पदार्थको छिटो।
30052 छिर्को ना. २. त्यसरी बनेका विभिन्न आकारका दाग; धर्सो।
30053 छिल्नु स.क्रि. १. बोक्रा छोडाउनु; छिल्कनु।
30054 छिल्नु स.क्रि. २. खुर्कनु; ताछ्नु।
30055 छिलाइ ना. छिल्ने भाव, क्रिया वा प्रक्रिया।
30056 छिलाइनु क.क्रि. छिल्न लाइनु।
30057 छिलाउनु प्रे. क्रि. छिल्न लाउनु; छिल्ने पार्नु।
30058 छिलिनु क.क्रि. छल्किनु।
30059 छिल्कनु स.क्रि. कुनै फलफूल, रुखपात आदिका बोक्रा ताछ्नु; छोडाउनु।
30060 छिल्काइ ना. छिल्कने भाव, क्रिया वा प्रक्रिया।
30061 छिल्काइनु क.क्रि. बोक्रा छुट्ट्याइनु; नङ्ग्याइनु; छोडाइनु।
30062 छिल्काउनु स.क्रि. बोक्रा छुट्टिने पार्नु; छिल्कन लाउनु।
30063 छिल्किनु क.क्रि. बोक्रो ताछिनु; नङ्ग्याइनु; छोडाइनु।
30064 छिल्को ना. तरकारी, फल आदि पदार्थको बाहिरी अवयव; बोक्रो; खोस्टो; छाला।
30065 छिल्लिनु अ. क्रि. लाजसरम त्यागेर वा मर्यादाको ख्यालै नगरी जिस्किएर कुरा गर्नु; पात्तिनु; इतरिनु; छिहिलिनु।
30066 छिल्ल्याइ ना. छिल्लिने भाव, क्रिया वा प्रक्रिया।
30067 छिल्ल्याइनु क. क्रि. छिल्लिने पारिनु; छिल्लिन लाइनु।
30068 छिल्ल्याउनु प्रे. क्रि. छिल्लिने पार्नु; छिल्लिन लाउनु।
30069 छिहिलिनु अ.क्रि. असभ्य तरिकाले लाजभाँडको वास्तै नगरी जिस्किनु; इतरिनु; पात्तिनु।
30070 छिहिल्याइँ ना. छिहिलिनेपन; इतऱ्याइ।
30071 छिहिल्याइ ना. छिहिलिने भाव, क्रिया वा प्रक्रिया।
30072 छिहिल्याइनु क.क्रि. छिहिलिन लाइनु।
30073 छिहिल्याउनु प्रे. क्रि. छिल्लिन लाउनु।
30074 छी वि. बो हे. छिः।
30075 छीछी वि. बो. छिःछिः।
30076 छुइ ना. छुने काम; छुवाइ; स्पर्श (बालबोलीमा)।
30077 छुइछाइ ना. १. छुनेवर्ने काम; छरछुवाइ।
30078 छुइछाइ ना. २. छुवाछुत आदिको भेदभाव; छुतछा।
30079 छुई ना. परसराइ; रजस्वला; टक्राइ; नछुनु; नछुने।
30080 छुईघर ना. पहिलोपल्टकी नछुनेका लागि रहनबस्न बनाइएको गुप्ती कोठो वा ठाउँ।
30081 छुक ना. १. शुभ तथा मङ्गलको सङ्केत; शुभ शकुन; सगुन; फाप।
30082 छुक ना. २. असल कामका लागि पर सारिएको कुरा।
30083 छुक ना. ३. छुत; छुवाछु।
30084 छुकछुक ना. १. चलिरहने किसिम, अवस्था वा स्वभाव; चकचक ।
30085 छुकछुक ना. क्रि.वि. २. त्यसै पनि यताउति चलिरहने किसिमले।
30086 छुकछुकी क्रि.वि. छुकछुक; चकचक।
30087 छुकछुके वि. चञ्चल स्वभावको; खाली बस्न नसक्ने; चकचके; अस्थिर।
30088 छुकी वि. छुक लगाउने; छुक भएको; लच्छिनको; लच्छिनी।
30089 छुकुनी ना. १. दुधमाने, कर्कला आदिका डाँठ काटेर सुकाइएको तरकारी खाइने टुक्रा।
30090 छुकुनी ना. २. तिल, फर्सीका बियाँ आदि कुटेर बनाइएको बुरबुरे धुलो अचार।
30091 छुकुम ना. गहुँ, जौ छरिने बारीमा पलाउने, स्वादिलो, सुगन्धित र उपयोगी एक प्रकारको बुटी झार।
30092 छुची ना. १. बन्दुकका टोटा रहने ठाउँमा जोडिएको घोडाले ठक्कर खुवाउँदा बारुद वा टोटा भएको ठाउँमा जाने र सल्काउने किलोजस्तो अङ्ग।
30093 छुची ना. २. बोतल आदिका मुखमा राखिने फराकिलो मुख भएको र पिँधमा टुटी परेको सोली; कागे।
30094 छुची ना. ३. दुई नदीका सङ्गमका बिचमा पर्ने तीनचोसे सोतो जमिन; दोभानका माझमा पर्ने बगरको सोतो।
30095 छुचुन्द्रे ना. १. ताँती लागेर खेलिने केटाकेटीको एक खेल।
30096 छुचुन्द्रे ना. वि. २. छुचुन्द्राको जस्तो गन्ध भएको; छुचुन्द्राको जस्तो ताँती लाग्ने।
30097 छुचुन्द्रे ताँती ना. एउटापछि अर्को र त्यसपछि अर्को नछुट्टिईकन ताँती लागेर हिँड्ने, छुचुन्द्राको लाम जस्तै लर्को; लामो ताँती; लर्को; लाम।
30098 छुचुन्द्रो ना. सुँगुरको जस्तो थुतुनो हुने, स्वाभाविक अनुपातभन्दा साना आँखा भएको, ठस्स गन्ध आउने, मुसाजस्तो प्राणी।
30099 छुचो / छुच्चो वि. १. सानो चित्त भएको; छोटो मिजासको; दुच्छर।
30100 छुचो / छुच्चो वि. २. लोभी स्वभावको; किरन्टोकी।