Dictionary

All Word

25101 घुस्नु स.क्रि. २. भिडभाडको बिचमा पुग्नु घुस।
25102 घुस ना. अड्डा आदिमा परेको काम आफ्नो हुँदो गराउनका निम्ति त्यस्तो गरिदिने कर्मचारीलाई अवैध रूपमा दिइने धनमाल उत्कोच।
25103 घुसखोर वि. घुस खाने, घुस्याहा।
25104 घुसखोरी ना. घुस खाने काम।
25105 घुसघुस क्रि.वि. भित्रभित्रै छासछुस कुरा लाउने चालसँग चुक्ली लाउने किसिमले।
25106 घुसघुसे वि. घुसघुस गर्ने, छासछुस कुरा लाउने, चुक्ली लाउने; समुन्द्रे।
25107 घुसमुन्टिनु अ.क्रि. १. भुईंमा मुख जोतिने गरी पछारिन घुसमुन्टो हुने गरी लड्नु।
25108 घुसमुन्टिनु अ.क्रि. २. उभिन्डिन, घोप्टिनु।
25109 घुसमुन्टे वि. १. भुइँतिर मुन्टो फर्काएको, घुसमुन्टो भएको।
25110 घुसमुन्टे वि. २. घोसे, अँध्यारमुखे; अँध्यारखाउडे।
25111 घुसमुन्टो ना. १. भुइँतिर फर्किएको मुन्टो, घोसे पारिएको मुन्टो तलतिर झुकेको मुन्टो वा मुख।
25112 घुसमुन्टो ना. २. घोप्टो परेको मुन्टो, उभिन्डो अनुहार।
25113 घुसमुन्ट्याइ ना. १ घुसमुन्टिने क्रिया वा प्रक्रिया।
25114 घुसमुन्ट्याइ ना. [घुसमुन्ट्याउ+आई] २. घुसमुन्ट्याउने क्रिया वा प्रक्रिया।
25115 घुसमुन्ट्याइनु क.क्रि. घुसमुन्टिने काम गरिन्।
25116 घुसमुन्ट्याउनु प्रे. क्रि. भुईंमा मुख जोतिने गरी पछार्नु, घुसमुन्टिन लाउनु।
25117 घुसमुन्ट्याहट ना. घुसमुन्टिने अवस्था, क्रिया वा प्रक्रिया।
25118 घुसरपन्जा ना. १. दनादन दिइने घुस्सा वा घुच्चा, लगातारको मुक्की।
25119 घुसरपन्जा ना. २. त्यस प्रकारको लडन्त वा भिडन्।
25120 घुसरपन्जा ना. ३. मर्ने स्थिति; मराइ।
25121 घुसरपन्जा ना. (उदा.- जोखिमसित खेल्ने मान्छे घुसरपन्जा हुन कति बेर!)।
25122 घुसरपन्जा ना. ४. भुईंमा घिसारेर कौडा हान्ने एक चाल।
25123 घुसाइ ना. १. घुस्ने क्रिया वा प्रक्रिया।
25124 घुसाइ ना. [घुसाउ + आइ] २ घुसाउने क्रिया वा प्रक्रिया।
25125 घुसाइनु क.क्रि. घुस्न लाइनु।
25126 घुसाउनु प्रे. क्रि. पसाउनु छिराउनु, घुसार्नु, घुस्न लाउनु।
25127 घुसान ना. बढारकुँढार गरिने कुनै वस्तुको रहलपहल, घुरान, कसिङ्गर।
25128 घुसार्नु स.क्रि. १. कुनै वस्तु पुग्ने ठाउँमा घुसाउनु, छिराउनु वा पसाउनु।
25129 घुसार्नु स.क्रि. २. कपालमा फूल आदि सिउरनु।
25130 घुसाइ ना. घुसार्ने काम वा प्रक्रिया।
25131 घुसारिनु क.क्रि. घुसार्ने काम गरिनु, घुसाइनु।
25132 घुसिनु क.क्रि. प्रवेश गरिनु, छिरिनु।
25133 घुसौटी ना. [घुसाउ + औटी ] हे. घुस्यौटी।
25134 घुस्यान ना. १. मसिनो र भुसभुसे परेको एक प्रकारको भार।
25135 घुस्यान ना. २. हे. घुसान।
25136 घुस्याहा वि. घुस खाने; घुस लिने।
25137 घुस्यौटी ना. १. पेट, भुँडी।
25138 घुस्यौटी ना. (उदा.- त्यति खानेकुराले त उसको घुस्यौटी नै भरिएन होला )।
25139 घुस्यौटी ना. २. ह्याकुल्लो।
25140 घुस्यौटी ना. (उदा.- थोरै आगोले त घुस्यौटी सेकाउन पनि पुग्दैन)।
25141 घुस्यौटो ना. कुनै वस्तु घुसारिने आधार, दाम्लाको गाँठो छिराउने ठाउँ पस्यौटो।
25142 घुस्रनु अ.क्रि. १. टाकटुक गरेर वा जसोतसो कुनै ठाउँमा पस्नु, घुस्नु।
25143 घुस्रनु अ.क्रि. २. शरण पर्नु, पिछा पर्नु।
25144 घुस्रनु अ.क्रि. ३. ओत लाग्नु, आश्र लिनु।
25145 घुस्राइ ना. घुसने काम वा प्रक्रिया।
25146 घुस्रिनु अ.क्रि. १. घुसिन पसिनु।
25147 घुस्रिनु अ.क्रि. २. घुसनु।
25148 घुस्रुक्क क्रि.वि. १. घुस्रने किसिमले।
25149 घुस्रुक्क क्रि.वि. २. मर्ने चालसँग; खुसुक्क।
25150 घुस्र्याइ ना. घुस्रिने क्रिया वा प्रक्रिया।