Dictionary

All Word

30001 छिप्प्याइ ना. छिप्पिने भाव, क्रिया वा प्रक्रिया।
30002 छिप्प्याइनु क.क्रि. छिप्पिने पारिनु; परिपक्व बनाइनु।
30003 छिप्प्याउनु प्रे. क्रि. १. फलफूल आदि बोटैमा राखेर परिपक्व पार्नु।
30004 छिप्प्याउनु प्रे. क्रि. २. छिप्पिने तुल्याउनु; छिप्पिन लाउनु।
30005 छिमल्नु स.क्रि. छाँटकाँट गर्नु; छिँवल्नु।
30006 छिमल ना. १. कामकुराको मेसो; पटक; छिँवल।
30007 छिमल ना. २. निश्चित समय वा अवधि; छिँमल; दामल।
30008 छिमलाइ ना. छिमल्ने वा छिमलाउने क्रिया- प्रक्रिया।
30009 छिमलाइनु क.क्रि. छिमल्न लाइनु; छिँवलाइनु।
30010 छिमलाउनु प्रे. क्रि. छिमल्न लाउनु; छिँवलाउनु।
30011 छिमलिनु क. क्रि. छिमल्ने काम गरिनु; छिँवलिनु।
30012 छिमेक ना. घरवरिपरिको ठाउँ; छरछिमेक; वल्लोपल्लो घर।
30013 छिमेकी वि. छिमेकमा बसेको वा रहेको; वल्लोपल्लो घर हुने; छिमेकको; छिमेक भएको।
30014 छिम्कनु स.क्रि. हर्थुङ्गामा रहेका गट्टीहरू उफारेर उत्निखेरै हत्केलाले समाउनु।
30015 छिम्काइ ना. छिम्कने भाव, क्रिया वा प्रक्रिया।
30016 छिम्काइनु क. क्रि. छिम्कन लाइनु; छिम्कने पारिनु।
30017 छिम्काउनु प्रे. क्रि. छिम्कने पार्नु; छिम्कन लाउनु।
30018 छिम्किनु क.क्रि. छिम्कने काम गरिनु।
30019 छिम्के ना. छिम्कने काम गरेर खेलिने गट्टाको खेल।
30020 छिम्के झार ना. हे. छिउँकेझार।
30021 छिम्क्याहट ना. छिम्कने भाव, अवस्था,क्रिया वा प्रक्रिया।
30022 छिया वि. १. चिरिएको वा घाउ लागेको; छेड परेको।
30023 छिया वि. ना. २. घाउ; छेड; छेद।
30024 छियाछिया क्रि.वि. १. काटिने, छेडिने वा घोचिने भएर; प्वालैप्वाल हुने गरी; टुक्रैटुक्रा भएर।
30025 छियाछिया क्रि.वि. वि. २. त्यस्तो हुने शारीरिक वा मानसिक अवस्थाको; छिन्नभिन्न।
30026 छिर्नु अ.क्रि. कुनै दुलो वा प्वाल आदिबाट पस्नु; एकातिरबाट पसेर अर्कातिर निस्कनु।
30027 छिरबिर ना. १. अनेक रङ्गका ससाना बुट्टा।
30028 छिरबिर ना. २. विभिन्न रङ वा घामछायाँबाट बनेका तिरमिरे बुट्टा।
30029 छिरबिरे वि. छिरबिर बुट्टा परेको; छिरबिर देखिने।
30030 छिरल्नु स.क्रि. १. कुनै ठाउँमा मिलाएर राखेको कागजपत्र, अन्नपात आदि वस्तु जथाभाबीसँग यताउति पार्नु; रेल्नु।
30031 छिरल्नु स.क्रि. २. घाँसपात, पराल आदि फुकाएर छर्नु; त्यस्तो वस्तुको घान हाल्नु।
30032 छिरलाइ ना. छिरल्ने भाव, क्रिया वा प्रक्रिया।
30033 छिरलाउनु प्रे. क्रि. छिरल्न लाउनु।
30034 छिरलिनु क. क्रि. छिरलो हुनु; यताउति छरिनु।
30035 छिरलो ना. कुनै वस्तु वा सरसामान जथाभाबी हुने स्थिति; छिरलिने काम छरछार; रेलो।
30036 छिराइ ना. छिर्ने भाव, क्रिया वा प्रक्रिया।
30037 छिराइनु स.क्रि. १. पसाइनु; घुसारिनु।
30038 छिराइनु स.क्रि. क. क्रि. २. छिर्ने पारिनु; घुस्ने पारिनु।
30039 छिराउनु स.क्रि. १. पसाउनु; एकापट्टिबाट हालेर अर्कापट्टि पुऱ्याउनु।
30040 छिराउनु स.क्रि. प्रे. क्रि. २. छिर्न लाउनु; एकापट्टिबाट पसेर अर्कापट्टि निस्किन लाउनु।
30041 छिरिनु क.क्रि. पसिनु; घुसिनु।
30042 छिर्काछार्की ना. १. कपडा, कागज, छाला आदिमा परेका विभिन्न रङका बुट्टा; थोप्लाथोप्ली।
30043 छिर्काछार्की ना. २. छिर्काहरूको समूह; छिटाछाटी।
30044 छिर्की ना. १. सानोतिनो छिर्के।
30045 छिर्की ना. २. जोरी खोज्नेलाई उसले थाहा नपाउने गरी गोडाले अल्झाई लडाउने एक दाउ; छिर्केदाउ।
30046 छिर्के वि. १. विभिन्न रङका धर्साधर्सी वा थोप्लाथोप्ली परेको; छिर्केमिर्के; टाटेपाङ्ग्रे (बस्तुभाउ, लुगाफाटा आदि )।
30047 छिर्के वि. ना.२. अर्काको कुभलो गर्ने नियतले गरिने जालझेल; चुक्ली; दाउपेच।
30048 छिर्के दाउ ना. १. कुस्ती खेल्दा प्रतिद्वन्द्वीका खुट्टाका बिचमा आफ्नो खुट्टो छिराई लरबर पारेर लडाउने तरिका; छड्के दाउ; चोरीदाउ।
30049 छिर्के दाउ ना. २. अर्काको हानिनोक्सानी गर्ने नियतले थाहा नहुने गरी दुःख दिने वा चाल झिक्ने मौका; दुःख दिने नियतको जालझेल; मौकाबाजी; कूट खेल।
30050 छिर्केमिर्के वि. विभिन्न रङका धर्साधर्सी वा थोप्लाथोप्ली मिसिएको; छिरबिरे।