Dictionary

All Word

26101 चिल आँखे वि. चिलका जस्ता आँखा भएको; चिल जस्तै सिकार झम्टन तत्पर रहेजस्तो हिंसक आँखा भएको।
26102 चिलको आहारा ना. हाँस, कुखुरा आदिलाई गाली गर्ने बोली।
26103 चिलगाडी ना. आकाशमा उड्ने चिलजस्तो गाडी, हवाईजहाज।
26104 चिलगोजा ना. हे. चिरगोजा।
26105 चिलचिल क्रि.वि. १. जुम्रा, कमिला आदि टोकेजस्तो गरी।
26106 चिलचिल क्रि.वि. २. छाला खसखसाउने किसिमले; कन्याउने इच्छा हुने गरी; सगसगाएर।
26107 चिलचिलाइ ना. चिलचिलाउने क्रिया, भाव वा प्रक्रिया।
26108 चिलचिलाइनु क.क्रि. चिलचिलाउने पारिन सगसगाइनु।
26109 चिलचिलाउनु अ.क्रि. शरीरमा हलुका किसिमले वा एकै चोटि धेरैतिर चिलाउनु, केही हिँड्दा, रगरगाउँदा वा थोरै कोक्याउने कुरो खाँदा छालाबाहिर वा घाँटीमा चिलचिल हुनु, सगसगाउनु।
26110 चिलचिलाहट ना. चिलचिलाउने भाव, क्रिया वा अवस्था।
26111 चिलन्धर वि. फाटेर चिया चिथ्रा भइसकेको पातलो र छुनेबित्तिकै च्यात्तिने, झुत्रोझाम्रो र मकिएको (कपडा)।
26112 चिलबिल ना. १. कुनै कुरा बिग्रिएर वा नासिएर हेर्ने नसकिने भएको स्थिति; चिल्लीबिल्ली, बिचल्ली।
26113 चिलबिल ना. २. आपत् - विपत्को स्थिति चिहिलबिहिल।
26114 चिलबिलाइ ना. चिलबिलाउने भाव, क्रिया वा प्रक्रिया।
26115 चिलबिलाइनु क.क्रि. चिलबिल गरिनु।
26116 चिलबिलाउनु अ.क्रि. चिलबिल हुने स्थिति पर्नु, बिचल्ली हुनु।
26117 चिलाइ ना. १. चिल्ने भाव, क्रिया वा प्रक्रिया।
26118 चिलाइ ना. २. चिलाउने भाव, क्रिया वा प्रक्रिया।
26119 चिलाइनु क.क्रि. १. चिल्न लगाइनु, चिल्ने पारिनु।
26120 चिलाइनु क.क्रि. २. चिलाउने पारिनु।
26121 चिलाउनु अ.क्रि. १. शरीरको छाला सकसकाएर वा रगरगाएर असजिलो अनुभव हुन्, त्यसरी असजिलो अनुभव हुँदा नङ आदिले कनाउन मन लाग्नु, चिलचिलाउनु।
26122 चिलाउनु अ.क्रि. २. खर्च गरिहालूँ भन्ने इच्छा हुनु, खर्च गर्ने इच्छा जागेर आउनु (जस्तो- हात चिलाउनु, पैसा चिलाउनु इ.)।
26123 चिलाउनु अ.क्रि. 3. पिट्न मन लाग्नु (जस्तो- हत्केला चिलाउनु।
26124 चिलाउनु अ.क्रि. ४. यौनलिप्सा हुनु।
26125 चिलाउने ना. १. लाम्चा पात हुने, बोक्रा, सैस परेको, पहेँला फूल फुल्ने र अमलाका जस्ता बाटुला फल फल्ने, ठुलो र अति साह्रो काठ हुने एक जातको रुख। वि.
26126 चिलाउने ना. २. चिलाउने वस्तु रहेको वा भएको।
26127 चिलाउने रोग ना. चर्मरोग; लुतो।
26128 चिलाचिल ना. परस्परमा वा एकले अर्कोलाई चिल्ने काम।
26129 चिलाहा वि. चिलाउने वा चिल्ने स्वभाव भएको।
26130 चिलिम ना. भित्रपट्टि तमाखु, कक्कड़ आदि हाली मास्तिर आगाले सल्काएर हुक्कामा राखी खाइने वा भेट्नामा पात, धुस्नु आदि हालेर तानिने माटाको कचौरा वा कुल्फीजस्तो भाँडो, ठुलो सुल्फा।
26131 चिलिम च्वाँट ना. नहुने वा रित्तिने अवस्था, खर्च हुने स्थिति, धोती न टोपीको चाल।
26132 चिलिमे ना. विशेष गरी हिमाली भेकमा पाइने तामेढुकुरजस्तो एक जातको चरो।
26133 चिलेसाचिलेसी ना. [सानाठुला धेरै चिलेसाको समूह।
26134 चिसो ना. चामल, पिठो आदि अन्नभित्रै जन्मिएर हुर्कने, सेतो रङको र गहुँको चाहिँ कालो वा रातो रङको पनि हुने सानो किरो; चिल्सो; चिलेसो।
26135 चिलो ना. १. चारैतिर छापिएर रहने जुम्रा, भुसुना आदि किराहरूको गुन्द्रो छापो।
26136 चिलो ना. २. गहुँ, जौ आदि अनाजको भुस।
26137 चिल्के ना. ढुङ्गामा टाँसिएर रहने, ऐना जस्तै चिल्ल टल्कने वस्तु अभ्रक।
26138 चिल्को ना. १. चराचुरुङ्गी आदिको प्वाँख नउम्रेको बच्चो।
26139 चिल्को ना. २. साह्रै सानो आकारको वस्तु।
26140 चिल्थो वि. १. फाटेर झुत्रो भइसकेको, थोत्रो काममा आउन नसक्ने अवस्थाको। ना.
26141 चिल्थो वि. २. झुत्रो कपडा, कागत आदि वस्तु।
26142 चिल्ल क्रि.वि. बारुलो, अरिङ्गाल, बछ्‌युँ आदि उड्ने किराले चिल्दा दुख्ने, पोल्ने वा डहने गरी।
26143 चिल्लर ना. पसिनाबाट उत्पन्न भई कपालमा वा लगाएका लुगामा टाँसिएर रहने मसिनो किरो; जुम्रो।
26144 चिल्लाइ ना. चिल्लाउने क्रिया वा प्रक्रिया।
26145 चिल्लाइनु क.क्रि. चिच्च्याइनु, ठुलो र चर्को स्वरले कराइनु।
26146 चिल्लाउनु अ.क्रि. ठुलो स्वरले कराउनु, चिच्च्याउनु।
26147 चिल्लाहट ना. चिल्लाउने भाव, क्रिया वा स्थिति।
26148 चिल्ली वि. १. चिल्लो वर्ण भएकी, चिल्लो घसेकी।
26149 चिल्ली वि. २. मुखले मिठा कुरा गर्ने। ना. [सं. चिल्ल + ई]
26150 चिल्ली वि. ३. चिलले जस्तै धेरै केटाकेटी वा गाईबस्तुले घेरेर व्याकुल पारेको स्थिति।