Dictionary

All Word

26051 चिराचिरा क्रि.वि. ३. त्यसरी काटिएका चिराको समूह; चिराचिरी।
26052 चिराचिरी ना. सानाठुला धेरै चिराको समूह।
26053 चिरानी ना. १. काठ आदि चिर्ने काम, कुनै वस्तुलाई चिरा पार्ने काम, चिराइ।
26054 चिरानी ना. २. त्यसरी चिरेको ज्याला वा मजदुरी।
26055 चिराफारा ना. १. थानबाट च्यातेर बाँकी रहन गएका ससाना टुक्रे कपडा, टुक्राटाक्री।
26056 चिराफारा ना. २. चिरफार।
26057 चिरायु वि. १. धेरै कालसम्म बाँचिरहने, चिरञ्जीवी। ना.
26058 चिरायु वि. २. लामो आयु दीर्घायु।
26059 चिरिनु अ.क्रि. १. चिरो हुनु, चिरो पर्नु।
26060 चिरिनु अ.क्रि. २. धाँजो पर्नु वा फाट्नु। स.क्रि.
26061 चिरिनु अ.क्रि. ३. अर्कालाई नराम्रो हुने वा मन नपर्ने गरी बेसरी खान, लतार्नु, घिच्नु।
26062 चिरिक्क क्रि.वि. १. कुनै वस्तु चर्कने वा चिरिने गरी।
26063 चिरिक्क क्रि.वि. २. कमिला, उपियाँ आदिले टोक्दा दुखे।
26064 चिरिक्क क्रि.वि. ३. चहऱ्याउने गरी।
26065 चिरिक्क क्रि.वि. ४. अम्बा, अमला, नास्पाती आदिलाई दाँतले टोक्दा त्यस्तो हुने गरी।
26066 चिरिङ्गीकार ना. एकजातको झारविशेष।
26067 चिरिच्याट्ट / चिरिच्याट्ट क्रि.वि. १. राम्रो र छरितो हुने किसिमले चिटिक्क; छरिछट्ट। वि. २ सजिसजाउ सुन्दर, राम्रो, टिपटप (अ.); च्वाँक।
26068 चिरिभ्याउँ ना. सानो सिउर हुने एक जातको चरो।
26069 चिरिबिरी ना. गौंथली, भँगेरा आदि कराउँदा आउने आवाज।
26070 चिरिबिरे वि. १. चिरिबिरी आवाज निकाल्ने।
26071 चिरिबिरे वि. २. कराइरहने हल्ला गर्ने।
26072 चिरुवा वि. चिरिएको; चिरा परेको; चिरेको।
26073 चिरुवादार ना. घोडाको हेरचाह, सेवा-शुश्रूषा आदि गर्ने मानिस, सइस।
26074 चिरो (चिरा ति रू.) ना. १. चर्चरी चिरिएको ठाउँ, चर्किएर वा फुटेर चिरा परेको ठाउँ, धाँजो।
26075 चिरो (चिरा ति रू.) ना. २. चिरा पारेर काटिएको सग्लो टुक्रो।
26076 चिरौंजी ना. रहरका दानाजस्तो खाँदा बदामको जस्तो स्वाद हुने, एक प्रकारको खाने मसलाविशेष।
26077 चिर्कटो ना. चिथडो, भुत्रो चिट।
26078 चिर्कटो ना. १. काठ, बाँस आदि काट्दा वा ताछ्ता झरेका ससाना टुक्रा, काटिएको वा चिरिएको सानो टुक्रो।
26079 चिर्कटो ना. २. सम्झिराख्नका लागि छोटकरीमा टिपिएको टिपोट त्यसरी टिपिएको कागतको टुक्रो।
26080 चिर्को ना. १. आकाशमा बिजुली चम्कँदा पर्ने वज्रपात, चट्याङ।
26081 चिर्को ना. २. आपत्ति पर्ने खालको घटना।
26082 चिर्को ना. ३. ठुलो झगडा।
26083 चिर्को ना. ४. चिच्च्याउँदाको चर्को स्वर।
26084 चिर्घट ना. मरेका मानिसलाई जलाउन घाटमा लैजाँदा बेरेर लाने कपडा, मुर्दा बेर्ने कपडा, कात्रो।
26085 चिर्पट ना. १. दलिनमाथि माटो अड्याउनका निम्ति छापिने चेप्टो दाउरा, फलेक आदि।
26086 चिर्पट ना. २. चिरा परेका ससाना काठ वा दाउरा।
26087 चिटी ना. घिरौंलाका आकारको एक जातको काँक्रो, घिरौंले काँक्रो, ककरी।
26088 चिऱ्याइ ना. चिरिने क्रिया वा प्रक्रिया।
26089 चिऱ्याइनु क.क्रि. पेट चर्कने गरी खुवाइनु, कोचाइनु।
26090 चिऱ्याउनु प्रे. क्रि. मन नपरीकन पेट चर्कने गरी खुवाउनु, कोचाउनु; घिचाउनु।
26091 चिऱ्याहट ना. चिऱ्याउने क्रिया, भाव वा प्रक्रिया।
26092 चिर्र क्रि.वि. १. गौंथली, धोबिनी, भँगेरा आदि मसिना चराचुरुङ्गी कराए झैँ गरी।
26093 चिर्र क्रि.वि. २. मसिना काठ, बाँस आदिका टुक्राटाक्री भाँचिदा आवाज आए झैँ ।
26094 चिर्सिनु अ.क्रि. अत्यास वा हडबडीमा चर्को स्वरले कराउनु, आत्तिएर चिच्च्याउनु, चीत्कार गर्नु।
26095 चिर्स्याइ ना. चिर्सिने भाव, क्रिया वा प्रक्रिया।
26096 चिर्स्याइनु क.क्रि. चिर्सिने पारिनु।
26097 चिर्स्याउनु प्रे. क्रि. चिर्सिने पार्नु।
26098 चिर्स्याहट ना. चिर्सिने काम वा प्रक्रिया।
26099 चिल्नु स.क्रि. कमिलो, बारुलो, मौरी, अरिङ्गाल आदि किराले खिल गाडिने गरी वा सामान्य रूपले टोक्नु, डस्नु।
26100 चिल ना. आकाशमा माथि माथिसम्म कावा खाँदै उडिरहने एक हिंसक पक्षी।