Dictionary

All Word

26501 चुम्किनु अ.क्रि. २. हतोत्साह हुनु, निरुत्साहित हुनु।
26502 चुम्क्याइ ना. चुम्किने भाव, क्रिया वा प्रक्रिया।
26503 चुम्क्याइनु क.क्रि. चुमुक्क पारिनु।
26504 चुम्क्याउनु प्रे. क्रि. चुमुक्क पार्नु।
26505 चुम्क्याहट ना. चुमुक्क पर्ने किसिम, वा काम।
26506 चुम्क्याहा वि. चुमुक्क पर्ने खालको।
26507 चुम्बक ना. १. फलामलाई आफूतिर तान्ने आकर्षक तत्त्व विद्युत् शक्तियुक्त पदार्थ। २ अपरकान्तमणि। वि.
26508 चुम्बक ना. ३. चुम्बन गर्ने, म्वाइँ खाने, चुम्बन लिने।
26509 चुम्बक ना. ४. अनुरागी, प्रेमी।
26510 चुम्बकीय वि. चुम्बकमा रहने, चुम्बकसम्बन्धी, चुम्बक प्रशस्त मात्रामा भएको।
26511 चुम्बन/ चुम्बा ना. १. म्वाइँ खाने काम, चुम्बन गर्ने क्रिया।
26512 चुम्बन/ चुम्बा ना. २. स्पर्श, छुवाइ।
26513 चुम्बित वि. म्वाइँ खाइएको।
26514 चुम्बी वि. म्वाइँ खाने (व्यक्ति)।
26515 चुम्मा ना. म्वाइँ, चुम्बन
26516 चुमुक्क क्रि.वि. १. चाउरिएर साँगुरो भएसरि।
26517 चुमुक्क क्रि.वि. २. शक्तिहीन भएर पराश्रयी बन्ने गरी।
26518 चुम्लुङ ना. १. कुनै विचार विमर्शका लागि बसेको सभा।
26519 चुम्लुङ ना. २. विरोध-प्रदर्शन गरिएको जुलुस।
26520 चुर वि. १. रिसले आकुल भएको, क्रोधले आगो भएको।
26521 चुर वि. २. लट्ठ परेको, निस्लोट भएको।
26522 चुर वि. ३. थकाइले साह्रै शिथिल, आलस्य वा निद्राले ग्रस्त। ना.
26523 चुर वि. ४. कुटेर वा पिंधेर धुलोपिठो पारिएको वस्तु।
26524 चुरचुर क्रि.वि. धुलोपिठो हुने गरी।
26525 चुरचुर क्रि.वि. चराचुरुङ्गी आदि कराउँदाको आवाज निस्केर ; चिरचिर।
26526 चुरचुराइ ना. चुरचुर गर्ने क्रिया वा प्रक्रिया।
26527 चुरचुराइनु ना. चुरचुर आवाज निकालिनु।
26528 चुरचुराउनु / चुरचुरिनु अ.क्रि. चराचुरुङ्गी आदिको चुरचुर आवाज निक्लनु।
26529 चुरमुर ना. १. क्रोध वा रिसको आवेग।
26530 चुरमुर ना. २. झुर्रिएका वस्तु धुल्याउँदा आउने आवाज वा ध्वनि।
26531 चुरमुर ना. ३. जुरमुर, जरकमर। वि.
26532 चुरमुर ना. ४. त्रुद्ध, आकुल।
26533 चुरमुरिनु अ.क्रि. चुरमुर हुनु वा पारिनु।
26534 चुरमुऱ्याइ ना. चुरमुरिने भाव, क्रिया वा प्रक्रिया।
26535 चुरमुऱ्याइनु क.क्रि. १. चुरमुरिने पारिनु।
26536 चुरमुऱ्याइनु क.क्रि. २. कुरमुऱ्याइनु।
26537 चुरमुऱ्याउनु स.क्रि. १. सुकेको वा झुरो वस्तु समाएर धुल्याउनु।
26538 चुरमुऱ्याउनु स.क्रि. २. उम्कन नसक्ने गरी समाउनु वा कसेर बाँध्नु, कुरमुऱ्याउनु।
26539 चुरमुऱ्याहट ना. चुरमुऱ्याइ।
26540 चुरा ना. हे. चुरो।
26541 चुराउटे ना. चुरौटे जाति।
26542 चुराचुरी ना. १. सानाठुला चुराहरूको समूह।
26543 चुराचुरी ना. २. चुरा र चुरासमानका अरू गहना।
26544 चुरिँदो वि. १. नुनचर्को।
26545 चुरिँदो वि. २. अत्यन्त रिस उठेको।
26546 चुरिनु अ.क्रि. १. कुनै काम गर्नका निम्ति फुर्ती झिक्नु।
26547 चुरिनु अ.क्रि. २. रिसले भित्रभित्रै जल्नु।
26548 चुरिनु अ.क्रि. ३. सुरिनु।
26549 चुइ ना. चुरिने भाव, क्रिया वा प्रक्रिया।
26550 चुऱ्याइनु क.क्रि. चुरिने पारिनु।