Dictionary

All Word

25001 चर्चित वि. २. विचार गरिएको; मनन गरिएको।
25002 चर्चिनु स.क्रि. १. हे. चर्चनु। क. क्रि.
25003 चर्चिनु स.क्रि. २. चर्चिने होइनु।
25004 चर्तिकला ना. १. चहलपहल, चकचकी, चहकमहक।
25005 चर्तिकला ना. २. रवाफ, झुट्टो चरित्रको प्रदर्शन।
25006 चर्तिकला ना. ३. स्त्री जातिको दुश्चरित्रता।
25007 चर्तिकले वि. चर्तिकला गर्ने।
25008 चर्ना ना. हे. चरना।
25009 चर्पट ना. १. औंलाहरू फिंजिएका अवस्थाको हत्केला।
25010 चर्पट ना. २. थप्पड, लपेटा, चपेटा।
25011 चर्पट ना. १. चटपट हतपत चटारो।
25012 चर्पट ना. २. क्रि.वि. जल्द जल्दी, झटपट।
25013 चर्पटाइ ना. चर्पटाउने भाव, क्रिया वा प्रक्रिया।
25014 चर्पटाइनु स.क्रि. हडबडाइनु, चटपटाइनु।
25015 चर्पटाउनु स.क्रि. हडबड गर्नु, हडबडाउनु, छटपटाउनु, चटपटाउनु।
25016 चर्पटी ना. चटपटी।
25017 चर्पटी ना. चिल्लो नहाली पकाइएको रोटी, सुक्खा रोटी, फुल्का।
25018 चर्पटे वि. चर्पट गर्ने, चटपटे स्वभावको।
25019 चर्पी ना. दिसा पिसाब गर्ने ठाउँ वा कोठा, चर्पीघर, पाइखाना, शौचालय, टट्टीखाना (ल्याट्रिन, बाथरुम)।
25020 चर्म ना. १. मानिस वा जनावरका शरीरको बाहिरी अंश, छाला; चमडा; चाम।
25021 चर्म ना. २. ढाल।
25022 चर्मकला ना. काँचो छालालाई प्रशोधन गरी त्यसबाट जुत्ता, सेला, कम्मरपेटी आदि विभिन्न सामानहरू बनाउने सिप।
25023 चर्मकार ना. छालाको काम गर्ने मानिस, चमार, सार्की, मोची।
25024 चर्मकील ना. अलकाई, बवासीर, हर्सा, अर्श।
25025 चर्मकूप ना. घिउ, तेल आदि हाल्ने छालाको भाँडोविशेष, सिजिया।
25026 चर्मचक्षु ना. १. १ भौतिक जगत्का विषयवस्तु देख्ने इन्द्रिय; बाहिरी वा बाह्य आँखा।
25027 चर्मचक्षु ना. २. सतही दृष्टि स्थूल दृष्टि।
25028 चर्मतरङ्ग ना. उमेर वा रोगका कारणले शरीर वा अनुहारमा पर्ने चाउरी।
25029 चर्मदूषिका ना. दाग उब्जिई बेसरी चिलाउने एक चर्मरोग, दाद।
25030 चर्मपट्टिका ना. पासा खेल्दा गोटी राखिने चार कुना परेको छालाको टुक्रा।
25031 चर्मपत्र ना. अभिलेखका रूपमा छालामा लेखिएको वस्तुविशेष।
25032 चर्मपुट ना. पानी राख्नका निम्ति प्रयोग गरिने छालाको भाँडो, मसक।
25033 चर्मयष्टि ना. छालाको कोर्रा वा चाबुक ( हन्टर )।
25034 चर्मरोग ना. रगतको खराबी वा अन्य कारणले छाला चिलाउने, खस्रो भई फुट्ने, साना-साना फोका निस्कने आदि रोग।
25035 चर्मरोगी ना. छालाको रोग लागेको व्यक्ति।
25036 चर्मरोग विशेषज्ञ ना. छालाका रोगहरूमा विशेषता प्राप्त गरेको डाक्टर।
25037 चर्मोपचार ना. चर्मरोगको उपचार।
25038 चर्मोपचारक ना. १. चर्मरोगको उपचारमा प्रयोग गरिने वस्तु ( औषधी आदि)।
25039 चर्मोपचारक ना. २. छालाको विशेषज्ञ।
25040 चर्मोपचार शास्त्र ना. चर्मरोगसम्बन्धी शास्त्र।
25041 चमचुरुम क्रि.वि. कुनै वस्तु साना टुक्रा भएर फुट्ने गरी।
25042 चर्या ना. १. घुमफिर, सैर।
25043 चर्या ना. २. प्रथा, रीतिरिवाज, अनुष्ठान।
25044 चर्या ना. ३. आचरणविधि, चालचलन।
25045 चर्या ना. ४. जीविका।
25046 चर्यामचुर्लुम क्रि.वि. १. कुनै वस्तु हातबाट खस्दा ससाना टुक्रा भएर फुट्ने गरी, झऱ्यामकुरुम।
25047 चर्यामचुर्लुम क्रि.वि. २. पानीमा पुरै चोपिने वा डुब्ने गरी।
25048 चर्यामचुर्लुम्म क्रि.वि. चर्यामचुर्लुम।
25049 चर्याम्म क्रि.वि. १. कुनै काँचका वा हल्का वस्तु हातबाट खस्दा, ठोकिँदा सानासाना टुक्रा भएर फुट्ने गरी।
25050 चर्याम्म क्रि.वि. २. झऱ्याम्म।