Dictionary

All Word

25951 चिबे / चिमे नकटी ना. धेरै पुरुषका बिचमा रहने वा पुरुषको सङ्गत बढी मन पराउने आइमाई।
25952 चिबे / चिमे नकटो ना. धेरै आइमाईका बिचमा रहने वा आइमाईको सगत बढी मन पराउने पुरुष।
25953 चिम ना. १. लालटिन, लम्फा आदिका दीपशिखाको वरिपरि लगाइने काँचको अवयव वा ढकनी, बिजुलीको बल्ब, गुलुप।
25954 चिम ना. २. आगोबाट निस्किएको धुवाँ बाहिर पठाउन बनाइएको निकास; ठुलो ढुङ्ग्रो, घरको छानामाथि वा इन्जिनयुक्त यन्त्रहरूमा धुवाँको निकासका निम्ति बनाइने ढुङ्ग्रोका आकारको अवयव।
25955 चिम ना. ३. आलो बाँस फोरेर एउटा भाटो अर्कोसित नअलग्गिने गरी बनाइएको बेर्ने वा ओछ्याउने साधन।
25956 चिमचिम क्रि.वि. शारीरिक दोष वा रोगले आँखा छिटछिटै खुल्ने - चिम्लने गरी, आँखा झिमझिम हुने गरी।
25957 चिमचिमे वि. बारम्बार आँखा चिमचिम गरिरहने बानी परेको, आँखा चिमचिमाइरहने।
25958 चिमट्नु स.क्रि. चिमोट्नु।
25959 चिमटाइ ना. चिमोटाइ।
25960 चिमटाइनु क.क्रि. चिमोटाइनु।
25961 चिमटाउनु प्रे. क्रि. चिमोटाउनु।
25962 चिमटिनु क.क्रि. चिमोटिनु।
25963 चिमाली / चिमालो ना. सेता फूल फुल्ने एक प्रकारको गुराँसको रुख वा त्यसको फूल।
25964 चिमोट्नु स.क्रि. १. बुढी औंला र चोर औँलाका टुप्पाले केही कुरालाई वा शरीरको छालालाई च्याप्नु वा जोरसँग अँठ्‌याउनु; चिट चिट्नु।
25965 चिमोट्नु स.क्रि. २. मितव्ययी हुनु, कमखर्ची हुनु।
25966 चिमोटाइ ना. चिमोट्ने क्रिया वा प्रक्रिया।
25967 चिमोटाइनु क.क्रि. चिमोट्न लाइनु।
25968 चिमोटाउनु प्रे. क्रि. चिमोट्न लाउनु, चिमटाउनु।
25969 चिमोटिनु क.क्रि. चिमोट्ने काम गरिनु, चिमोटाइमा पारिनु।
25970 चिम्टा ना. धातुका दुई पातला लामा टुक्रालाई चलाउन हुने गरी एक छेउमा जोडेर बनाइएको, आगो वा कुनै चिज झिक्ने, निकाल्ने वा टिप्ने दुईचोसे साधन।
25971 चिम्टाकाँटी ना. स्वास्नीमानिसहरूको केश च्याप्ने चुच्चे चिम्टी।
25972 चिम्टिनु स.क्रि. १. १ चिम्टीमा लिनु
25973 चिम्टिनु स.क्रि. २. अ.क्रि.
25974 चिम्टिनु स.क्रि. २. चिम्टीमा आउनु।
25975 चिम्टिनु स.क्रि. ३. चाम्रो हुनु।
25976 चिम्टी ना. १. छालामा बिकेको काँडो झिक्ने सानो दुइचोसे साधन।
25977 चिम्टी ना. २. गहना बनाउँदा धातुका ससाना टुक्रा टिप्ने वा घडी, रेडियो आदि बनाउँदा ससाना पुर्जा टिप्ने काममा प्रयोग गरिने सानो हाते चिम्टा।
25978 चिम्टी ना. ३. चिउँटी।
25979 चिम्टी ना. ४. स्वास्नीमानिसहरूले केश टिप्नका लागि प्रयोग गर्ने धातुका ससाना चिम्टा, सेप्टी।
25980 चिम्टे वि. १. चिम्टाको आकारको, चिम्टाजस्तो; चिम्टाले समात्ने।
25981 चिम्टे वि. २. अत्यन्त लोभी, लालची, छुच्चो।
25982 चिम्टे वि. ३. चिम्टा लिएर हिँड्ने।
25983 चिम्टे वि. ४. चिमोट्न पर्ने खालको कडा (माटो)। ना.
25984 चिम्टे वि. ५. जोगी।
25985 चिम्ट्याइ ना. चिम्टिने क्रिया वा प्रक्रिया।
25986 चिम्टयाइनु क.क्रि. चिम्टीमा लिइनु।
25987 चिम्ट्याइलो वि. चिम्ट्याहा।
25988 चिम्टयाउनु प्रे. क्रि. चिम्टिन लगाउनु, चिम्टिने पार्नु।
25989 चिम्ट्याहा वि. पानीले चाँडै गलाउन नसक्ने खालको कडा; चिम्टे (माटो इ.)।
25990 चिम्नी ना. १. इन्जिन, चुलो आदिको धुवाँ बाहिर निकाल्ने गरी राखिएको ढुङ्ग्रो, धुवाँकस।
25991 चिम्नी ना. २. चिम; बल्ब।
25992 चिम्पान्जी ना. अफ्रिका महादेशमा पाइने काला रौं र लामा-लामा कन्पट हुने तथा निकै चलाक बनमान्छे।
25993 चिम्म क्रि.वि. आँखा पुरै बन्द गर्ने वा बन्द हुने गरी।
25994 चिम्रे वि. १. आँखा चिम्रो भएको।
25995 चिम्रे वि. २. नेत्ररोगले गर्दा आँखा मुस्किलसँग उघार्ने वा आँखामा कचेरा भरिरहने, चिप्रे; कचेरे।
25996 चिम्रो वि. प्राकृतिक रूपले वा मानसिक संवेगका कारणले दुइवटै वा एउटा मात्र भए पनि आँखा केही सानो भएको; चिम्सो।
25997 चिम्लनु स.क्रि. १. पलक मार्नु, आँखा बन्द गर्नु, झिमिक्क गर्नु।
25998 चिम्लनु स.क्रि. २. वास्ता नगर्नु, परिणामको ख्याल नगर्नु।
25999 चिम्लनु स.क्रि. 3. मर्नु।
26000 चिम्लाइ ना. चिम्लने भाव, क्रिया वा प्रक्रिया।