Dictionary

All Word

25151 चलित वि . १. चलेको हिँडेको।
25152 चलित वि . २. हल्लिएको।
25153 चलित वि . ३. विसर्जित।
25154 चलु ना. पानीबलोभन्दा मुन्तिरको मुसी अड्याउने तेर्सो काठ।
25155 चलुवा वि . नचाहिँदो किसिमले चली हिँड्ने; चकचके; रगरगे; तबर, चुलबुले।
25156 चलुवी वि . चलुवाको स्त्रीलिङ्गी रूप।
25157 चल्ता वि . चल्ने वा चलिरहेको; चालु।
25158 चल्तापुर्जा वि . चलतापुर्जा।
25159 चल्ताफिर्ता वि . चलताफिर्ता।
25160 चल्ती ना. १. आउने जाने काम आवत-जावत।
25161 चल्ती ना. २. लेनदेनको व्यवहार, सुक्रीबिक्री।
25162 चल्ती ना. 3. चलन, व्यवहार।
25163 चल्ती ना. ४. सबैको जानकारीका निमित्त गरिएको प्रचार। ५ इज्जत, मानमर्यादा, प्रतिष्ठा।
25164 चल्ती ना. ६. चर्तिकला, प्रसिद्धि। वि.
25165 चल्ती ना. ७. चल्ने, चल्ता; चालु।
25166 चल्ती औषधी ना. उपचारका निम्ति बहुप्रचलित तथा सुलभ घरेलु ओखती।
25167 चल्ती खाता ना. ब्याङ्कको नियमभित्र रही खातावालले आफ्नो सुविधाअनुसार पैसा झिक्न पाउने गरी जम्मा गरेको निर्व्याजी रकमको खाता; खातावालाले मागेमा जहिले जति पनि निकाल्न सकिने गरी चल-निक्षेपका रूपमा रकम जम्मा गरिएको खाता।
25168 चल्तीफिर्ती ना. १. चलफिर।
25169 चल्तीफिर्ती ना. २. चल्ती।
25170 चल्दो वि . १. चलिरहेको।
25171 चल्दो वि . २. चल्न सक्ने।
25172 चल्दोमिल्दो वि . १. व्यवहार सुहाउँदो पङ्क्तिमा मिसाउन हुने, हारमा मिलाउन सकिने, लेनदेन गर्न हुने।
25173 चल्दोमिल्दो वि . २. चालचलन थाहा पाइएको र मिल्न सक्ने, मिलनसार।
25174 चल्नी ना. १. चल्ने ठाउँ।
25175 चल्नी ना. २. कन्चट र छातीका दुईतिर बल्किने ठाउँ मर्मस्थल।
25176 चल्नी ना. ३. चलनी।
25177 चल्ली ना. कन्चट।
25178 चल्ली पुर्पुरो ना. आँखीभुइँमाथि निधारका दायाँबायाँ रहेको चल्ली र निधार वा पुर्पुरो।
25179 चल्लो ना. कुखुरा आदिको बच्चो; चिंगना; चिड्ना; चल्ला।
25180 चवन्न ना. १. पचास र चारको योगबाट बन्ने सङ्ख्या, '५४' को अङ्क। वि.
25181 चवन्न ना. २. पचास र चारको योगसङ्ख्याको त्रिपन्न पछि आउने।
25182 चवन्नी वि . पुरानो चलनअनुसार भारतीय रुपियाँको चौथाइ मूल्य बराबरको सिक्का वा मान, चारानी, चारआनी चउन्नी।
25183 चवन्नौँ वि . गणनाका क्रमले चवन्नमा परेको, चवन्न सङ्ख्याको चउन्नौँ।
25184 चवालिस ना. १. चालिस र चार सङ्ख्याका योगले बनेको सङ्ख्या ४४ को अङ्क। वि.
25185 चवालिस ना. २. चालिस र चार।
25186 चवालिसौं वि . गणनाका क्रमले चवालिसको सङ्ख्याको।
25187 चवालीस ना. हे. चवालिस।
25188 चवालीसौं वि . हे. चवालिसौं।
25189 चषक ना. सुरापात्र रक्सी पिउने भाँडो, प्याला।
25190 चसक ना. मानसिक वा शारीरिक पीडा।
25191 चसक्क क्रि.वि. १. रोगविशेष वा अन्य कारणले शरीरको कुनै पनि अङ्ग चसचस घोच्ने वा सोला हान्ने र दुख्ने गरी।
25192 चसक्क क्रि.वि. २. कुनै पनि तिखो वस्तु दुख्ने गरी बिकेर।
25193 चसक्क क्रि.वि. ३. नराम्रो कुराले प्रभाव पर्दा मनमा एक्कासि लाग्ने गरी।
25194 चसाइ ना. चास्ने क्रिया वा प्रक्रिया।
25195 चसाइनु क.क्रि. चास्ने काम गरिनु।
25196 चसाउनु प्रे. क्रि. चास्न लगाउनु, चासिने पार्नु।
25197 चस्कनु अ.क्रि. चसक्क हुनु वा दुख्नु, बिझाउन चस्किनु।
25198 चस्को ना. चस्कने चाल, चस्का, दुखाइ, चसक।
25199 चस्क्याइ ना. चस्किने भाव, क्रिया वा प्रक्रिया।
25200 चस्क्याहट ना. चस्क्याइ।