Dictionary

All Word

28051 छलुवा वि . छल गर्ने; छली।
28052 छलै ना. लडाइँ परेका अवसरमा सरकारलाई आवश्यक परेका छालाका सामानहरू तयार गर्नगराउनका निम्ति छुट्ट्याइएको रकम।
28053 छल्कनु अ.क्रि. आधा गाग्राको पानी हल्लँदा, छचल्किँदा आवाज आउनु; छचल्किनु।
28054 छल्काइ ना. छल्कने किसिम वा क्रिया।
28055 छल्काइनु क.क्रि. छल्कने पारिनु।
28056 छल्काउनु प्रे. क्रि. छल्कने पार्नु।
28057 छल्किनु अ.क्रि. छलछल शब्द निस्कनु; छल्कनु; छचल्किनु।
28058 छल्को ना. छल्कने क्रिया; सानो छाल।
28059 छल्क्याइ / छल्क्याहट ना. छल्किने अवस्था, क्रिया वा प्रक्रिया।
28060 छल्याइ ना. बोक्रा उक्काउने वा छाला काढ्ने किसिम वा क्रिया; छोडाउने वा उधार्ने क्रियाप्रक्रिया।
28061 छल्ल क्रि.वि. १. एकै छालमा ( पानी बग्ने किसिम )।२. जललहरीका साथमा।
28062 छल्ली ना. १. राखिएका तहमध्येको कुनै एक तह; पत्र; तरेली।
28063 छल्ली ना. २. तर; छाली।
28064 छवाइ ना. छाउने क्रिया वा प्रक्रिया; घरका धुरी, पाखा आदिमा खर, पराल छापेर पानी आदि नछिर्ने पार्ने कार्य।
28065 छवाइनु क.क्रि. छाउन लगाइनु।
28066 छवाउनु प्रे. क्रि. छाउन लगाउनु।
28067 छवि ना. १. सूर्यको किरण; आकर्षक शोभा; तेज; सौन्दर्य; प्रभा।
28068 छवि ना. २. छाया।
28069 छवि ना. ३. तस्विर; फोटो; चित्र।
28070 छवि ना. ४. चलचित्र।
28071 छवि ना. ५. रूप; सौन्दर्य।
28072 छविकार ना. फोटो खिच्ने शिल्पी; फोटोग्राफर; क्यामेराम्यान।
28073 छविदर्शक ना. वृत्तचित्र एवं चलचित्र आदि देखाउने यन्त्र (प्रोजेक्टर)।
28074 छसाइ ना. छास्ने किसिम वा क्रिया।
28075 छसाइनु क. क्रि. छास्न लगाइनु; छास्ने पारिनु।
28076 छसाउनु प्रे. क्रि. छास्न लगाउनु; छास्ने पार्नु।
28077 छस्याङछुसुङ/छ्स्राँङछुस्रुङ ना. १. खत्र्याङखुत्रुङ; जेतेमेते; छासछुस। क्रि.वि.
28078 छस्याङछुसुङ/छ्स्राँङछुस्रुङ ना. २. कागत, किताब,खुजुरा वस्तु आदि चलाउँदा असावधानी गर्ने गरी।
28079 छस्याङछुसुङ/छ्स्राँङछुस्रुङ ना. ३. सुकेका पातपतिङ्गर चलाउँदा आवाज आउने किसिमले।
28080 छहरो ना. १. पहाडका खोँचबाट निस्केर पहरामा ठक्कर खाँदै झरेको पानीको प्रवाह; छाँगो; झरना; झर्ना।२. पहिरो जाँदा बग्दै गरेका माटाढुङ्गा आदिको समुदाय।
28081 छहारिलो वि. १. छहारी परेको; ओझेल परेको;छायादार; ओझेलदार ना.
28082 छहारिलो वि. २. छाया परेर गर्मीको अभाव भएको स्थिति वा वातावरण।
28083 छहारी ना. १. झ्याम्म परेको रुख आदिले घामको ज्योति छेलेर भुइँमा पर्न गएको ओझेल;रुख आदिको छाया; छाहारी।
28084 छहारी ना. २. सिँयाल; सँयल।
28085 छाँगो ना. पहाडका अग्ला खोँचबाट पहरो हुँदै तल खसेको जलप्रवाह; झर्ना; छहरो।
28086 छाँट्नु स.क्रि. काटेर, खुर्केर वा उखेलेर धेरै वा असुहाउँदो भएका वस्तुलाई छरितो र सुहाउँदो पार्ने काम गर्नु।
28087 छाँट ना. १. कुनै वस्तुका बनावटको ढाँचा; किसिम; ढर्रा; कट।
28088 छाँट ना. २. लक्षण; सङ्केत; पूर्वाभास।
28089 छाँटकाँट ना. १. काटेर, खुर्केर, उखेलेर धेरै भएको वस्तुलाई ठिक्क र सुहाउँदो पार्ने काम।
28090 छाँटकाँट ना. २. वेशभूषा ठिक्क र छरितो पारी मिलाउने काम।
28091 छाँटकाँट ना. ३. हिँडाइ, बोलाइ, चलाइ आदिको ढर्रा।
28092 छाँटकाँट ना. ४. छाँट।
28093 छाँटछुँट ना. १. छाँटेर, काटेर वा खुर्केर ठिक्क मिलाउने काम। वि.
28094 छाँटछुँट ना. २. त्यसरी मिलाइएको (वस्तु)।
28095 छाँटा ना. १. बौलट्टीपना; सनक।
28096 छाँटा ना. २. अर्थ न बर्थको झोक वा रिस; घुर्की।
28097 छाँटा ना. मास भिजाएर बोक्रा छुट्ट्याई तेल र बेसार दलेर सुकाइएको दाल; बोक्रा फालिएको दाल।
28098 छाँटिनु क.क्रि. छाँट्ने काम गरिनु।
28099 छाँद्नु स.क्रि. १. पशुलाई खुट्टामा बाँध्नु।
28100 छाँद्नु स.क्रि. २. मानिसका पाउमा पर्नु।