Dictionary

All Word

24901 चरमोत्कर्ष ना. २. साहित्यमा घटनाक्रमको तीव्रतम स्थिति वा बिन्दु, पराकाष्ठा।
24902 चराइ ना. चर्ने क्रिया वा प्रक्रिया।
24903 चराइनु क.क्रि. चर्ने पारिनु, चर्न लगाइनु।
24904 चराउनु प्रे. क्रि. बस्तुभाउलाई डुलाएर घाँस खुवाउनु।
24905 चराचर ना. १. चर र अचर वस्तु स्थावर र जङ्गम।
24906 चराचर ना. २. विश्व।
24907 चराचुरुङ्गी ना. दुई खुट्टा हुने, फुल पार्ने र प्वाँख तथा पखेटा हुने, मेरुदण्डीय पक्षीजाति।
24908 चरित ना. १. जीवनको कथा वा विशेष घटना; जीवनी।
24909 चरित ना. २. आचरण, चरित्र।
24910 चरितनायक ना. कुनै काल्पनिक आख्यान वा ऐतिहासिक घटनाको मुख्य पात्र, चरित्रनायक।
24911 चरितार्थ वि. १. अभीष्ट ध्येय पूरा गरेको, सफल।
24912 चरितार्थ वि. २. लक्ष्य हासिल गरेको।
24913 चरितार्थ वि. ३. कृतार्थ, सन्तुष्ट, तुष्ट।
24914 चरितार्थ वि. ४. कार्यान्वित; सम्पन्न।
24915 चरितार्थता ना. चरितार्थ हुने कार्य।
24916 चरितावली ना. अनेक विशिष्ट व्यक्तिहरूको जीवनीको सङ्ग्रह।
24917 चरित्र ना. १. जीवनी, चरित।
24918 चरित्र ना. २. चालचलन, बानीबेहोरा; व्यवहार।
24919 चरित्रचित्रण ना. नाटक, उपन्यास, कथा आदिमा काल्पनिक पात्रको बिम्ब सिर्जना गर्ने प्रक्रिया तथा कार्य; साहित्यिक कथात्मक कृतिमा पात्रको स्वरूप र प्रकृतिलाई रूपायित गर्ने काम।
24920 चरित्रदोष ना. नाटकका पात्रमा अज्ञात रूपमा रहने चारित्रिक कमजोरी, नाटक आदिका पात्रबाट अज्ञात रूपमा हुने भुल; चरित्रमा हुने दोष।
24921 चरित्रनायक ना. हे चरितनायक।
24922 चरित्रप्रधान ना. घटना वा कथावस्तुको भन्दा चरित्रको प्राधान्य वा बढी महत्त्व भएको (कथा, उपन्यास आदि)।
24923 चरित्रवान् वि. राम्रो स्वभाव, प्रकृति, चालचलन आदि भएको (व्यक्ति); सच्चरित्र भएको।
24924 चरित्रहत्या ना. अनावश्यक वा निराधार लाञ्छना लगाएर कसैको प्रतिष्ठामा धक्का पुयाउने वा कसैलाई अपमानित गर्ने काम, कसैको सम्मान वा प्रतिष्ठालाई खसाल्ने काम; अनावश्यक लाञ्छना।
24925 चरित्रहीन वि. खराब गुण, शीलस्वभाव, आचरण, अनुष्ठान आदि भएको; दुश्चरित्रले युक्त।
24926 चरिपन्जा ना. एउटा पासामा पन्जा र बाँकी दुई पासामा दुवा दुवा पर्दा हुने, पासाखेलको एक दाउ।
24927 चरिपाईं / चरिफाई ना. छारे रोग, मृगी, अपस्मार।
24928 चरी ना. १. चराको बच्चा। २ सानो चरो।
24929 चरी ना. ३. पोथी चरो।
24930 चरी ना. ४. चरो (बालबोलीमा)।
24931 चरी अमिलो ना. गोलाकार तीनखण्डे, अमिलो स्वादको मसिना पात हुने, पहेँला र कलेजी फूल फुल्ने र मसिना कोसा हुने एक झार; चाङ्गेरी।
24932 चरीखुट्टे वि. चराको जस्तो मसिनो र ख्याउटे हातखुट्टा भएको (मानिस, जन्तु इ.); सिट्ठा; खियाउटे।
24933 चरीघाँटी ना. १. चराको घाँटी रेटिन लागेजस्तो अवस्था; सङ्कटकालीन स्थिति, आरीस्याँगी।
24934 चरीघाँटी ना. २. बित्न लागेको अवस्था।
24935 चरचराइ / चराउ ना. १. गाईबस्तु चराउने वा चर्ने ठाउँ, चरन।
24936 चरचराइ / चराउ ना. २. बस्तुभाउ चराउने काम।
24937 चरीचुच्चे वि. १. चराको जस्तो चुच्चो मुख हुने (व्यक्ति)।
24938 चरीचुच्चे वि. २. चराको झैँ चुच्चो भएको, चुच्चे।
24939 चरीचुच्चे वि. ३. अक्षरारम्भ गर्दा 'च' वर्णका निम्ति प्रयोग गरिने (शब्द)।
24940 चरीनङ्ग्रा वि. १. निर्बाङ्ग, दिगम्बर, लङ्गट।
24941 चरीनङ्ग्रा वि. २. गरिब।
24942 चरीनङ्ग्री ना. १. केटाकेटीहरूको एक खेलविशेष। वि.
24943 चरीनङ्ग्री ना. २. ज्यादै दुब्ली ख्याउटी।
24944 चरीनङ्ग्रे वि. १. दुब्लो पातलो। ना.
24945 चरीनङ्ग्रे वि. २. मसिनो खालको धान।
24946 चरीफाल ना. १. छटपटिएर मर्न लागेको चरीको झैँ अवस्था वा चाल।
24947 चरीफाल ना. २. छटपटी।
24948 चरीबाघ ना. बिरालो जत्रो हुने, एक जातको रुखमा बस्ने, टाटेपाटे चितुवा, निगाले चितुवा।
24949 चरीलमिनी ना. सगरमाथाको अर्को नाउँ, झ्यामोलुङ्मोको नेपाली पर्याय नाम।
24950 चरु ना. १. जौ, तिल, धान, चामल, घिउ आदि मुछेर देवकार्यमा अग्निमा चढाइने वस्तु आहुति हव्य।