Dictionary

All Word

25851 चिनियाँ गुराँस ना. चियाको फूलमा मिश्रण गरी सुधार गरिएको, बास्ना नआउने, विभिन्न रङ्गमा फुल्ने एक प्रकारको गुराँसको फूल।
25852 चिनियाँ गुलाफ ना. चिनियाँ गुराँस।
25853 चिनियाँ चम्पा ना. मधुर, शीतल र सुगन्धयुक्त डल्लो आकारको एक प्रकारको फूलविशेष, चीनीचम्पा।
25854 चिनियाँ च्यान्टा ना. एक प्रकारको च्यान्टे वा पुड्के घोडा।
25855 चिनियाँ ताप्के ना. पिँधभन्दा मुख केही सानो भई ठाडो बिट भएको, भित्रपट्टि रासायनिक मुलम्मा लगाइएको र समाउने हातोसमेत भएको धातुको ताप्के।
25856 चिनियाँ धान ना. अनदी धान।
25857 चिनियाँ फूल ना. सयपत्रीका जस्तै पात हुने एक जातको फूल।
25858 चिनियाँ भटमास ना. काला गेडा र सेता बोक्रा हुने एक जातको भटमास।
25859 चिनियाँ माटो ना. विशेष प्रकारको माटो, दर्सिनढुङ्गा, फिल्सपार आदिबाट बनाइने कडा, सेतो रङको ज्यादै मिही एक प्रकारको माटो ( पोर्सिलेन )।
25860 चिनियाँ लिपि ना. अलग-अलग शब्दका लागि भिन्नाभिन्नै चिह्न हुने एक प्रकारको लिपि; शब्द लिपि; चित्रलिपि।
25861 चिनी वि. हे चिनियाँ।
25862 चिनी ना. १. उखु पेलेर वैज्ञानिक प्रविधिबाट तयार गरिएको, गुलियो, सेतो धुलो वा चूर्ण। वि.
25863 चिनी ना. २. चीनसम्बन्धी, चिनियाँ, चीनको।
25864 चिनीमल ना. हेर्दा चिनी जस्तै देखिने एक प्रकारको रासायनिक मल (एमोनियम सल्फेट, युरिया आदि)।
25865 चिनी रोग ना. रगतमा गुलियो तत्त्व बढ्नाले पिसाप बढी हुने र पिसापबाटै पोषक तत्त्व बग्ने एक प्रकारको रोग, मधुप्रमेह, प्रमेह, मधुमेह।
25866 चिनी रोटी ना. तीन खण्डमा दुई खण्ड पिठो र एक खण्ड चिनी मिसाई केराको पातमा मुछेर पातलो पारी घिउमा पकाइने एक किसिमको स्वादिष्ट रोटी, अनर्सा, अनरसा।
25867 चिनु ना. १. सम्झनाका रूपमा रहने कुनै कुरा वा वस्तु, चिनो, चिह्न, लक्षण।
25868 चिनु ना. २. सम्झौटो, स्मारक, यादगार।
25869 चिनु ना. ३. कुनै कुरालाई देखाउन सङ्केत गर्न लगाइने कुनै रेखा वा बिन्दु; निसाना।
25870 चिनुक ना. १. अमेरिकाको रकी पवर्तबाट हिउँद याममा तलतिर बहने न्यानो र शुष्क वायु।
25871 चिनुक ना. २. अमेरिकामा विभिन्न आदिवासीका भाषा मिसिएर विकसित भएको एक अनौठो खिचडी भाषा ( चिनुक - जार्गन)।
25872 चिनुबान / चिनुबानो ना. हे. चिनोबानो।
25873 चिनो ना. १. चिनु, चिह्न, निशाना।
25874 चिनो ना. २. एक खाद्यान्नविशेष।
25875 चिनोबानो ना. १. अवशेष।
25876 चिनोबानो ना. २. देवस्थलमा चढाइएको कुनै वस्तु।
25877 चिन्डे ना. १. एउटै भेट्नामा छ- सातवटा लामा-लामा पात हुने, एक लेकाली वृक्ष, तरकारी वा अचारका रूपमा खाइने त्यसैका कलिला मुना। वि.
25878 चिन्डे ना. २. चिन्डा आकारको।
25879 चिन्डो ना. १. माटाको भाँडोविशेष।
25880 चिन्डो ना. २. लौका, फर्सी आदि झैँ लहरामा फल्ने, पेट फुकेको, घाँटी सानो भई लामो हुने, तुम्बाका जातको एक फल, डल्ले लौको।
25881 चिन्तन ना. विचार, बिम्ब, प्रतीक आदिका सहायताले कुनै विषय वा समस्याको मनमनै समाधान गर्ने प्रक्रिया, विभिन्न विचार, स्थिति र घटनाका बिचको पारस्परिक सम्बन्ध खोजी गर्ने मानसिक कार्य, गम्भीर रूपले सोचेर प्रश्नको समाधान निकाल्ने प्रक्रिया, चिन्तना।
25882 चिन्तनप्रधान वि. गहिरोसँग सोचविचार गरिएको, मुख्य रूपमा चिन्तन भएको, चिन्तनको प्राधान्य भएको, चिन्तनलाई नै मुख्य मान्ने।
25883 चिन्तनभूमि ना. चिन्तनको खास क्षेत्र।
25884 चिन्तनमनन ना. कुनै वस्तु व्यक्ति वा कुराका सम्बन्धमा बारबार गम्भीरतासाथ सोच्ने - गुन्ने क्रिया, गहन चिन्तन।
25885 चिन्तनशील वि. चिन्तन गर्ने; विचारशील; मननशील।
25886 चिन्तना ना. चिन्तन।
25887 चिन्तनीय वि. चिन्तन गर्न योग्य; चिन्तन गर्नुपर्ने।
25888 चिन्ता ना. १. पिर, सुर्ता; फिक्री परवाह, ध्याउन्ना।
25889 चिन्ता ना. २. चिन्तन, विचार।
25890 चिन्ता ना. ३. धामीले रोग वा दोष छुट्ट्याउन ढ्याङ्ग्रो ठटाएर गर्ने क्रियाकलाप; धमेली।
25891 चिन्ता ना. ४. साहित्यशास्त्रका अनुसार एक सञ्चारी भाव।
25892 चिन्ताकुल वि. चिन्तामा डुबेको चिन्ताले आकुल।
25893 चिन्ताजनक वि. चिन्ताको कारण भएको; चिन्ता पार्ने; चिन्तित तुल्याउने।
25894 चिन्तातुर वि. चिन्ताले उद्विग्न; चिन्ताग्रस्त।
25895 चिन्तामग्न वि. चिन्तामा डुबेको चिन्ता गरिरहने।
25896 चिन्तामणि ना. १. सम्पूर्ण मनोकामना पूरा गरिदिने एक काल्पनिक रत्न।
25897 चिन्तामणि ना. २. अबाध ज्ञान प्राप्त गराइदिने सरस्वतीको एक मन्त्र।
25898 चिन्तित वि. १. सुर्ताएको, पिर लागेको।
25899 चिन्तित वि. २. विचार गरिएको, सोचिएको।
25900 चिन्त्य वि. विचारणीय, चिन्तनीय; सोच्न योग्य; जान्न वा थाहा पाउन योग्य।