Dictionary

All Word

29201 छद्मी वि. २. भित्र कपट राखेर बाहिर ठिक्क पर्ने, नक्कली।
29202 छन् अ.क्रि. १. 'हुनु' क्रियाका तृतीय पुरुषको बहुवचनको रूप 'छ' क्रियापदका आदरार्थीमा प्रयोग हुने क्रियापद।
29203 छनक ना. १. एक जनालाई भने झैं पारेर अर्कालाई छेड हान्ने काम, घोचपेच, छेडछाड, व्यङ्ग्योक्ति।
29204 छनक ना. २. आशय इसारा, अभिप्राय, सङ्केत, सुइँको, आभास, प्रतीति, भान।
29205 छनछन ना. १ रुपियाँपैसा आदि गन्दा वा चलाउँदा निस्कने शब्द हातमा लगाइएका चुरा बज्दा निस्कने आवाज।
29206 छनछन ना. क्रि.वि. २. त्यसरी शब्द वा आवाज निस्कने गरी।
29207 छनछनाइ ना. छनछन गरी शब्द निस्कने भाव, क्रिया वा प्रक्रिया।
29208 छनछनाइनु अ.क्रि. छनछन गरी शब्द निस्किनु।
29209 छनछनाउँदो वि. १. छनछन शब्द गर्ने।
29210 छनछनाउँदो वि. २. कुनै किसिमको खोट नभएको; चहकिलो।
29211 छनछनाउ वि. सफासुग्घर, स्वच्छ।
29212 छनछनाउनु अ.क्रि. छनछन हुनु, छनछन शब्द निस्कनु।
29213 छनछनाहट ना. छनछन शब्द गर्ने भाव, क्रिया वा अवस्था।
29214 छनछनाहा वि. छनछन शब्द गर्ने।
29215 छनछनिनु अ.क्रि. छनछन शब्द निस्किनु।
29216 छनछनी क्रि.वि. छनछन गरेर।
29217 छनमन ना. केटाकेटीले रमाइलो मानेर टाउको दायाँबायाँ घुमाउने काम।
29218 छनाइ ना. छान्ने भाव, क्रिया वा प्रक्रिया।
29219 छनाइनु क.क्रि. छान्न लगाइनु, छान्ने पारिनु।
29220 छनाउनु प्रे.क्रि. छान्न लाउनु छान्ने पार्नु।
29221 छनाछन क्रि.वि. १. रुपियाँपैसा आदि गन्दा छनछन शब्द आउने गरी लगातारको छनछन।
29222 छनाछन क्रि.वि. २. गनिगनाउ, खनखन।
29223 छनुवा वि. छानेर बाँकी रहेको; छानेर झिकेको; छानिएको।
29224 छनुवा ना. हातीका अगाडिका खुट्टा जोडेर बाँध्ने डोरी वा साङ्लो।
29225 छनोट ना. छान्ने वा रोज्ने काम, केलाउने काम, छनाइ।
29226 छनोटकर्ता ना. विभिन्न ठाउँमा पठाइएका चिठीपत्र आदि छान्ने काम गर्ने व्यक्ति; छान्ने व्यक्ति।
29227 छनौट ना. हे. छनोट।
29228 छनौटो ना. १. छानिएको वस्तु छानेर छाडिएको वा झिकिएको वस्तु।
29229 छनौटो ना. २. छान्ने भाँडो।
29230 छनौटो ना. वि. ३. राम्रो जति छानिएको, छानेर लिई छुट्ट्याइएको वा बचेको।
29231 छन्कनु अ.क्रि. १. प्रतीत हुनु, भान हुनु, आभास हुनु।
29232 छन्कनु अ.क्रि. स.क्रि. [√ छान् + क+नु] २ हे. छिन्कनु।
29233 छन्काइ ना. छन्कने भाव, क्रिया वा प्रक्रिया।
29234 छन्काइनु क.क्रि. छन्कन लाइनु, छन्काउने पारिनु।
29235 छन्काउनु स.क्रि. / प्रे. क्रि. छनक दिनु वा दिलाउनु।
29236 छन्किनु अ.क्रि. १. छन्कनु।
29237 छन्किनु अ.क्रि. २. छन्कने होइनु।
29238 छन्क्याइ ना. छन्किने भाव, क्रिया वा प्रक्रिया।
29239 छन्चर ना. १. धामीले चिन्ता बस्दा भन्ने शब्द।
29240 छन्चर ना. २. कसैका जिउमा चढ्ने वायवीय वा अलौकिक शक्ति (ज्यादै छटपटिएर यताउति गरिरहने मान्छेलाई छन्चर लागेको ठानिन्छ)।
29241 छन्ती ना. बाँस फुटाएर तयार पारिएको चेप्टो वस्तु भाटो।
29242 छन्तेल ना. नेपालको विशेषगरी धौलागिरि अञ्चलमा बसोबास गर्ने कुनै एक जाति।
29243 छन्द ना. १. यति, गति र लय मिलेको वर्ण, मात्रा आदिको गणनाअनुसार पद्यात्मक रचना गरिने कुनै निश्चत मान वा रूप; त्यसरी गठन हुने विभिन्न किसिमका विशिष्ट वाक्य वृत्।
29244 छन्द ना. २. इच्छा, अभिलाषा।
29245 छन्द ना. ३ छाँट, ढग, चालचलन।
29246 छन्द ना. ४. बन्धन; गाँठो।
29247 छन्दक ना. १. रक्षा गर्ने व्यक्ति, रक्षक।
29248 छन्दक ना. २. वासुदेव।
29249 छन्दक ना. ३. गौतमबुद्धको सारथि।
29250 छन्ददोष ना. छन्दमा वर्ण, मात्रा, यति आदि नमिल्दा भएको दोष, छन्दोभङ्ग।