Dictionary

All Word

25801 चित्रित वि. २. चित्रकारिता भएको।
25802 चित्रित वि. ३. कुनै कुराको चित्रण गरिएको ( कथात्मक साहित्यमा )।
25803 चित्रीकरण ना. १. विभिन्न रङले रँगाउने कार्य; चित्रित गर्ने क्रिया, सजाउने काम।
25804 चित्रीकरण ना. २. आश्चर्य।
25805 चित्रे वि. १. चित्रोको जस्तो बनौट भएको ( राडी, पाखी आदि)। ना.
25806 चित्रे वि. २. राडीका दुइखाले (चित्रे र मान्द्रे) बुनोटमध्ये एक।
25807 चित्रे डोको ना. माथि बिट नभएको वा फाट्न लागेको डोको।
25808 चित्रे बन्सो ना. गाईबस्तुलाई खुवाइने, चित्रो झैँ फैलिने घाँसविशेष।
25809 चित्रे बादल ना. निलो भुइँमा चित्रा जस्तै डोरा डोरा परेको देखिने बादलको आकृति।
25810 चित्रे मेसो ना. चित्राको जस्तै बुनोट, बुनाइको सजिलो तरिका, बुनाइको मान्द्रेमे सोभन्दा भिन्न मेसो।
25811 चित्रो ना. अन्नको भकारी बनाउन वा बार्न बाँस, निगालो आदिका मोटा मसिना चोयाद्वारा सादा तरिकाले बुनेर तयार पारिएको मान्द्रोजस्तो ठुलो पातो; एक प्रकारको भकारी।
25812 चित्लांगे / चित्लाडे वि. १. चितलाङमा हुने, पाइने वा बस्ने (मुला, आलु, मानिस इ.)। ना.
25813 चित्लांगे / चित्लाडे वि. २. बर्खायाममा खेतमा हुने पिरो जातको एक झार; गाईतियारे।
25814 चित्स्वरूप ना. १. परमात्मा ईश्वर। वि.
25815 चित्स्वरूप ना. २. ईश्वरीय।
25816 चियर्नु स.क्रि. हे. चिथोर्नु।
25817 चिथराइ ना. हे चिथोराइ।
25818 चिथराइनु क.क्रि. चिथोराइनु।
25819 चिथराउनु प्रे. क्रि. चिथोराउनु।
25820 चिथोर्नु स.क्रि. कोपर्नु, कोतर्नु, दाँत, नङ आदिले ताछ्नु फहराउनु, दाहनु, दार्नु।
25821 चिथोराइ ना. चिथोर्ने क्रिया, भाव वा प्रक्रिया।
25822 चिथोराइनु क.क्रि. कोपराइनु।
25823 चिथोराउनु प्रे. क्रि. चिथोर्न लाउनु वा लगाउनु।
25824 चिथोराचिथोर ना. झगडा आदिमा एकले अर्कालाई चिथोर्ने काम; आफू आफूमा चिथोर्ने काम।
25825 चिथोरिनु स.क्रि. कोपरिन, कोतरिनु।
25826 चिथ्रो ना. मक्किएर थोत्रिएको लुगा, झुत्रो थाङ्नो फ्याङ्लो, चिल्यो, चिल्या, कन्या, च्याङ्लो, चिथडो।
25827 चिदाकाश ना. चैतन्याकाश; व्यापक ब्रह्म।
25828 चिदाभास ना. सांसारिक वासनामा लिप्त जीव।
25829 चिद्रूप ना. शुद्ध चैतन्य रूप, चिन्मय।
25830 चिद्विलास ना. चैतन्यस्वरूप ईश्वरको माया।
25831 चिन्नु, स.क्रि. चाङ लगाउनु, गारो लगाउनु, निर्माण गर्नु।
25832 चिन्नु, स.क्रि. १. परिचय पाउनु, ठम्याउनु, जान्नु; पहिचान्नु।
25833 चिन्नु, स.क्रि. २. पारख गर्नु; निक्यौल गर्नु।
25834 चिन्नु, स.क्रि. ३. अनुभवद्वारा पाउनु।
25835 चिनजान ना. परिचय; जान-पहिचान, चिनाजान; चिनापर्ची, चिन्हारी।
25836 चिना ना. १. दुबाका जस्ता लामा-लामा पात र बन्साका जस्ता कुप्पादार फूल हुने एक प्रकारको सानो भार।
25837 चिना ना. २. त्यसैका दाना वा फल, एक जातको कागुनु।
25838 चिना२ ना. ज्योतिषशास्त्रअनुसार मानिसको जन्मका समयको ग्रहनक्षत्रहरूको स्थिति र तिनीहरूको आपसी सम्बन्ध (जसको आधारमा मानिसको भाग्यको निर्णय गरिन्छ) बारे लेखिएको कुण्डली आदिसमेत भएको कागज, जन्मपत्रिका ; जन्मकुण्डली; चिन्हा, टिप्पन।
25839 चिनाइ ना. चिन्ने भाव, क्रिया वा प्रक्रिया।
25840 चिनाइनु क.क्रि. चिनारी गराइनु।
25841 चिनाउनु प्रे. क्रि. १. चिनारी गराउनु, परिचय गराउनु, पहिचान गराउनु।
25842 चिनाउनु प्रे. क्रि. २. घर वा पर्खाल आदिका गाह्रो चिनाउनु वा चिन्न लगाउनु।
25843 चिनाकठी/ चिनाकाठी / चिनकट्ठी ना. पुरानो चलनअनुसार घर, जग्गा आदि नाप्ने कामका निम्ति बनाइएको चौबिस अमल वा एक हातको काठको नापो।
25844 चिनाजान ना. चिनजान; परिचय।
25845 चिनाजानी ना. चिन्नेजान्ने काम; चिनजान।
25846 चिनापर्ची ना. कुनै व्यक्ति वा विषयका सम्बन्धमा राम्रो परिचय वा जानकारी प्राप्त गर्ने काम; परिचय।
25847 चिनारी ना. चिनजान, चिन्हारी।
25848 चिनारु वि. चिनजानको चिनजान भइसकेको, परिचित, चिनेको, चिन्हारु।
25849 चिनिनु क.क्रि. परिचय पाइनु, पहिचानिनु।
25850 चिनियाँ वि. चीन देशसँग सम्बन्ध भएको; चीन देशको; चीनमा पाइने; चीनी।