Dictionary

All Word

30151 छुताहा वि. १. छ्वाइ वा लसपसबाट सर्ने सङ्क्रामक (रोग)।
30152 छुताहा वि. २. तेह्रदिने जुठो बार्नुपर्ने दाजुभाइ, सपिण्डीभित्रका दाजुभाइ।
30153 छुतिनु अ.क्रि. कोराभित्र पस्नु, क्रियापुत्रीले कोरामा पस्नु, आशौच बार्ने घरमा पस्नु।
30154 छुति छुवाछुत बार्न नपर्ने खालको, स्पर्श गर्दा वा भात पानी हुँदा बात नलाग्ने, छुतभित्रका जात भातको।
30155 छुत्ति ना. १. परस्परमा छोएर हल्लँदै खेलिने एउटा खेल।
30156 छुत्ति ना. २. पेटभित्र आन्द्रा खाली भएर हल्लिने काम भोकले पेट काउकाउ गरेको अवस्था।
30157 छुद्दे ना. १. खाने इच्छा, रुचि, भोक, तृष्णा।
30158 छुद्दे ना. २. आकाङ्क्षा, रहर।
30159 छुद्र वि. १. छुस्कर स्वभावको, छुच्चो बानी भएको।
30160 छुद्र वि. २. नीच स्वभावको, तुच्छ, निकृष्ट।
30161 छुनु स.क्रि. १. स्पर्श गर्नु, संसर्ग गर्नु, लसपस हुनु।
30162 छुनु स.क्रि. २. जातभातमा बोर्नु, छुन निषेध भातभान्सा, पानी आदि चलाइदिनु।
30163 छुनुमुनु ना. १. मसिना केटाकेटीले मुन्टो हल्लाएर खेल्ने खेल।
30164 छुनुमुनु ना. २. अस्वीकार प्रकट गर्दा इसाराका निम्ति गरिने मुन्टो हल्लाइ।
30165 छुनुमुने वि. १. छुनुमुनु गर्ने; रहरलाग्दो ( बालक, बाछो, पाठो, बच्चो आदि)।
30166 छुनुमुने वि. २. चकचके; छुकछुके; चञ्चले।
30167 छुपछुप क्रि.वि. लगालग 'छुप' चाल वा शब्दसि।
30168 छुपछुपाइ ना. छुपछुपाउने भाव, क्रिया वा प्रक्रिया।
30169 छुपछुपाइनु क.क्रि. छुपछुप पारिनु।
30170 छुपछुपाउनु स.क्रि. छुपछुप पार्नु (लुगा धुँदा वा चामल फल्दा )।
30171 छुपछुपी क्रि.वि. छुपछुपको चाल वा शब्द निकाल्दै।
30172 छुपछुपे वि. छुपछुप गर्ने वा हुने; छुपछुप चालको।
30173 छुपुछुपु क्रि.वि. १. धान रोप्दा हातले छुपछुप गर्ने गरी।
30174 छुपुछुपु क्रि.वि. २. लुगा छपछपाउँदा वा चामल फल्दा आवाज निस्के झैँ भएर।
30175 छुप्प क्रि.वि. पानीले चुर्लुम्म भिजेको कपडा, आदि भुइँमा खस्दा आवाज आउने गरी।
30176 छुप्लुक्क क्रि.वि. सानो वस्तु पानीमा पर्दा एकै खेप शब्द आउने गरी।
30177 छुमन्तर ना. १. कुनै रोगव्याधिलाई झारफुक आदिबाट हटाइने प्रयास।
30178 छुमन्तर ना. २. कुनै समस्या सरक्क समाधान हुने उपाय।
30179 छुमन्तर ना. क्रि.वि. ३. एकाएक; अपर्झटसि।
30180 छुरछुर ना. १. चकचक; छुकछुक; फुरफुर; चञ्चल।
30181 छुरछुर ना. क्रि.वि. २. हल्का हिसाबले मानापाथी भरिने गरी।
30182 छुरछुर ना. ३. कुनै धुलो वस्तु बिस्तारै छरिने वा चुहिने भएर।
30183 छुरछुरती / छुरछुरी क्रि.वि. अझै छुरछुर भएर।
30184 छुरछुरे वि. १. छुरछुर गर्ने; चकचके; छुकछुके।
30185 छुरछुरे वि. २. हल्का चालसित भरिएको।
30186 छुरछुरे वि. ३. छुरछुर गरेर बिस्तारै चुहिरहने।
30187 छुरबुर क्रि.वि. १. पुगनपुग; लगभग।
30188 छुरबुर क्रि.वि. २. खुकुलोसँग भरिने गरी ( मानापाथी )।
30189 छुरबुर क्रि.वि. ३. जथाभाबी छरेर (गेडागुडी)।
30190 छुरबुरे वि. १. खुकुलो गरिएको; छुरबुर पारिएको।
30191 छुरबुरे वि. क्रि.वि. २. झन्डैझन्डै; लगभग।
30192 छुरा ना. १. कपाल व दाह्री खौरने, चक्कुजस्तो सानो बिँड भएको लाग्ने हतियार।
30193 छुरा ना. २. घोचेर प्रहार गरिने टुप्पो तिखो भएको चक्कु; छुरी।
30194 छुरा ना. वि. ३. अति लाग्ने; धेरै कटाहा; धारिलो।
30195 छुरा ना. ४. बातबातै टिप्ने; औधी मुखाले।
30196 छुरिका ना. सानो छुरा; छुरी।
30197 छुरी ना. टुप्पो तिखो हुने, घोचेर प्रहार गरिने वा तरकारी आदि काट्ने काम लिइने चक्कुजस्तो सानो हतियार; सानो किसिमको छुरा।
30198 छुरो वि. अरू थोक केही नमिसिएको; निक्खर; खाँटी; विशुद्ध (रगत, बालुवा) आदि।
30199 छुर्पी ना. दुध वा मही फटाएर छोक्रा सुकाई बनाइएको खाद्य पदार्।
30200 छुर्र क्रि.वि. ससाना गेडागुडी, अन्न खस्ता शब्द निस्के झैँ भएर।