Dictionary

All Word

29701 छापदानी ना. छाप लगाउने मसी राख्ने भाँडो; ल्याप्चे लगाउने मोसो वा मसी राख्ने पात्र।
29702 छापमसी ना. छाप लगाउनका निम्ति बनाइएको मसी; ल्याप्चे लगाउनका निम्ति तयार गरिएको मोसो वा मसी।
29703 छापा ना. १. प्रभाव; छाप।
29704 छापा ना. २. छापिएको अक्षर; लेख आदि।
29705 छापा ना. ३. मुद्रणकार्य।
29706 छापा ना. ४. मुद्रणयन्त्र।
29707 छापा ना. ५. आकस्मिक आक्रमण वा अप्रत्याशित खानतलासी।
29708 छापाखाना ना. पुस्तक, पत्रपत्रिका आदि छाप्ने घर वा ठाउँ; मुद्रणालय; प्रेस।
29709 छापामार वि. १. लुकीछिपी छापा मार्ने; अनक आक्रमण गर्ने।
29710 छापामार वि. ना. २. अप्रत्याशित रूपले आक्रमण गर्ने वा आकस्मिक खानतलासी गर्ने व्यक्ति।
29711 छापावाल वि. १. बेलायती सरकारको वा भारतीय रिजर्भ ब्याङ्कको छाप लागेको, सरकारी मान्यता प्राप्त ( सुन इ.)।
29712 छापावाल वि. २. छापासँग सम्बन्धित (व्यक्ति)।
29713 छापे वि. छापजस्तो; छाप लागेको; छाप भएको; अछापे नभएको।
29714 छापे औँठी ना. नामको छाप भएको औँठी; छापे मुन्द्रो।
29715 छापे पाथी ना. छाप लागेको पाथी; कानुनी रूपले वैध पाथी।
29716 छापे मानु ना. सरकारी छाप लागेको मानु; कानुनी रूपले वैध मानु।
29717 छापे मुन्द्रो ना. छापे औँठी।
29718 छापो ना. १. छोपिएको स्थिति; ढाकिएको अवस्था (उदा.- कपालमा जुम्राको छापो छ)।
29719 छापो ना. २. प्रशस्तता; सङ्ख्याबाहुल्य।
29720 छाप्राछाप्री ना. सानाठुला छाप्राहरूको समूह; छाप्रा र अरू सोसरहका वस्तुहरूको समूह।
29721 छाप्री ना. छाप्राको सानो रूप; सानो खालको छाप्रो।
29722 छाप्री ना. खण्डखण्ड वा खोबिल्टैखोबिल्टा पारेर बनाइएको पूजासामग्री हालिने धातुको पात्र।
29723 छाप्री ना. चेपुवा कोलमा पेल्नका निम्ति तोरीको फुलो राख्न चोयाले बुनेको भाँडो; फुलो हाल्ने चोयाको भाँडो; पेचा।
29724 छाप्रो ना. १. खर वा परालले छाएको सानोतिनो घर।
29725 छाप्रो ना. २. वरिपरि सेउलाले बारेर सेउलाले नै छाएको सानो गोठ; घोचा गाडेर बलाहरू राखी त्यसमाथि सेउला र सेउलामाथि धुले पराल हालेर बनाइएको, बस्न हुने कुटी।
29726 छाब्दीबराह ना. तनहुँ जिल्लाको सदरमुकाम दमौलीबाट अढाई कोस पूर्वतिर छाब्दीखोलाका तीरमा स्थित वाराही देवी वा तिनै देवीको मन्दिर।
29727 छाम्नु स.क्रि. १. छालाको स्पर्शको सहायताले कुनै वस्तु वा त्यसको विशेषता पत्ता लगाउनु।
29728 छाम्नु स.क्रि. २. स्पर्श गर्नु वा छुनु।
29729 छाम्नु स.क्रि. ३. छोएर खोजी गर्नु ४. कसैको शक्ति, हालत, ज्ञान, धन आदिको अड्कल लगाएर उसको महत्त्व वा स्तर पत्ता लगाउनु।
29730 छामछाम छुमछुम ना. आँखाले नदेखिने स्थितिमा हातले यताउति छामेर कुनै वस्तु पत्ता लगाउन गरिने काम।
29731 छामछुम ना. छाम्ने काम; छामछामछुमछुम।
29732 छामिनु क.क्रि. छाम्ने काम गरिनु।
29733 छाया ना. १. सूर्यका किरणहरू छेकिएको ठाउँ; रुखपात आदिले सूर्यलाई छेक्दा पर्न गएको ओझेल।
29734 छाया ना. २. बत्तीको प्रकाश छेकिँदा देखापर्ने ओझेल।
29735 छाया ना. ३. ऐना, पानी आदिमा देखापर्ने वस्तुको प्रतिबिम्ब; टक; टलक; टहक।
29736 छाया ना. ४. एक वस्तुको अर्का वस्तुमा पर्न गएको प्रभाव।
29737 छाया ना. ५. नक्कल गरिएको स्थिति; अनुकृति।
29738 छाया ना. ६. जस्ता को तस्तो गरिएको उल्था; दुरुस्त अनुवाद।
29739 छाया ना. ७. मिल्दोजुल्दो अवस्था; सादृश्य।
29740 छाया ना. ८. अँध्यारो; प्रकाशहीन स्थिति।
29741 छाया ना. . आफूभन्दा ठुलाको आश्रय।
29742 छाया ना. १०. सूर्यकी ल्याइते पत्नीको नाम।
29743 छायाकर ना. १. छाता ओढाउने व्यक्ति; छाते।
29744 छायाकर ना. २. छाया पार्ने व्यक्ति; छायादार वस्तु।
29745 छायागणित ना. छायाका सहायताले वा छायाको गुणाङ्कनद्वारा ग्रहहरूको गति थाहा पाइने गणितको एक नियम वा प्रकार।
29746 छायाघटी ना. सूर्यका प्रकाशमा छायाको गुणाङ्कनद्वारा समय पत्तो लगाउन बनाइएको घडी।
29747 छायाघडी ना. घामको छायाबाट समय थाहा पाउन बनाइएको घडी।
29748 छायाङ्कन ना. वस्तुको स्वरूप वा आकार उतार्ने काम; फोटो खिच्ने काम।
29749 छायाङ्कित वि. छायाङ्कन गरिएको।
29750 छायाचित्र ना. १. विशेष प्रकारका काँच, प्लास्टिक आदिका फलेकमा वस्तुको प्रतिबिम्ब पर्दा दुरुस्त स्वरूप देखिई चित्राङ्कित भएको वस्तु।