Dictionary

All Word

26201 चिहिऱ्याउनु प्रे. क्रि. चिहिरिने पार्नु।
26202 चिहिऱ्याहट ना. चिहिरिने काम वा प्रक्रिया।
26203 चिलिबिहिल ना. राम्रोसँग लालनपालन र संरक्षण नभएको स्थिति; बिचल्ली, चिल्लीबिल्ली, चिलबिल।
26204 चिह्न ना. १. कुनै वस्तु चिन्न सकिने रूप वा लक्षण, चिनु; चिनो; निसाना।
26205 चिह्न ना. २. ध्वजा।
26206 चिह्न ना. ३. दाग कलङ्क।
26207 चिह्नकारी वि. १. चिह्न लगाउने।
26208 चिह्नकारी वि. २. घाउचोट गराउने।
26209 चिह्नधर / धारी वि. १. कुनै किसिमको चिह्न धारण गर्ने।
26210 चिह्नधर / धारी वि. २. दागी, कलङ्की।
26211 चिह्नित वि. चिह्न लागेको, चिह्नयुक्त, चिनु भएको।
26212 ची प्रत्य. प्रातिपदिक शब्दका अन्तमा लागेर विशेषण पद एक प्रत्यय (कानची, नगर्ची, तबलची इ.)।
26213 चीँ ना. १. साना नानीले आँखा चिम्लने काम, चिउँ; सुताइ, निद।
26214 चीँ ना. २. ससाना नानिलाई सुत्ने कुरा बुझाउन प्रयोग गरिने शब्द; निनी।
26215 चीँ चीँ ना. १. मसिना चराचुरुङ्गी कराएको शब्द, चराचुरुङ्गीको कराइ। क्रि.वि.
26216 चीँ चीँ ना. २. दुधे बालक कराए झैँ वा बचरा चिरचिराए गरी।
26217 चीँ मुसी ना. केटाकेटीहरूले हातमाथि हात राखी चिम्टिएर खेल्ने बालखेल।
26218 चीज ना. हे चिज।
26219 चीज ना. हे चिज।
26220 चीड ना. हे. चिड।
26221 चीत्कार ना. ठुलो र चर्को स्वरले अताल्लिएर कराउँदाको आवाज; पीडाले भरिएको चिच्याहट।
26222 चीन ना. नेपालदेखि उत्तरतिर रहेको, दक्षिणपूर्व एसियाको एक प्रसिद्ध ठुलो देश।
26223 चीनांशुक ना. चीनमा बनेको रेसमी कपडा, चिनियाँ रेसमी कपडा।
26224 चीना ना. हे चिना१।
26225 चीनी वि. हे. चिनी १।
26226 चीफ वि. हे. चिफ।
26227 चीर ना. १. कपडा, वस्त्र।
26228 चीर ना. २. कपडाको धरो, वस्त्रको टुक्रा।
26229 चीर ना. ३. बौद्ध भिक्षुहरूले लगाउने गेरुवा वस्त्र। ४ फागुन शुक्ल अष्टमीका दिन काठमाडौँको वसन्तपुरमा लिङ्गो गाडेर टाँगिने कपडाको धजा।
26230 चीर ना. ५. तिनै धजाहरू टाँगिएको लिङ्गो।
26231 चीरहरण ना. १. कृष्णले गोपिनीहरूको वस्त्र लुकाइदिएको प्रसङ्ग भएको एक प्रसिद्ध लीला।
26232 चीरहरण ना. २. कपडा हरण गर्ने काम।
26233 चील वि. हे. चिल।
26234 चीवर ना. १. वस्त्र, कपडा।
26235 चीवर ना. २. बौद्ध सन्न्यासीहरूले माथिल्लो अङ्गमा लगाउने एक प्रकारको कपडा।
26236 चीवरी ना. १. चीवर लगाउने व्यक्ति।
26237 चीवरी ना. २. बौद्ध भिक्षु, बौद्ध सन्न्यासी।
26238 चीवरी ना. ३. भिक्षुक।
26239 चूँ ना. १. मुसा, छुचुन्द्रा आदि कराएको शब्द।
26240 चूँ ना. २. चराचुरुङ्गीहरू कराएको आवाज।
26241 चूँ ना. ३. केही पनि बोल्न वा गर्न नसकिने स्थिति; चुँ।
26242 चूँ चूँ ना. मुसा, छुचुन्द्रा, चराचुरुङ्गी आदि लगातार कराएको शब्द।
26243 चुक्क क्रि.वि. १. सानो स्वरमा कसैसँग खुसुक्क भन्न खोजे, डर वा सङ्कोचले केही बिस्तारै बोल्ने गरी। ना.
26244 चुक्क क्रि.वि. २. मुसाको कराइ, मुसो कराउँदाको आवाज।
26245 चुँगी ना. सहरी क्षेत्रमा बाहिरबाट आउने मालसामानमा लाग्ने वा लिइने महसुल स्थानीय चुङ्गी।
26246 चुँगो ना. १. पानी वा तरल पदार्थ हालिने बाँसको भाँडो।
26247 चुँगो ना. २. रद्दी खालका धातुको पुरानो भाँडो।
26248 चुँड्नु स.क्रि. कुनै वस्तुलाई छिनालेर दुई टुक्रा पार्नु; चुँडाल्नु।
26249 चुँडाइ ना. चुँड्ने भाव, क्रिया वा प्रक्रिया।
26250 चुँडाइनु क.क्रि. चुँड्न लगाइनु।