Dictionary

All Word

24451 चटाइँ ना. चटारिने भाव, क्रिया वा चाल।
24452 चल वि. १. चपल, चञ्चल, अस्थिर, कम्पमान।
24453 चल वि. २. सुन्दर, रुचिकर, असल, मनोहर।
24454 चटेल ना. हे. चट्टेल।
24455 चट्कन ना. हे. चपेटा; चड्कन।
24456 चट्कने वि. चड्कने, चर्कने।
24457 चट्का वि. १. कडा, तेजिलो।
24458 चट्का वि. २. चर्को तिक्खरो। ना.
24459 चट्का वि. ३. आकाशमा बिजुली चम्कँदा आउने झट्कँदो आवाज।
24460 चट्काचट्की ना. खुब जोडतोडको भनाभन, बाझाबाझ, चर्काचर्की।
24461 चकिलो वि. १. कडा रङको; चहकिलो वा तेजिलो रङको।
24462 चकिलो वि. २. चर्को स्वादको तिक्खरो।
24463 चट्को ना. चट्का, चड्को।
24464 चट्ट क्रि.वि. १. चाँडोचाँडो हुने गरी; तुरुन्तै; शीघ्रतासाथ।
24465 चट्ट क्रि.वि. २. सरक्क नबिग्रने वा नखलबलिने गरी, टपक्क।
24466 चट्ट क्रि.वि. ३. कुनै कुरो एकै खेपमा छिन्ने वा फाट्ने गरी।
24467 चट्ट क्रि.वि. ४. खुल्ने गरी चिटिक्क। वि.
24468 चट्ट क्रि.वि. ५. सुहाउँदो, मिलेको, ठिक्क।
24469 चट्टा ना. चलनअनुसार बिस फुट लामो, पाँच फुट चौडा र पाँच फुट उँचो दाउराको चाङ वा खलियो।
24470 चट्टान ना. एउटै ठुलो ढुङ्गाको पहाड वा ढिस्को ढुङ्गैढुङ्गाको ठुलो राशि, ढुङ्गाको राशिको एक फग्लेंटो वा टुक्रो।
24471 चट्टी ना. १. प्रायः घरमा भित्रबाहिर गर्दा लगाइने, हलुङ्गो र कुर्कुच्चा खुला हुने अथवा सजिलै गोडा पस्ने कपडा, छाला वा रबरको जुत्ता, फ्याटफ्याटे जुत्ता, चप्पल।
24472 चट्टी ना. २. खास गरी अस्थायी वास मुकाम।
24473 चट्टी ना. ३. सनपाटको धागाले पातलो गरी प्रकारको कपडा
24474 चट्टु वि. चलाक, छट्टु, धुर्त, चतुर।
24475 चट्टू वि. हे. चट्टु।
24476 चट्याङ ना. बिजुलीको चम्काइका साथ आउने भयङ्कर आवाज, वज्र, चड्को।
24477 चट्याङ्ग / चट्याड्ड क्रि.वि. चट्याङ पर्दा ठुलो आवाज आउने गरी।
24478 चट्याङ्ग / चट्याङचुटुङ ना. चट्याङ, वज्र, चड्को।
24479 चठेल / चठेलो ना. परबरका आकारको तर परबरभन्दा साना लहरामा फल्ने भुवादार कुस हुने, तरकारी खाइने एक प्रकारको फल, वनकरेलो; चखेलो।
24480 चडीखडी ना. चल्ती, रोबरवाफ, फुर्तीफार्ती।
24481 चड्कनु अ.क्रि. १. वज्रपात हुनु।
24482 चड्कनु अ.क्रि. २. रिस, आवेग आदिका कारणले ठुलो स्वर निकालेर फर्किनु, गड्कनु, कड्किनु।
24483 चड्कन ना. हत्केला वा लबटाले गालामा हिर्काउने कार्य चट्कन, चप्पड।
24484 चड्कन चिउरा ना. गालामा जोडसँग चड्काउने काम लबटाको थप्पड।
24485 चड्का ना. हे. चड्को, चट्का।
24486 चड्काइ ना. चड्काउने भाव, क्रिया वा प्रक्रिया।
24487 चड्काइनु क.क्रि. चड्कन लाइन, चड्कन दिइनु।
24488 चड्काउनु स.क्रि. १. लपेटाले गालामा हान्नु चड्कन दिनु २ अरूको मालमत्ता हजम पार्नु, हडप्नु।
24489 चड्काउनु स.क्रि. ३. चुट्नु; पिट्नु।
24490 चकाचकङ्की ना. भनाभन; चर्काचर्की; चट्काचट्की।
24491 चड्के वि. रिसाउने वा चड्किने खालको गड्किने स्वभावको।
24492 चड्को ना. बज्रपात, चट्याङ, चट्को।
24493 चड्क्याइ ना. चड्किने वा चड् किन लगाउने क्रिया वा प्रक्रिया।
24494 चड्क्याहट ना. चड्किने स्वभाव, क्रिया वा अवस्था।
24495 चड्याम्म क्रि.वि. [अ.मू. चड्याम् + म] लबटाको आवाज आउने गरी ( गालामा पिट्ने किसिम )।
24496 चढ्नु अ.क्रि. १. कुनै वस्तुमाथि बस्नु, माथि पुग्नु; उक्लनु।
24497 चढ्नु अ.क्रि. २. मर्यादा नाघ्नु, मात्तिनु, बढ्नु। ३ चढाइनु, अर्पित हुनु।
24498 चढाइ ना. १. चढ्ने, चढाउने भाव, क्रिया वा प्रक्रिया।
24499 चढाइ ना. २. उकालो।
24500 चढाइ ना. ३. स्वरको आरोहण (सङ्गीत)।