Dictionary

All Word

29801 छास्नु स.क्रि. २. रुखका सानातिना हाँगा, झारपात, बुटा आदि काट्नु; छिमल्नु।
29802 छासछुस ना. १. धुलो, पिठो आदि अलिअलि गरेर छर्ने काम; थोरैतिनु अन्न भाँडाहरूमा हाल्ने काम।
29803 छासछुस ना. क्रि.वि. २. उक्त वस्तु त्यसरी छर्ने गरी।
29804 छासछुस ना. ३. झार, जङ्गल, बुटा आदि अलिअलि गरी फाँडेर।
29805 छासछुसे वि. सानातिना कुरा अर्कालाई सुनाइहिँड्ने; चुक्ली लाउने।
29806 छासमिस ना. दुई वा दुईभन्दा बढी भिन्न वस्तु छुट्ट्याउन सकिने गरी मिस्ने काम; छ्यासमिस।
29807 छासमिसे वि. छासमिस भएको; मिसिएको; छ्‌यासमिसे।
29808 छास्स क्रि.वि. हे.छुस्स।
29809 छास्सछुस्स क्रि.वि. १. छासछुस हुने गरी ना. २. छासछुस।
29810 छाहरी ना. हे. छहारी।
29811 छिँक्नु स.क्रि. रुघा-खोकी आदि रोगले नाक खसखस गरेर हाच्छिउँ गर्नु; छिउँ गर्नु; छिँक्का निकाल्नु।
29812 छिँक ना. छिँक्का; छिँउ।
29813 छिँकाइ ना. छिँक्ने भाव, क्रिया वा प्रक्रिया; हाच्छिउँ गराइ।
29814 छिँकाइनु क.क्रि. छिउँ गराइनु;छिँक्न लाइनु।
29815 छिँकाउनु प्रे. क्रि. छिउँ गराउनु; छिँक्न लाउनु।
29816 छिँकुवा वि. धेरै छिउँ गर्ने बानी भएको; छिउँछिउँ गरिरहने।
29817 छिँक्क / छिँक्का ना. छिउँ; छिँक।
29818 छिँड ना. छेदे भाँडाकुँडा, काठपात आदिमा परेको ससानो प्वाल; कुपिल; दुलो।
29819 छिँडी ना. तला हुने घरको सबभन्दा तल्लो तलो; भुइँतलो।
29820 छिँवल्नु स.क्रि. १. बोटबिरुवा आदिका हाँगाबिँगा छाँटकाँट गर्नु।
29821 छिँवल्नु स.क्रि. २. बाक्ला बिरुवा, ठुलो साग आदि उखेल्नु।
29822 छिँवल्नु स.क्रि. ३. बढी भएका वस्तु वा कुरा बेचेर, छुट्ट्याएर, छाँटेर आदि किसिमले पातलो पार्नु।
29823 छिँवल्नु स.क्रि. ४. थालेको कामकाज तुर्दै वा घटाउँदै लैजानु।
29824 छिँवल्नु स.क्रि. ५. छेकाभाँजाहरू हटाउनु; झैझमेला पन्छाउनु।
29825 छिँवल ना. १. एक पटकमा गरिने वा हुने कामकुराको मेसो; बाहान; पटक।
29826 छिँवल ना. २. निश्चित समय; ताक।
29827 छिँवल ना. ३. मिल्दा उमेरका केटाकेटी आदिको पङ्क्ति; दामल; दौँतर।
29828 छिँवलाइ ना. छिँवल्ने भाव, क्रिया वा प्रक्रिया।
29829 छिँवलाइनु क.क्रि. छिँवल्न लाइनु; छिँवल्ने काम गरिनु।
29830 छिँवलाउनु प्रे. क्रि. छिँवल्न लाउनु; छिँवल्ने पार्नु।
29831 छिँवलिनु स.क्रि. छिँवल्ने काम गरिनु; छाँटिनु।
29832 छि: वि.बो. १. कुनै फोहर वस्तु देख्दा वा त्यस्तो प्रसङ्ग चल्दा घृणाको भाव व्यक्त गर्ने शब्द; छ्‌या।
29833 छि: वि.बो. २. मनको अरुचि वा वितृष्णा प्रकट गर्ने शब्द।
29834 छि: वि.बो. 3. कसैको घृणित चरित्रप्रति निन्दा जनाउने शब्द।
29835 छिः छिः वि.बो. बराबर वा जोडले छिः बुझाउने शब्द।
29836 छिः छिः दुरदुर ना. घृणा र हेला गर्ने काम।
29837 छिउँ ना. नाकभित्र नसजस्तो पर्पऱ्याउने वस्तु वा गन्ध परेमा, हालेमा, खार लागेमा अथवा रुघा-खोकीका कीटाणु सकसक गरेमा बाहिर फ्याँक्न स्वतः प्रकट हुने नाकको बजाइ;छिँक्का; हाच्छिउँ; छिँक।
29838 छिउँकी / छिउँके ना. छिँक्का; छिँक; छिउँ।
29839 छिउँकी / छिउँके झार ना. मसिना पात हुने र आँख्लैपिच्छे मसिना फल फल्ने, माडेर नाकमा नस लाउँदा छिउँ निकाल्ने मसिना बुट्टे झार; छिम्के झार।
29840 छिउँको ना. छिउँ; हाच्छिउँ।
29841 छिउँटी ना. कुनै काम गराएबापत कमाएर खान दिइएको सानो खेत वा बारी; दुःखशान्तिका निम्ति दिइएको जग्गा।
29842 छिउँटो ना. लुगा; सिइएको वस्त्र (हीनार्थमा); सियौटो।
29843 छिकछिक क्रि.वि. कुनै वस्तुभित्रका टुक्रा वा मसिना दाना बज्ने गरी।
29844 छिकछिके ना. रिवलको गट्टा, बेलुनको फुकुन्डो आदिभित्र मसिना टुक्रा वा गेगर, बालुवा राखेर तयार गरिएको हातले हल्लाएर बजाइने बाजा; छिनछिने।
29845 छिचरो वि. १. बिचबिचमा पङ्क्ति नमिलेको; बिचबिचमा छिद्र परेको (दाँत ) २. छिद्र परेका दाँत भएको (व्यक्ति)।
29846 छिचरो वि. ३. मनमा लागेका कुरा धक नमानी बोल्ने; मुखको पचपचे; निर्लज्ज।
29847 छिचरो वि. ना. ४. मनमा लागेका कुरा पचपची बोल्ने मानिस।
29848 छिचरो वि. स्त्री. छिचरी।
29849 छिचल्नु स.क्रि. हे. छिचोल्नु।
29850 छिचलाइ ना. छिचल्ने भाव, क्रिया वा प्रक्रिया।