Dictionary

All Word

24551 चतुर्याश्रम ना. वर्णाश्रम व्यवस्थाअनुसार जीवनका चार अवस्थामध्ये अन्तिम आश्रम; सन्न्यास आश्रम।
24552 चतुर्थी ना. १. चान्द्रमानका हिसाबले कृष्ण वा शुक्लपक्षको चारौं दिन, चौथी।
24553 चतुर्थी ना. २. माङ्गलिक कार्यको उद्यापन, साड्गे।
24554 चतुर्थी ना. ३. व्याकरणमा 'लाई' विभक्ति हुने एक चिह्न।
24555 चतुर्थी कर्म ना. विवाह आदि शुभकार्यका अवसरमा गरिने चौथो दिनको कार्य।
24556 चतुर्दन्त वि. १. चारवटा दाँत उम्रेको; चार दाँते (हात्ती)। ना.
24557 चतुर्दन्त वि. २. ऐरावत हात्ती।
24558 चतुर्दश ना. १. चौधको सङ्ख्या। वि.
24559 चतुर्दश ना. २. चौध; चौधौं।
24560 चतुर्थी भुवन ना. पृथ्वीभन्दा माथिका सात लोक (भूर्लोक, भुवर्लोक, स्वर्लोक, महर्लोक, जनलोक, तपोलोक र सत्यलोक) र पृथ्वीभन्दा तलका सात लोक (तल, अतल, वितल, सुतल, तलातल, रसातल र पाताल) गरी जम्मा चौध लोक।
24561 चतुर्थी विद्या ना. चौध विद्या वा शास्त्र (चार वेद ऋग, यजु, साम, अथर्व वेदका छ अङ्ग- शिक्षा, कल्प, व्याकरण, निरुक्त, ज्योतिष र छन्द, अनि मीमांसा, न्याय, धर्मशास्त्र र पुराण)।
24562 चतुर्दशी ना. चान्द्रमासका हिसाबले शुक्ल वा कृष्ण पक्षको चौधौं दिन, औँसी वा पूर्णिमाको अघिल्लो दिन।
24563 चतुर्दिक् ना. चार दिशा (पूर्व, दक्षिण, पश्चिम र उत्तर )।
24564 चतुर्द्वार वि. १. चार ढोका भएको, चार ढोके। ना.
24565 चतुर्द्वार वि. २. चार दिशामा चारैवटा ढोका भएको घर।
24566 चतुर्बाहु ना. विष्णु, नारायण, चतुर्भुज।
24567 चतुर्भुज ना. १. चतुर्बाहु।
24568 चतुर्भुज ना. २. रेखागणितमा वर्ग, आदिका एक अर्कामा मिलेर चार कोण बन्ने सरल रेखा। वि.
24569 चतुर्भुज ना. ३. चार भुजा भएको (क्षेत्र आदि)।
24570 चतुर्मास ना. १. आषाढ शुक्ल एकादशीदेखि कार्तिक शुक्ल एकादशीसम्मको चार महिना; चौमासा।
24571 चतुर्मास ना. २. ती महिनाहरूमा गरिने विभिन्न धार्मिक कार्य।
24572 चतुर्मुख ना. १. ब्रह्मा। वि.
24573 चतुर्मुख ना. २. चार मुख भएको, चतुरानन। चतुइँ- ना. [चतुरो +याइँ] चतुरो हुनाको भाव, गुण वा अवस्था।
24574 चतुर्याइँ ना. चतुरो हुनाको भाव, गुण वा अवस्था।
24575 चतुर्युग ना. सत्य, त्रेता, द्वापर र कलियुग।
24576 चतुर्वर्ग ना. मानव जीवनका चार पुरुषार्थ (धर्म, अर्थ, काम र (मोक्ष)।
24577 चतुर्वर्ण ना. वर्णाश्रम वा सनातनी समाजका चार श्रेणी (ब्राह्मण, क्षत्रिय, वैश्य र शूद्र )।
24578 चतुर्विद्या ना. त्रयी र अथर्व वेद अर्थात् ऋग्, यजु, साम र अथर्ववेद; चतुर्वेद।
24579 चतुर्वेद ना. १. ऋग्, यजु, साम र अथर्व वेद, चतुर्विद्या। वि.
24580 चतुर्वेद ना. २. चारै वेदसँग परिचित भएको; चारै वेदको ज्ञाता।
24581 चतुर्वेदी ना. १. चारै वेदको ज्ञाता।
24582 चतुर्वेदी ना. २. ब्राह्मण वर्गको एक थर।
24583 चतुष्कोण वि. १. चार कोण भएको, चार कुना भएको। ना.
24584 चतुष्कोण वि. २. चार पार्श्व भएको आकृति, चतुर्भुज।
24585 चतुष्पथ ना. चार बाटाको समुदाय, चौबाटो, चौरस्ता; चौमुहानी।
24586 चतुष्पद ना. १. चौपाया, चारखुट्टे जन्तु चतुष्पाद। वि.
24587 चतुष्पद ना. २. चार खुट्टा भएको।
24588 चतुष्पद ना. ३. चार अङ्ग भएको।
24589 चतुष्पदी ना. चार चरण भएको श्लोक वा पद्य।
24590 चतुष्पाद ना. हे. चतुष्पद।
24591 चतुस्सूत्री वि. १. चार सूत्र भएको। ना.
24592 चतुस्सूत्री वि. २. ब्रह्मसूत्रका आरम्भिक चार सूत्र।
24593 चत्वर ना. १. चार कुना परेको चौर वा आँगन।
24594 चत्वर ना. २. चार दोबाटो, चौरस्ता।
24595 चत्वर ना. ३. चौतारो।
24596 चत्वर ना. ४. यज्ञभूमि।
24597 चद्दर ना. १. पछ्यौरा, ओढ्ने, चादर, दुपट्टा, मजेत्रो, बर्को।
24598 चद्दर ना. २. टिन जस्ता।
24599 चनक ना. एक जातको सानो बट्टाई चरो।
24600 चनक बट्टाई ना. खुब लड्ने सानोखाले बट्टाई चरो।